पूर्वराजा ज्ञानेन्द्र शाह पुनः राजगद्दीमा बस्न चाहन्छन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, असार २३ (बीबीसी)- संविधानसभा बिघटनपछि राजनीतिक अन्यौल बढिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः राजगद्दीमा बस्ने चाहना व्यक्त गरेका छन्। टिभी च्यानल ‘न्युज २४' लाई दिएको अन्तरवार्तामा पूर्वराजाले ६ वर्षअघि दलहरुसँग संवैधानिक राजा राख्ने सहमति खुलासा गर्दै सोही अनुसार संवैधानिक राजा बनाइनु पर्ने बताएका हुन्। जनआन्दोलन २ पछि स्थापना भएको लोकतन्त्रिक सरकारले ४ वर्षअघि नै नेपालबाट राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गरिसकेको स्थितिमा पूर्वराजाको यस्तो भनाइ सार्वजनिक भएको हो। संविधानसभा विघटनपछि नेपालमा राजनीति संकट चुलिँदै गएको बेला पूर्वराजाले व्यक्त गरेको चाहनालाई अर्थपूर्ण रुपमा हेरिएको छ। आइतबार साँझ प्रसारण हुने अन्तरवार्तामा उनले राजनीतिमा कुनै पनि सक्रिय भूमिका निर्वाह गर्न नचाहेको उल्लेख गरेका छन्। उनको चाहना छ कि उनलाई सेरेमोनियल भूमिका निर्वाह गर्ने मौका दिइयोस्। ‘सम्झौता अन्तर्गत भंग संसदको बहाली, राजनीतिक पार्टीका प्रतिनिधिलाई प्रधानमन्त्रीको रुपमा नियुक्ति, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्र बहाली उल्लेख थियो', पूर्वराजाले अन्तरवार्तामा भनेका छन्। बीबीसीका काठमाडौं संवाददाता जोन नारायण पराजुलीका अनुसार आमनेपाली बेरोजगारी र महँगीको मारका कारण राजनीतिक नेताहरुसँग रुस्ट छन्। राजाले गरेको यो अनुरोधलाई औपचारिक रुपमा कतिले स्वागत गर्छन् भन्ने कुरा अहिले भन्न सक्ने स्थिति छैन। जनआन्दोलन २ सम्झँदै अन्तरवार्तामा पूर्वराजाले भनेका छन् हप्तौंको सरकारविरोधी प्रदर्शनका कारण उनी सम्झौता गर्न बाध्य भएका थिए। पूर्वराजाले राजनीतिक दलहरुको आचरण र व्यवहार जवाफदेही हुनुपर्ने समेत उल्लेख गरेका छन्। http://www.nagariknews.com/pol...

pepsi · Jul 7, 2012 3:33 AM · 1,456 views

1 Reply

जनता के चाहन्छन ? जनता ले चाहेका छन् भने सिमित अधिकार र सिमित भत्ता मा राख्दा के बिग्रेला ????????????????

maGorkhe1 · Jul 7, 2012 8:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all