ए नेपाली जनता हो देश विकास गर्न राजतन्त्र चाहिन्छ कि देशलाई डुबाइ इन्डियालाइ देश बेच्न तयार भएर बसेका नेताहरु चाहिन्छ ? राजतन्त्रम़ा देश विकास भएको थियो कि अहिले हुदै छ ? राजा महेन्द्र र राजा बिरेन्द्र, राजा ज्ञानेन्द्रले देशमा आन्दोलन भैरहेको बेला पनि देशको विकास यस्तरी भैरहेकोमा इ बिदेशीको इसारामा चल्ने दलाल नेताहरुले देशलाई यसरी डुबाएको छन् ! आज भोलि मैले देखिरहेको छु कि आजका युवा जसले ‘राजतन्त्र भनेको के हो’ नै बुझेका छैनन् ;न त देखेका नै छन्, त्यस्ताहरुको दिमागमा राजा बिरोधि सोच घुसाएर अबसरबादिहरुले आफ्नो फाइदा उठाइरहेका छन् ! त्यसैले म आज मैले संकलन गरेको केहि तथ्यहरु यहाँ राख्न गइरहेको छु ! राजतन्त्रमा भएको देशको विकास :- १. २०१८ साल सम्म नेपाल देश लाइ एउटा ” निषेधित देश ” भनेर बिस्वोमा भनिन्थ्यो तर राजा महेन्द्र बाट २०१८ को बेलग्रेडमा भएको तटस्थ रास्ट्रहरुको प्रथम सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरि बक्शी नेपाललाइ बिस्वको प्रमुख तथस्ट रास्ट्रहरुको समकक्छ्येमा पुराई बक्श्यो र नेपालमा बिदेशी पाहुनाहरुको आगमन सुरु भयो ! यो नेपाली राजाको धेरै ठुलो रास्ट्र विकासको कार्य हो ! २ बि. स. २०४९ सम्म ४ ठुला जहाज र ट्वीनटर गरि २१ जहाजले अन्तरिक र अन्तारास्त्रिये उडान गर्ने नेपाल बायु सेबा निगम अहिले ३ ट्वीनटर र २ बोइंगमा सिमित छ ! आ.ब. २०४७/४८ म़ा १ करोड ८५ लाख संचित नाफा कमाएको निगम हाल संचित घाटा १ अर्ब ५५ करोड छ! ३. बि. स. २०५९ साउन सम्म ५ अर्ब संचित नाफा रहेको नेपाल ओइल निगर १० बर्षको अभादीमै ३० अर्ब (५ अर्ब नाफा सम्म सकिदा) घाटामा छ भने हालसम्म २० अर्ब १७ करोड ऋण लीई सक्यो र अझ अर्को २ अर्ब ऋण स्वीकृत भैसक्यो ! यस्सरी नै राजाले देश चलाउदा घटीमा २ अर्ब ५० करोड नाफामा रहेको कम्पनीहरु को ताल आज यस्तो छ ! १. रास्ट्र बाणिज्य बैंक - ११ अर्ब, २२ करोड,८६ लाख घाटा, २. नेपाल बिद्धुत प्रदिकरण - १८ अर्ब, २३ करोड, ०२ लाख घाटा, ३. कृषि विकास बैंक - ४ अर्ब, ३९ करोड, १७ लाख घाटा, ४. नेपाल ओरिएन्ट म्याग्नेसाइट - ३ अर्ब, ५९ करोड, ७१ लाख घाटा, ५. उदयपुर सेमेंट - १ अर्ब, ७७ करोड, ३० लाख घाटा, ६. नेपाल खाध्य सस्थान - १ अर्ब, १० करोड, ७७ लाख घाटा, ७. जनकपुर चुरोट कारखाना - ८० करोड, ०८ लाख घाटा, ८. नेपाल टेलिभिजन - ७६ करोड, ०२ लाख घाटा, ९. हेटौडा सेमेंट - ६१ करोड, ९८ लाख घाटा, १०. दुग्ध विकास संस्थान - ३२ अर्ब, ५१ करोड, घाटा, ११. जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र - १३ अर्ब, ६२ करोड घाटा, १२. नेपाल औषधि लिमिटेड - ४८ करोड, ५८ लाख घाटा, १३. खाने पानि सस्थान - ३९ करोड, १४ लाख घाटा, १४. गोरखापत्र सस्थान - ८ करोड, ९७ लाख घाटा ! (स्रोत, सार्बजानिक संस्थाहरुको बार्षिक स्तिथि समिक्छ्या बि.स.२०६५ ) अहिले सम्म त यहाँ उल्लेख गरेको भन्दा दोब्बर घाटा देशले सहि रहेको छ ! देशका कैयेउ मिल, कारखाना, उद्ध्योग, गार्मेन्ट, त इ नेताहरुका कारण बन्द नै भैसक्यो ! जस्तै सुर्य गार्मेन्ट, नेपाली कागज उद्ध्योग, उदयेपुर सेमेंट, आदि इत्यादी ! यदि नेपाल आमाका सन्तति हौ भने नेपालमा फेरी राजतन्त्र पुनर्थापना गरौ ! बेरोजगारीको कारणले बिदेशि’न बाध्य भएका नेपालीहरुको आँशु र रगतको मूल्य ‘इ सब नेताहरुले चुकाउन पर्छ किन भने यहि माथिका कारणले गर्दा रोजगारको लागी लाखौ नेपाली दिदी-बहिनी तथा दाजु-भाइ आज मातृभूमी छोडेर बिदेशिएका हुन् !तसर्थ यस्ता भ्रस्टचारी नेताहरुलाई तिनीहरुको औ’कात देखाउने बेला आयो ! सन १९७५ मा स्थापित सिक्किम १९९५ मा भारतले कब्जा गरेर आफ्नो शासन लागु गर्‍यो। प्रत्येक १० बर्ष को अन्तराल मा आफ्नो उत्तर तर्फ का कम्जोर ३ मुलुक माथी हैकमता जमाउने उस्को सुनियोजित षडयन्त्र अनुरुप २००५ देखी २००६ को बिच मा भुटान माथि पनि आफ्नो अस्थित्वो जमाइ सक्यो, अब २००५ को १० बर्ष यानिकी २०१५ भित्र अर्को कम्जोर राष्ट्र नेपाल लाई पनि आफ्नो स्वामित्वोमा ल्याउन चाहन्छ भारत र योजना अनुरुप भारत ले नेपाल मा राजनैतीक अस्थिरता कायम गरेर यहाँ को जाती-बर्ग, धर्म लगायत बिभिन्न क्षेत्र मा गृह युद्ध फैलाउदै छ! राजतन्त्र भनेको भारत को सबै भन्दा ठुलो समस्या थियो, किन भने पश्चिमा मुलुक र चाइना ले राजतन्त्र को ठुलो समर्थन गर्द’थे! यता २००१ मा राजा बिरेन्द्र को हत्त्या भयो, हत्त्या सुनियोजित थियो! प्रतक्ष दर्शी को लेख मा छ “मार्न ‘चैं दीपेन्द्र ले नै मारेको हो, तर १०-१२ जना दीपेन्द्र हरु थिए!” पूर्व राजा ज्ञानेन्द्र को सबै परिवार स-कुसल रहनु ले जनता माझ नकरात्मक सोच पर्न गयो उहा प्रती “बिरेन्द्र लाई ज्ञाने ले नै मारेको हो, आफु राजा बन्न को लागि” भन्ने छाप नेपाली जनता को मानसपटल मा रह्यो! तर त्यो गलत थियो, पूर्व राजा ज्ञानेन्द्र लाई पनि यस्तो जाल मा फसाइयो कि, नखाएको बिष लाग्यो। माओवाद को कहिल्यै समर्थन नगर्ने भारत चाँही माओवादी र घुस्या ६ पार्टी लाई सहमती को ललिपप दिदै दिल्ली बोलाएर आफ्नो योजनाको सबै भन्दा अफ्ट्यारो घतक स्थिती राजतन्त्र हटाउन तर्फ लागेको थियो र सोही अनुरुप ७ दल लाई मिठाई उपहार दिएर जनता लाई तताउन लगायो। आशान्त, हिंसा, चन्दा र रगत ले वाक्क भएका नेपाली जनता वाध्यता अनी बिनिसता ले केही हुन्छ कि भन्ने आशले सडक मा उर्लेर सन २००७ मा लोकतन्त्र को घोषणा गरे। २००८ मा गणतन्त्र आयो, सबै को आशा थियो अब देश ले निकास पाउछ; बिडम्बना नेपाली को त्यो सपना पुरा हुन सकेन। अहिले नेपाली हरु लाई टिस्टा र सुस्ता मा कब्जा गरिएको नेपाली भुमी को भन्दा ‘थारुवान अनी एक तराई चाहिएको छ’, मधेश मा ईण्डियन आर्मी आएर हाम्रो दिदी बहिनी अनी आमा र भाउजु हरु को इज्जत माथि खेलबाड गर्दा वास्ता छैन तर ‘हाम्रो लिम्बु जाती को राज्य जसरी पनि हुनु परेको छ नेपाली लाई’, सुदुर-पस्चिम को बिकट मा बुढो हुनु भएको बाजे ले २ छाक खान पाउनु भएको छैन, ‘काठमाडौं मा नेवा: राज्य चहिएको छ नेपाली हरु लाई अहिले!’ सुत्केरी महिला लाई बन्द अबज्ञा गरिस भनेर मारिएको छ तर ‘तमुवान जसरी पनि हुनै परेको छ नेपाली हरु लाई!’ शान्ती को प्रतिक बुद्ध को अपहेलना गरिएको छ “बुद्ध ईन्डिया मा जन्मिएको भनेर” तर “हाम्रो ताम्सलिङ जिन्दाबाद” हुनै परेको छ यहाँ! यस्तो परिस्थिती स्रीजना गर्ने माओवादी भन्दा एक कदम अगाडि रहेको भारत को अझै समर्थन हुन्छ यहाँ, अनी “यो स्थिती अझै जारी गर्नुस्, लड्नुस् ” भन्ने माओबाद प्रती अझै “प्रचन्ड पथ जिन्दाबाद” भनिन्छ यहाँ! ३ महिना होइन ३ बर्ष म्याद थपे पनि संबिधान बनाउन नसक्ने नेता हरु को अझै पनि जय-जयकार गरिन्छ यहाँ, हाम्रो नेपाल मा! देश को माया हुन्छ त केबल राजा लाई, अनी निरंकुसता बिना बिकास संभब छैन। माओ ले भन्छ “बलिदान बिना राष्ट्र कहिले अगाडि बढ्न सक्दैन” माओबदी ले २०००० नेपाली को बलिदान दिए पछाडि को बिकास र राजतन्त्र बेला को जनता ले भोगेको सास्ती अनी बिकास लाई तुलना गरेर हेर्न नेपाली जनता ले जानी सकेको छ, राम्रो योजना बनाएर सम्पूर्ण नेपाली हरु लाई समेटेर देश लाई पुन: संबैधानिक राजतन्त्र स्थापित गरी देश लाई सम्ब्रिद्धी, शिखर को बाटो मा पुर्याउन नेपाली जनता ले राजतन्त्र को समर्थन गर्ने दिन आएको छ! भारत को कु-योजना लाई बिफल पर्ने दिन आएको छ! 1) 45 सालमा किन नाकाबन्दी लगायो ईन्डियाले ? -सोनिया गान्धी (क्रीस्चियन) लाई पशुपतिनाथ मन्दिरमा जान रोक्दै २४ घण्टा भित्र देश छोड्न तत्कालीन राजा बिरेन्द्रले आदेश दियर। आन्दोलन गरेर आको होइन ४६ सालमा प्रजातन्त्र। 2) ५८ सालमा किन राजा बिरेन्द्र मारियो??? -नागरिकता बिधेयक नल्यायर। यदी राजा ज्ञानेन्द्रले मारेको भय अहिले सम्मा के हेरेर बसेका छन त सत्ताको स्वाद चाखीराखेकाहरु? (बिरेन्द्र मरेपछी ४५ लाख भित्र्यायको सबैलाई थाहा छ नि.) 3) ६२-६३ को आन्दोलन कसरी सफल भयो?? -कसैले आन्दोलन गरेर भको होइन नाक नफुलाय हुन्छ, १९ दिन घर भित्र थुनेर राखेपछी जसलाई पनि बहिर निस्किन मन लाग्छ हामी पनि निस्केको हो। ( खासमा चाइनालाई सार्कको पर्यबेक्षक बनाउन नेपालको एक तर्फी प्रस्ताब र त्यसलाई पारीत गर्न वाध्य पारीनु नै राजा ज्ञानेन्द्र को लागि ठुलो अभिशाप हो) यो सबै हेर्दा र बिचार गर्दा ईन्डियाले नेपाल को स्थिर शक्ती राजतन्त्रलाई जसरी पनि सक्नै पर्ने निछोड निकालेको हो। अर्को तर्फ के हो त सुगौली सन्धी? (इ.सं. १८१५ डिसेम्बर २) १. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ । २. युद्ध हुनु भन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् । ३. नेपालका राजा माननीय इस्ट-इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन् -(काली र राप्ती नदीको बीचकाख सम्पूर्णतल्ला भागहरु, (राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि, (गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग, (मेची र टिस्टाबीचको समस्त तल्लो भूमि, (मेची नदीभन्दा पूर्वतर्फकोसम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिन भित्रमा गोर्खाली सेनाले खाली गरिदिनुपर्नेछ । ४. नेपाल राज्यका प्रमुख र भारदारहरु ज-जस्को स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिश सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुइ लाख रुपैया पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिनेछ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइनेछ । ५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् । ६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरु बीच कुनै मत भिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिश सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नुपर्नेछ । ७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिश सरकारको अनुमतिबिना कुनै ब्रिटिश प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिले पनि राख्ने छैनन् । ८. दुवै राज्यका बीचमा मित्रता र शान्ति-सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् । ९. यो सन्धि जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्धारा आजको मितिदेखि १५ दिनभित्र अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफि्टनेन्ट कर्नल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सो भन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् । र अन्त्यमा यो पनि बुझिराख्नुस् – नेपाललाई ईन्डियाले २०१५ सम्म भुटानको हालतमा पुर्यौने योजना अनुसार चलिराको छ। तेसैले आब हामि नेपाली रास्त्रबादीहरु मिलेर यो इंडियाको दलाल नेताहरुलाई लखेटेर राजालाई नै फर्काउन पर्दछ ! यस्को अर्थ म राजाको गोटी होइन मैले थाहा पायको सत्य अरुले बोल्न आँट नगरेपछी बोलेको हो। जय अखण्ड नेपाल! जय मातृभूमी जय राष्ट्रबाद ! - Some facebook guy
nepalkoaawaz · Jul 4, 2012 8:50 AM · 15,388 views
Not sure if I agree with all of it but stats are mind blowing
Yuvaraj · Jul 4, 2012 10:04 AM
they are mostly true .. i agree 95%
crazyNep · Jul 4, 2012 5:56 PM
लौ आऊ ब्राम्ह लुट गर भनिने ठाउँ हुन् कर्पोरेसन हरु | उदयपुर सिमेन्ट कारखाना -भारतीय सिमेन्ट कारखानाले घुस ख्वाएर जाना जान रुग्ण बनाइएको हो . यस्तै यस्तै कथा सबैका छन् .
maGorkhe1 · Jul 4, 2012 6:18 PM
G Shah
raju161 · Jul 5, 2012 12:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion