AFF-AFF-NO BICHAR

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मुख्य पृष्ठ समाचार राजनीति अर्थ प्रवासी नेपाली गतिविधि मनोरञ्जन खेलकुद सम्पर्क प्रचण्ड पथ जथाभावि बोले पुर्वराजा ज्ञानेन्द्रको सुविधा खोस्ने प्रधानमन्त्रीको चेतावनी काठमाडौ, असार २५ । प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले जथाभावि बोल्दै हिडे उनको सुविधा खोस्ने चेतावनी दिनुभएको छ ।राजधानीमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री भट्टराईले पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर जथाभावी बाहिर बोल्दै हिंडेको भन्दै आक्रोस ब्यक्त गर्नुभो । आफ्नो हैसियतमा नबसे सरकारले दिएको सबै सुबिधा खोसिदिने भट्टराईको भनाई छ । केहि दिन यता सार्वजनिक रुपमा अभिब्यक्ति दिँदै हिँडेका पूर्व राजा शाहप्रति असन्तुष्ट देखिएका भट्टराईले दलहरुको बीचमा रहेको असहमतिलाई देखाउँदै प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजे पनि त्यो सफल नहुने बताउनुभयो । उहाँले हल्लाको पछि नलाग्न र सहमतिको राजनीति अघि बढाउन दलहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीले संक्रमणकालको ब्यवस्थापनका लागि राजनीतिक सहमतिको विकल्प नभएकाले निषेधको राजनीति गर्न नहुनेमा जोड् दिनुभयो । उहाले सहमतिमै बजेट आउनेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो । भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video       One Response to “जथाभावि बोले पुर्वराजा ज्ञानेन्द्रको सुविधा खोस्ने प्रधानमन्त्रीको चेतावनी”   yubraj ojha says: July 9, 2012 at 9:48 am डाका भट्टराइले राजाको सुबिधा खोस्ने होइन अब नेपालीले भट्टराइलाइ सजाए दिनैपर्छ उसको हैसियत के नै छ र राजालाई त्यसो गर्न सक्ने अहिले उसलाई छोडेर जनताहरु राजालाई गुहार्न पुगे भनेर रिस गर्ने? हिम्मत भए राजालाई कारबाही गरेर देखान ? ४५ दिनभित्र सान्ति प्रक्रिया पुरा गर्छु पुरा गर्न नसके राजिनामा दिन्छु भनेर प्रधानमन्त्री हुने भट्टराइ अहिले चाही जनताको ढाड सेकेर मोजमस्ती गर्दै हिड्ने, चाक प्रधानमन्त्रिको कुर्सीमा रखिरख्नको लागि संबिधानसभा भंग गर्ने,भारतीय दलाल भएर बस्ने नेपालको अस्तित्व मेट्ने दुस्साहस गर्ने,बर्सौदेखि मिलेर बसेको नेपालीबीच फाटो ल्याउने अनि राजालाई धमक्यौना खोज्ने? अब जनताले राजालाई नारायणहिटीमा ल्याएर तिमीहरुजस्ता हत्यारा,देश्द्रोहिलाई सजाए दिनेछन. फेरी चुनाब गर्छु भन्ने तर राजाको पक्ष्यमा जनता लागेको देखेर र आफु भयेभित हुदै संबिधानसभा बिउतौनुपर्चा भन्दै आफ्ना लासेपासेलाई भुक्न लगाउने?८२% को कुरा छोड फेरी एकपटक चुनाब मा आएर हेर अनि आफ्नो औकात थाहापाउछ २८%ल्याउनु तिम्रो लागि आकाश को तारा झर्नु सरह हुन्छा. अन्त्यमा जय देश जय नरेस Well-loved. Like or Dislike: 209  90

stopthewar · Jul 9, 2012 9:19 AM · 2,641 views

1 Reply

नामर्द हरु आफ्नो गल्ति देख्दैनन अनि भत्ता काट्ने धम्कि दिन्छन , एउटा झा ट बराबर पनि हुँदैन ज्ञानेको सम्पति को तुलनामा | अधिकारकै कुरा गर्ने हो भने - जनता समक्ष पुनर्बहाली गरिदेउ भन्न पाउछ | जनता हुन् निर्क्यौल गर्ने दोस्रो पल्टको कुरामा ( बहाली गर्ने नगर्ने ) |  

maGorkhe1 · Jul 9, 2012 4:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all