नया युबराजधिराजको चर्तिकला : आफ्नो स्वास्नी बच्चा हुदाहुदै बिबाहित महिलालाई उडाएर बेपत्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दाहाल पुत्र प्रकाशलाई पार्टीले साधारण सदस्यबाटै निलम्बन गर्‍यो Monday, 09 July 2012 16:28  घटनाको अनुसन्धान हुने- काठमाडौं, असार २५ (नागरिक) - एकीकृत माओवादीको आज बसेको पोलिटब्युरो बैठकले अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाललाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ। बैठकले बीना मगरसँगको सम्बन्धबारे अनुसन्धान गर्ने निर्णय समेत गरेको पोलिटब्युरो सदस्य लीला थापाले नागरिकन्युजलाई बताए।   अनुसन्धान गर्ने निर्णय गरिए पनि अनुसन्धान समिति गठन भने गरिएको छैन।  दाहाल पुत्र प्रकाश र स्ववियु सभापति वीना सम्पर्क बाहिर (2012-07-09 13:58:32) काठमाडौं, असार २५ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीना मगर केही दिनयता सम्पर्क बाहिर छन्। सगरमाथा आरोहणमा सँगै गएका यी दुबैको फेसबुक अकाउन्ट पनि अप्रत्यासितरुपमा डिएक्टिभ गरिएको छ।   दाहालको दोस्रो विवाह दुई वर्षअघि भएको थियो। उनको दोस्री पत्नीबाट एक छोरासमेत छन्। सरस्वती क्याम्पसको स्ववियु सभापतिसमेत रहेकी मगर पनि बिबाहित नै हुन्। मगरका पति सुर्खेतका शंकर अधिकारी पनि अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हुन्। यी दुईको सम्बन्धबारे केही महिनअघिदेखि नै पत्रपत्रिकामा समाचार प्रकाशित भएकाले दुबै सँगै हुनसक्ने अनुमान गरिएको छ।

cybernepali · Jul 9, 2012 8:38 AM · 3,089 views

1 Reply

नया र नौलो पन को खोजि मा हिड्यो  के नै बिगार्यो ? होटेल चारी हिड्नुको सट्टा कुदाइ दियो कसैलाई | बाउले सोहोरेको अरबौ को हीस्सा तेसैको त हो नि , तिमि हामि को के कुरा,  पार्टी ले  कौडी पनि नपाउला |

maGorkhe1 · Jul 9, 2012 5:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all