भक्तपुर पाटीमा मैथिली भजन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    भक्तपुर पाटीमा मैथिली भजन THURSDAY, 28 JUNE 2012 16:09 नागरिक   1 2 3 4 5   (6 votes, average 4.00 out of 5) उपेन्द्र लामिछाने, भक्तपुर, असार १४  - शताब्दीयौंदेखि भक्तपुरका पाटीमा मिथिला भजन गुन्जदै छन्। गाउने र बजाउनेलाई यो भने कुन भाषा हो पत्तो छैन। तर यी भजन गाउँदा माहौल रमाइलो हुने उनीहरुले सुनाए। 'बाबु-बाजेको पालादेखि नै यी भजन गाउँदै आएका हौं,' पुलाङ डाफ(पुरानो डफ्फा)का ८६ वर्षीय नाइके आशलाल लिविले भजनका पाण्डुलिपि देखाउँदै भने, 'हिन्दी जस्तो लाग्छ तर पूरै हिन्दी होइन।'  टौमडीटोलस्थित भैरव मन्दिरअगाडिको पाटीमा भजन गाउँदै गरेका लिविले शाब्दिक अर्थ नबुझे पनि यी लय गाउँदा भजनको रौनक बढ्ने उनले सुनाए।    भजनको संरक्षणको लागि गुठी समेत रहेको उनले सुनाए। 'हामीले प्रत्येक महिना ६ माना तोरीको तेल आरतीको लागी पाउने गरेका छौं,' उनले भने, 'भैरवमन्दिर वरिपरि भजन गाउने अन्य दुई टोलीका लागि पनि गुठीको व्यवस्था छ।' पुराना पाण्डुलिपिमा रहेको भजनलाई ढोलकको तालमा गवैयाले लय तानेर गाउँदा हरेक साँझ न्यातपोल मन्दिरको माहौल संगीतमय बन्ने गर्छ। 'भजन सुन्दा मनमा आनन्द आउँछ,' स्थानीय कपिल भट्टले भने, 'यहाँ संस्कृत, नेवारसँगै मिथिलाको लय गुन्जन्छ।' भाषा नबुझे पनि तिनमा ताल र सुरको बारेमा उल्लेख गरिएको गवैयाले बताए। 'सुर-ताल मिलाएर गाउँदै आएका छौं,' अर्को भजनटोलीका ८१ वर्षीय कृष्णलाल भन्छन्, 'भाषा यही भन्ने थाहा छैन तर नेवारी चाहिँ होइन।' नेवार संस्कृतिबारे जानकारी राख्ने ओम धौमडेलले गाउने-बजाउनेले भाषाबारे जानकारी नराखे पनि भक्तपुरका पाटीहरुमा सदियौंदेखि मैथिली भजन गुन्जिँदै आएको सुनाए। भक्तपुरका राजा जगज्योति मल्ल(नेस (७२३-७५९)ले आफ्नो दरबारमा मिथिलाबाट विद्वान झिकाउने गरेको उल्लेख गर्दै त्यही बेला देखि यी भजनले निरन्तरता पाएको उनले बताए। 'पृथ्वीनारायण शाहले आक्रमण गर्नुअघि रणजित मल्लको पालासम्म त्यो क्रम भव्यताका साथ चलिरहेको थियो,' उनले थपे, 'शाह राजाले शासन हातमा लिए पनि संस्कृतिमाथि हस्तक्षेप नगरेकाले यसले आजसम्म निरन्तरता पाएको छ। त्यतिबेला भक्तपुरको दरवारमा वंशमणि झा, करण, महेश, शशि शेखर जस्ता मैथिली विद्वानको जमघट रहने गरेको उनले सुनाए।   मुस्लिम राजा गयासुद्दीनको आक्रमणपछि सिम्रौनगढका राजा हरिसिंहदेव भागेर भक्तपुर आउँदा मैथिली संस्कृति झनै फैलिएको उनले सुनाए। 'भक्तपुरका राजा रुद्र मल्लको बहिनी देवल देवीसँग हरिसिंह देवको बिहे भएको हो,' उनले भने, 'आक्रमणपछि उनी सिम्रौनगढबाट तलेजुमन्दिर लिएर भक्तपुरमै आए।' पत्रकार चन्द्रकिशोर झाले मिथिला र नेवारबीच शताब्दीयौंदेखि सम्बन्ध रहँदै आएको र त्यसको उजागर गर्न जरुरी भएको बताए। उनले भने, 'यस्ता ऐतिहासिक सम्बन्धको उजागरले दुई समुदायबीच भाइचारा बढाउन मद्दत पुराउने छ।' http://www.nagariknews.com.np/  

_____ · Jun 28, 2012 8:42 AM · 2,010 views

1 Reply

एक झा सहकर्मी थिए , उनि नेवारी संस्कार मा हुर्के बढेका हुन् , यो हो दुइ जातिको समिश्रण हो , उनैको भनाइ थियो  | जातिपाति को सृजनाले नेपाली हरु मा बैबाहिक सम्बन्ध न जोडिएको हुदा जातीय एकता हुन् सकेन भने अहिलेको जातीय राजनीति ले घ्यू थपेको छ |

magorkhe1 · Jun 28, 2012 9:27 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all