Is this a human trafficking?देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार I am scared my father was also working there , my uncle who has a restaurant there took him there but dont know how. My uncle father in law heard also doing tht sort of things, but couldnt verify.Was wondering if my father became the victim of such things, GOD help him       अमेरिका पुर्‍याइदिन्छु भनेर नेपालमा मात्र हैन, अमेरिकामै पनि ठगिँदो रहेछ। तिम्रा आफन्तहरुलाई अमेरिका ल्याइदिन्छु भन्दै हजारौँ अमेरिकी डलर ठगिछिन् देउवाकी सालीले। देउवा अर्थात् पूर्व प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका रुपमा पनि चर्चामा ल्याउने गरिएका कङ्ग्रेस नेता शेरबहादुर देउवाकी पत्‍नी आरजु राणा देउवाकी बहिनी नीतु राणाले। मिडियामा यस्तो खबर आएपछि आरजुले विज्ञापनै छपाएर यसको खण्डन गर्नुपर्‍यो। पछि पो थाहा भयो, केको नीतु राणा हुनु उनी, उनको नाम त हित श्रेष्ठ पो रहेछ। अमेरिका ल्याइदिन्छु भनेर अमेरिकामै ठग्ने हितलाई प्रहरीले केही अघि पक्राउ गरेको थियो। अब यो मुद्दा अदालत पुगिसकेको छ। केही अघि मात्रै अमेरिकी न्युज एजेन्सी एपीले दिएको खबर अनुसार उनले आफूलाई लगाइएको अभियोग स्वीकार गरिसकेकी छिन्। म्यानहाटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले हित श्रेष्ठले न्युयोर्कमा नेपाली आप्रवासीहरुबाट हजारौँ डलर ठगेको स्वीकार गरेकी जनाएको हो। एपीले उनका वकीलसँग प्रतिक्रिया माग्न खोज्दा उपलब्ध भएनन् रे। ४४ वर्षकी यिनको ठग्ने कला चाहिँ गजब रहेछ। ठग्नको लागि उनले नेपाली र उनीहरु भित्र रहेको अमेरिका र पैसामोहको प्रयोग गरिन्। आफूलाई नेपालको ठूलो राजनीतिज्ञको परिवारको भनेपछि मान्छेहरुले विश्वास पनि गर्ने भए। फेरि उनको विश्वास दिलाउने तरिका पनि अनेक रहेछ। लौ अब आफ्ना आफन्तलाई नि सजिलै अमेरिका बोलाएर यतै सँगै पैसा कमाउन पाए त गज्जबै हुन्थ्यो भन्ने सपना देखेर बिचरा सोझासाझा नेपालीहरुले उनलाई पैसा दिएछन्। ३ हजारदेखि ७ हजार अमेरिकी डलरसम्म। आरजु अमेरिका आउँदा डेलिगेसनका रुपमा उनीहरुलाई पनि सँगै ल्याउने भन्दै पैसा असुलिएको थियो। तर जसरी नेपालमा अमेरिकाको भिसा लाइदिन्छु भन्दै ठग्ने गरिन्छ, त्यस्तै भयो उता पनि। न आरजु अमेरिका आइन्, न उनीहरुका मान्छे नै अमेरिका आइपुगे। लौ अब पैसा फिर्ता ले भनेर भन्न जाँदा उल्टै तिमीहरुलाई डिपोर्ट गर्दिन्छु भनेर धम्की दिएछन्। हुन पनि त्यसरी पैसा दिने केहीको त कागजातै रहेनछ अमेरिकामा। तर पाप धुरीबाट कराइहाल्यो, उनीविरुद्ध उजुरी पर्‍यो र प्रहरीले पक्रयो पनि। अहिले उनले अपराध स्वीकारेको खबर पनि आयो। अदालतले दोषी ठहर गरेपछि उनले अब केही वर्ष अमेरिकी जेलमा बिताउनु पर्नेछ। के यो घटनाबाट जसरी पनि अमेरिका पुग्ने अनि त्यहाँ पैसा कमाउने भन्ने धुनमा रहेका नेपालमा रहेका नेपाली र अमेरिकामै रहेका नेपालीहरुले पनि शिक्षा लेलान् त ?

already · Jul 1, 2012 11:53 PM · 9,289 views

1 Reply

 The producer of "muna-madan" took 10 lacs for such trafficking. epaper.ekantipur.com/showtext.aspx

nepcha1 · Jul 2, 2012 8:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all