देश, आमा र निन्द्रा | आमा, अवशेषमात्र बाँकि'भा अस्तित्व, उत्खननको अर्थ त थिएन, तर त्यहि अस्तित्वको एक अश आफु हुनु र त्यसको मुल्य चुकाउनुपर्ने यो अवस्थामा... तिमीलाई प्रणाम ! '४६ को गुन्द्रीमा प्रजातन्त्रको बिस्कुन सुकाएर... तिमी त सुत्यौ, हाम्रो धुरीमाथि सारुङ्, काग, चिल हुँदै गिद्ध आए.... आमा करेसावारिको रछ्यानमा... विकासका लहर, शहिदको सपना... गल्दै गए, मल भए स्वतन्त्रताको ड्याङ्मा प्रतिगमनको काउली फलाउन ! तिमीले छुटायौ, त्यो हाम्रो तुलसी मोठ मुनी कती थिचिए... कती पिल्सिए... कती मारिए... कतिको अस्मिता लुटियो, कस्तो ढोङ रचियो, परिवर्तनको खोक्रो भुमरीमा '५२ देखी '६२ र..... '६३.... '६४ हुदै, संगैको परिजातको बोटले श्रद्धाञ्जलीका फूल सिवाय झार्न भ्याएन | बकैनाको रुखमा सकेट बम फले, तिमी सुत्दा यहाँ, तराई, पहाड, हिमाल जले | छिमेकीले डिल मिचे, एकले अर्कालाई थिचे, सबको "म" बन्ने धुनमा "हामी" हुने चाहना तिम्रो सुत्ने राम्रो बहाना बन्यो सुत...आमा...सुत .... अब सबै सिधियो, यो मुर्दा शान्तिमा उठेर पनि के काम ? लडेर पनि के काम ? जनताका छोरा..... मरेर पनि के काम ??
jhaukiri · Jul 3, 2012 9:44 PM · 16,580 views
Awesome bro
facebook · Jul 3, 2012 10:28 PM
Very nice brother!!
MySweetLord · Jul 3, 2012 10:50 PM
Very Touching ... Just few more lines तिम्रो ओढ्ने अछायुने फाट्ने होड मा तिम्रा कपुत हरु दिन रात खटी रहे छन् तिम्रो गौरब मय छाती मा बिषालु वृक्ष उमार्न छिमेकी हरु जाति र धर्म को बिज छर्दै छन् तेसैले अब उर्बर भुमि होइन आमा , कठोर ढुंगा बन्दै सन्तति हरु को सुबुड्डी फिरोश भन्दै आफ्नो अस्मिता लै बचाई राख्न चण्डी र काली को रुप मा दुष्ट संहार मा लाग तिम्रा सपूत सधै तिम्रो साथ छन्
NRN · Jul 4, 2012 9:15 AM
धन्यबाद !! :)
jhaukiri · Jul 4, 2012 11:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion