जही तही तेरो मेरो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाद कहा हुँदैन ? समानता लिने बेलामा मात्रै आऊछ , दिने बेलामा कुरै उठ्दैन | अमेरिकीमा रि-साईकल को कुरा घर घर देखि सिनेट सम्म हुन्छन |टाउन ले आँफै नियम बनाइ निलो पहेलो सुन्तले रंग का प्लास्टिक ब्याग बनाइ प्रति ब्याग २-५ डलर तिर्ने बनाए पछी मानिस हरुले रि -साइकल तिर ध्यान दिन्छन भनेर|  अनि ग्रोसरी स्टोर मा काच देखि प्लास्टिक रि-साइकल गरि पैसा दिने मेसिन राखेका हुँदारहिछन भने ई मेसियन पनि हामि मान्छे झैँ बादमा लागेका रहेछन | तपाइँ हामि हाम्रो देसमा एसो र उसो, नेता ले नाताबाद कृपाबाद गरे भन्नु हुन्छ यो अमेरिकामा कालो छाला र गोरो छाला बीच मात्रै हैन एउटा स्टोर र आर्को स्टोर बीच पानि बारा बार रहेछ | कुरा तन्क्याएको देखेर माथा ठ न क्क ठंन्कियो होला |  यो ताता घाममा तालुमा आलु फल्ने गरि प्लास्टिक ब्यागमा खालि  बोतल रि-साइकल गरि २-4   डलर आए भोलि राति खोल्ने चिठठा किनुला  भनि गएको खालि हात फर्कदा के भयो होला ? | एक एक गरि ४० ओटा त्यो मेसिनमा छिराउदा एउटा dasani बोतलको ५ सेन्ट मात्रै दिन्छ बा !! यी स्टोरमा  पनि नाताबाद र कृपाबाद निकै चल्दो रहेछ |  " तैले मकहा बाट किनिनस  भनि  तेसैले मलाइ रि-साइकल गर्न दिन्न भनि नदिएको रहेछ" . मेसिनको यो हाल छ किन नहोस बेहालीपन मान्छेको ! त्यो ५ सेन्ट को प्रिन्ट टुलु टुलु हेरे , चिठ्ठा किन्ने कुरा छोडौ खालीबोतल पनि तेही कुनामा फालियो , डेरा लागियो लुरु लुरु | बाद काहा हुदो रहेन छ भनि सोध्न मन लाग्यो |

magorkhe1 · Jun 28, 2012 3:45 PM · 176 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion