मन्त्री ढकालले भने- परिवार नियोजन गर्नुहुँदैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  मन्त्री ढकालले भने- परिवार नियोजन गर्नुहुँदैन १६ असार, काठमाण्डौं ।‘दुई सन्तान ईश्वरको वरदान’ भन्दै सरकार परिवार नियोजनको प्रचारमा बर्सेनि ठूलो रकम खर्च गर्छ । तर, वर्तमान सरकारका एक मन्त्री यस्ता भेटिए जो परिवार नियोजनमा पटक्कै विश्वास गर्दैनन् र एकपछि अर्को सन्तान जन्माइरहेका छन् । यी हुन् गरिबी निवारण तथा सहकारीमन्त्री एकनाथ ढकाल । ०५४ सालमा फिलिपिनो महिलासित बिहे गरेका मन्त्री ढकालका लगातार पाँच छोरी भए । उनकी श्रीमती ब्लेसी गाडन अहिले फेरि गर्भवती छिन् । छैठौँ सन्तानको प्रतीक्षामा रहेका ढकालले आजसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरेको र भविष्यमा पनि नगर्ने बताए । ‘यो (परिवार नियोजन) अप्राकृतिक कुरा हो,’ उनले भने, ‘मेरा बर्सेनिजस्तै सन्तान जन्मिरहेका छन्, (सन्तानोत्पादन) रोक्ने कुनै सोचाइ छैन ।’ उनले परिवार नियोजनका कुनै पनि साधनमा आफ्नो विश्वास नरहेको भन्दै यसलाई नअपनाउन अरूलाई पनि सुझाब दिए । मन्त्री ढकालले भने, ‘हामीले अप्राकृतिक साधन प्रयोग गरेर सृष्टिलाई चुनौती दिने अभियानमा लाग्नु राम्रो होइन ।’ अप्राकृतिक कुराको प्रयोगले मानव समाजलाई रोगी बनाउने उनको तर्क छ । ‘सन्तान कम जन्माउन खोज्ने हो भने सेल्फ कन्ट्रोल गर्न सक्छौँ,’ उनले सुझाए । नेपाल परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री ढकालले भने, ‘सबै कुरामा प्राकृतिक सिद्धान्त अपनाउनुपर्छ, यसलाई प्राकृतिक रूपमै सञ्चालन हुन दिनुपर्छ ।’ परिवार नियोजनका साधनलाई खेतबारीमा प्रयोग गरिने रासायनिक मलसँग तुलना गरे मन्त्री ढकालले । ‘अहिले रासायनिक मलको प्रयोगले गर्दा हाम्रा जमिन जब्बर भएका छन्,’ उनले भने, ‘यही स्थिति रहने हो भने अबको सय वर्षपछि यो भूमिबाट कस्तो उब्जनी होला हामीले कहिल्यै कल्पना गरेका छैा ?’ ‘बजारमा परिवार नियोजनका स्थायी र अस्थायी साधन छ्याप्छ्याप्ति पाइन्छन्,’ मन्त्री ढकाल थप्छन्, ‘ती साधन म पनि प्रयोग गर्न सक्थेँ, तर आजसम्म कहिल्यै गरिनँ ।’ ढकाल युनिभर्सल पिस फेडेरेसन (युपिएफ) नामक अन्तर्राष्ट्रिय धार्मिक संस्थाको नेपाली अगुवा हुन् । सामाजिक संस्थाको खोल ओढेर युपिएफले विवादास्पद कोरियाली धर्मगुरु सन् म्योङ मुनका आध्यात्मिक सिद्धान्तलाई नेपालमा प्रवद्र्धन गर्दै आएको छ । आफूलाई जिसस क्राइस्टको अवतार दाबी गर्ने मुनकै सिद्धान्तलाई पछ्याएर परिवार नियोजनका साधन बहिष्कार गर्दै आएका छन् ढकाल र उनको संस्थाका मानिसले । तर, उनी यो तथ्य खुलाउन चाहँदैनन् । ढकालपत्नी गाडनले पहिलो सन्तानका रूपमा सन् २००१ मा छोरी जन्माएकी थिइन् । पहिलो सन्तान जन्मिएको एक वर्षपछि नै सन् २००२ मा उनले दोस्री छोरी जन्मिइन् । सन् २००४ मा तेस्रो, २००८ मा चौथो र २०११ मा पाचौँ सन्तान जन्माएकी गाडन दुई महिनापछि अर्को पाउने तयारीमा छिन् । संस्थाको सिद्धान्तअनुसार अन्तर–राष्ट्रिय विवाह गरेको ढकाल दम्पतीले छोरीहरूको नाम पनि ‘समावेशी’ किसिमले जुराएको छ । पहिलो छोरीको नाम हो, इस्थर इन ढकाल । त्यसैगरी, दोस्रोदेखि पाँचौँसम्म क्रमश: काही गाडन ढकाल, सिम हा ढकाल, एकता ढकाल र ऐश्वर्य ढकाल नामकरण गरिएको छ । फिलिपिनो नागरिकसँग विवाह गरेको, गुरु कोरियन भएको र आफू नेपाली भएकाले नाम पनि मिश्रित रूपमा राखेको मन्त्री ढकालले बताए । उनले भने, ‘मेरो परिवारमा फिलिपिन्स, कोरिया र नेपालीको समिश्रण हुनेगरी दुईवटाको अंग्रेजी एउटाको कोरियन र दुईवटा छोरीको नाम नेपालीमा राखिएको छ । छैटौँ सन्तानको नामचाहिँ सोचिसकेको छैन ।’ आफ्नो छैटौँ सन्तान छोरा हुने हो कि छोरी भन्ने कुतूहल छ उनलाई । तर, गर्भमा रहेको बच्चाको लिंग परीक्षण गर्ने प्रविधि अपनाउन चाहँदैनन् । ‘मैले अघि नै भनिहालेँ, म कुनै पनि कृत्रिम वस्तुको प्रयोग गर्दिनँ,’ उनले भने । आफू छोराको पर्खाइमा भएको कुरा उनले नकारे । सेक्सलाई परिभाषित गर्दै ढकालले यो मानवलाई आनन्दको अनुभूति दिने उपल्लो माध्यम भएको बताएको खबर सैार्य दैनिकले छापेको छ । ‘यसको सही रूपमा प्रयोग हुनुपर्छ र त्यसबाट वंशको अपेक्षा पनि गरिनुपर्छ ।’ ‘हरेक कुरा प्राकृतिक तवरबाटै सञ्चालन हुन दिनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ म,’ उनले पुन: जोड दिए, ‘कृत्रिम तथा अप्राकृतिक कुराको बढ्दो प्रयोगले मानव समाज ध्वस्त बनिरहेको छ ।’ आफूले अपनाइरहेको क्रिस्टियानिटीलाई ढकालले परिमार्जित हिन्दू धर्मको संज्ञा दिए । उनले भने, ‘म धर्मलाई परिमार्जित गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्छु र आफूलाई हिन्दू युनिफिकेसका रूपमा लिन्छु । म हिन्दू धर्म मान्छु तर परिमार्जित हिन्दू धर्म ।’ http://onlinekhabar.com/2012/0...

nepcha1 · Jun 29, 2012 10:18 PM · 2,570 views

1 Reply

Good aba chai nepal maa kei hola jasto cha.

facebook · Jul 1, 2012 4:02 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all