दुइ वटा खबर: १. डाक्टरको लापरबाही र अस्पतालको अपराधी डाइरेक्टर २. स्वास्थ्य मन्त्रिले योग्यता नपुगेको डाक्टरलाई दबाब दिई लाईसेन्स दिलाए यस्ता कुरामा चाही हाम्रो चासो पटक्कै छैन | दोषी लाई सजाय होला त? अरु दोषीहरु जन्माउन तिर लागेका छन् मन्त्रि, डाइरेक्टर र Norvic अस्पताल http://nagariknews.com/society... सुत्केरी गराउँदा शिशुको टाउको चुँडियो सुरेश यादव, जनकपुर, असार २१- प्रसूति गराउने चिकित्सकको लापरबाहीले जनकपुरस्थित धनुषा अस्पतालमा हिजो एक शिशुको ज्यान गएको छ। धनुषा इनर्वा- ७ कजरारमौलकी २२ वर्षीया सविता यादवको सात महिनाको गर्भ डेलिभरी गराउने क्रममा शिशुको शिर नै चुँडिएर मृत्यु भएको हो। बाँकी शरीर डेढ घन्टापछि मात्र शल्यक्रियाबाट निकालिएको छ। चिकित्सकका अनुसार सुत्केरीको अवस्था खतरामुक्त छ। महिना नपुग्दै प्रशव पीडा भएपछि अस्पताल आएकी सविता बिहान साढे चार बजे धनुषा अस्पताल भर्ना भएकी थिइन्। अस्पतालमा विशेषज्ञ चिकित्सक थिएनन्। चार घन्टापछि साढे आठ बजेतिर अस्पतालकै एमबिबिएस चिकित्सक जयप्रकाश पण्डितले सबिताको पहिलो जाँच गरेका थिए। पण्डितलाई सघाइरहेकी एक नर्सका अनुसार चिकित्सकले जाँच सुरु गर्दा नै पाठेघरको मुख खुलिसकेको थियो। पण्डितले तत्कालै मुख बन्द गर्ने औषधी दिए पनि रोक्न नसकेपछि साढे १० बजेतिर आफैं लेबर रुम लगेको ती नर्सले बताइन्। प्रसूतिविज्ञबिनै पण्डितले जबर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको छुट्टिएको ती नर्सको भनाइ छ। बिरामीको अवस्था असामान्य हुँदा विशेषज्ञ चिकित्सक बोलाउनुको साटो पण्डितले अस्पतालमै उपलब्ध नर्सको सहयोगमा असुरक्षित तरिकाले बच्चा निकाल्ने प्रयास गरेका थिए। घटनालगत्तै पण्डित फरार छन्। अस्पतालकी गाइनोकोलोजिस्ट सोनिया सिंहले चिकित्सककै लापरबाहीले शिशुको मृत्यु भएको सकारेकी छन्। प्रसूति शाखाको रेकर्डमा बिहान ११:४५ मै बच्चा जन्मेको रेकर्ड छ तर सोनियाले आफूलाई एक बजेमात्र घटनाबारे जानकारी बताइन्। उनका अनुसार बच्चाको घाँटीमुनिको भाग निस्केको करिब डेढ घन्टापछि मात्र शल्यक्रिया गरेर बच्चाको बाँकी शरीर निकालिएको थियो। ‘समय पूरा नभएको र उल्टो बसेको बच्चा अदक्ष नर्स र चिकित्सकले तानतुन पार्दा टाउको छुट्टिन पुगेको होला,' सिंहले भनिन्। आफूलाई अस्पतालले समयमा जानकारी नगराएर ठूलो लापरबाही गरेको उनले आरोप लगाइन्। एक गाइनोकोलिस्टका अनुसार बच्चा जन्माउँदा ध्यान दिनुपर्ने न्यूनतम विधिसमेत नअपनाउँदा शिशुको मृत्यु भएको हो। ‘मास नपुगेको बच्चा अत्यधिक कोमल हुन्छ,' ती चिकित्सकले नागरिकसँग भने, ‘झन् उल्टो बच्चालाई तान्नै हुँदैन, बरु पेटमाथि नै हल्का दबाब दिएर बल दिनुपर्ने हुन्छ। यो घटनामा बच्चालाई जबर्जस्ती तान्दा घाँटी निमोठिएपछि ब्लेडले काटिदिएको जस्तो देखिन्छ।' यसको दोष अस्पताल व्यवस्थापनले लिनुपर्ने उनको भनाइ छ। ‘अस्पतालले विशेषज्ञ चिकित्सकलाई चौबिसै घन्टा राख्ने व्यवस्था मिलाउन नसकेर यस्तो घटना हुन पुगेको हो,' उनले भने, ‘यसरी बच्चा तानेपछि आमाको पिसाब थैली फुट्ने र अन्य भागमा गम्भीर चोट लागेर शरिर नै जोखिममा पर्न सक्थ्यो, धन्न सुत्केरी बाँचिन्।' अस्पतालका प्रबन्ध निर्देशक तथा सञ्चालक रामबाबु जयसवाल घटनालाई संयोग भनेर पन्छिए। घटना हुँदा अस्पतालमै रहेका उनले अस्पतालको लापरबाहीले घटना भएका अस्वीकार गरिरहँदा सोनियाले अस्पताल व्यवस्थापनकै कमजोरी कारण रहेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएकी थिइन्। ‘प्रसूतिको अवस्था असामान्य थियो, मलाई समयमै जानकारी गराएको भए बच्चा जोगिन सक्थ्यो,' सिंहले भनिन्। http://onlinekhabar.com/2012/0... भारतीय डाक्टरलाई अबैध अनुमतिपत्र दिन मन्त्री नै भिडे २१ असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले नियम विपरीत नेपाल मेडिकल काउन्सिलमा ठाडो हस्तक्षेत्रप गरी एक भारतीय चिकित्सकको चिकित्सकीय अभ्यास अनुमतिपत्र (काउन्सिल दर्ता नम्बर) दर्ता गर्ने निर्णय गराएका छन् । मेडिकल काउन्सिलको मंगलबार बसेको फुल हाउसको छलफलमा मन्त्री महतो आफै गएर नर्भिक इन्टरनेसनल अस्पतालमा डेढ बर्षदेखि गैरकानुनी रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डा. भारत रावतलाई नयाँ काउन्सिल दर्ता नम्बर दिने निर्णय गराएको खबर आजको सौर्य दैनिकले छापेको छ । फुल हाउसको बैठकमा मन्त्री बस्न नपाउने भएपनि महतोले बैठकमै गएर दवाव दिएपछि काउन्सिल फुल हाउसले डा. रावतलाई ऐन विपरीत नयाँ दर्ता दिने भएको छ । नर्भिकले प्रक्रिया नपुर्‍याएकोले काउन्सिलले डेढ बर्षदेखि डा. रावतको अनुमितपत्र नवीकरण गरेको थिएन ।
nepcha1 · Jul 5, 2012 8:31 PM · 4,401 views
कस्तो दु:खद समाचार ..
Geology Tiger · Jul 5, 2012 10:25 PM
अरु केहि हैन यो मन्त्रि, डाइरेक्टर, र norvic का मालिकहरु बिरामी हुदा यी दुइ समाचारका डाक्दरबाट उपचार गराउन पाए शायद केहि न्याय हुन्थ्यो होला | नेपालमा पनि शायद अमेरिकामा जस्तै अलि दबाब दिन पाएको भए शायद केहि हुन्थ्यो की जस्तो की: - स्वास्थ्य मन्त्रिको मा धेरैले फोन गरेर - Norvic लाई सामुहिक बहिस्कार गरेर - गैर जिम्मेवार डाइरेक्टरलाई हटाउन दबाब दिएर धेरै नै अत्याचार हुन थाल्यो हाम्रो मुलुकमा, फेरी यो टि.भी. मा तोरीलाउरे पत्रकारलाई कति चाडो यो शिशुको तस्बिर देखाउन हतार मैले यहाँ यी डाक्दर र अस्पतालको नाम थाहा पाई राखुम भनेर तासेको हु | हामीलाई आफ्नो जात र इज्जत भन्दै संघियता र फिलिमका नग्न हिरोइनहरुको समाचार यस्ता संबेदनशील कुराहरु भन्दा बढी प्यारो छ र त्यसैमा बहस गर्न नै गर्ब गर्छौ |
nepcha1 · Jul 5, 2012 11:21 PM
पक्का पनि हामीले अहिले गर्न सक्ने भनेको अरु नेपालीलाई पनि यसको बारेमा सूचित गर्नु नै हो ...
Geology Tiger · Jul 5, 2012 11:57 PM
नेप्चा ब्रो , बाघ दाइ, निकै दुखद घटनाहरु हुन् ती . नर्भिक का भारत रावत नक्कली डाक्टर हैनन् , धेरै ले पत्याएका कुशल हृदय रोग बिशेषज्ञ नै जस्तो लाग्छ तर उनी भारतीय हुन् . नेपाल भित्र काम गर्न काउन्सिल को सदस्यता लिएकै हुनु पर्ने मा भारतीय भाको कारण ले काउन्सिल को अनुमति पाउने कुरै भएन . महतो भन्ने नक्कली नेपालीलाई के चाहियो र . त्यो भन्दा लाज मर्दो त पढे लेखेका , बोर्ड फस धारी सक्कली डाक्टर बाबुराम टुलु टुलु हेरेर बसेका छन् . महतो जस्ता नक्कली नेपालीहरुको झुण्ड बनाएर इअरपोर्ट जस्तो राष्ट्रियता संग परोक्ष सम्बध राख्ने बिषय पनि भारतीय को जिम्मा लगाउन कम्मर कसेर लागेका छन् . अनि आफुलाई राष्ट्रबादीको मसिहा , जातीय पहिचान मा अग्रज मान्ने नेवा राज्य देखि लिम्बुवान राज्यको नेताहरु बाबुराम संगै सति पत्रमा हस्ताक्षर गरि राख्या छन् . पोलपोट साशन को नमूना देखाउदै छ भन्दा केही साथीहरुले माओबादी प्रति पूर्वाग्रही भयो भन्नु हुन्छ . हेर्दै जाम. टिभी , संचार माध्यम लाइ नियन्त्रण गर्छु भनेर हिजो हो कि अस्ति पत्रकार महासंघ लाइ बोलाएर नै थर्काए . सेना समायोजनामा सम्झौता अनुसार हुनु पर्छा भन्ने सचिब लाइ हटाएर सह सचिब राखे . आफ्नै ठुली सासु को संयोजकत्व मा सेना समायोजन गर्दै छ . र पनि हामी चुप चाप कींकर्तब्यबिमूढ़ भएर बसेका छन् . हराम देखि राम कहिले सम्म डराउनु पर्ने हो ??
rahulvai · Jul 6, 2012 12:17 AM
WOW Nepali newspapers can lie a lot. I know Bharat Rawal personally and I know exactly what happened. Bharat Rawal was called in from Apollo Delhi about 15 years ago, and has been a part of Norvic since. Now here are the facts as per the chain of events to the best of my knowledge: First, no one can operate for 15 years without a license. Second, yes his license was up for renewal. Third, he treated Surya Bahadur Thapa to the capacity of a cardiologist. Fourth, Thapa made good remarks about the good doctor. Fifth, other political leaders (I do not know who all) did not see the treatment of Thapa as a good gesture, and blocked his renewal. He has not treated any of his patents since . Perhaps (I am not sure of this) he made a call or two as everyone does in Nepal to get his license back. Finally, yes he is a good doctor and a very good person. Though from India he has served Nepal well. Last edited: 06-Jul-12 02:12 PM
mn_nepali · Jul 6, 2012 2:09 PM
It's good to know that Bharat Rawal is a good physician. एउटा अर्को राक्षस www.canadanepalvideo.com/2012/06/power-news-june-3rd-2012.html
nepcha1 · Jul 6, 2012 8:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion