अविरल बग्दछ युग |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 अविरल बग्दछ युग |   कल्पनाशिलताको बेजोड प्रयोग भएको हुनुपर्छ, प्रयोग के .....उपयोग नै भनौ |   चित्रको रहस्मय मृत्युमा ... रंग, रगत भई बग्दा... लटोकोशेरोले त्यही लासमाथि हग्दा.. खोरेटले खियाउदै लागेको ... किर्रनाले छियाउदै लागेको ... एउटा युगको अन्तमा  दिल खुश बनाइ हास्ने ...सज्जन वृत.. त्यही हसाइमा बाच्ने ती बासी चित्र ... अलबिदा शब्द (लेख्ने )  क्रान्तिको स्वर (सुन्ने )  युद्धको हात (उठ्ने)  प्रतिक्ष्यारत.... आशाका नाजायज सन्तानहरुलाइ  छक्याउदै , भुलाउदै, अल्झाउदै, उड्ने...काटिएका चंगाहरु  सहिद बन्ने तरखरमा बाँचेका अपूर्ण लफंगाहरु ..   बज्रस्व्ट इतिहासको गफ दिदै हिड्ने  गुइठा जस्ता अनुहारहरु,  परिचयको लालचमा आफु बिक्दै हिड्दा .... माटोको cynide बोकेर हिड्ने  भोको पेटहरु.. चाउरिदा.... चाउरिदै बटारिंदा.. बटारिंदै... अकास्मातको आकाश वाणी--- ....हुदै न हुने सकिदै नसकिने ... एउटा युग फेरी आयो ... जहाँ बाँच्नुको विकल्प छैन ||

jhaukiri · Jul 5, 2012 11:40 PM · 6,633 views

2 Replies

आफूलाई नेपाली भाषा र साहित्यको ठेक्दार ठान्ने र आफू आफूमा तथानाम गाली गलौज गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्थासँग आवद्द महाशयहरुको ईमेल पढ्दा पढ्दा वाक्क लागेको बेला झ्याउँकिरीको कविता पढ्दा बहुत आनन्द आयो । सुन्दर रचना !

Geology Tiger · Jul 5, 2012 11:49 PM

 Thank you dai :)

jhaukiri · Jul 7, 2012 11:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all