Apabaad - Excellent Critics

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Excellet critics by the writer. There are people who know exactly how the movie should be made but yet the good movies are very rare. I have not watched this movie or nor plan to watch it but i agree with the writer on what Nepali Movie Industry needs. Why not make a low budget relevant and original movies and make 100% profit on it than make a MASALA movie and risk the investment. There should be a group of people who make 5 - 10 lakhs movies with an intention to make 10 -15 lakhs. http://nagariknews.com/ent/mov... मनसुनको भेलसँग लडिबुडी गर्दै हलमा चलिरहेको छ 'अपवाद' फिल्म। यसमा एउटा त्यस्तो पात्रको आत्मपरक कथावाचन छ, जो जीवनको एउटा भेलमा बगेर समाजदेखि गुमनाम हुन्छ। फिल्ममा त्यत्ति धेरै झरी छैन तर झरीको मुड सुरुदेखि अन्तिमसम्म छ।  सहरका मल्टिप्लेक्समा नेपाली फिल्म हेर्नेको मेला लाग्न थालेपछि थोरै पात्र र सानो खर्चमा बनेको 'अपवाद' रिलिजअघि नै हिट भइसकेको थियो। फिल्म बनाउन पैसा र तामझाम होइन फरक कथा र कलात्मकता चाहिन्छ भन्ने प्रमाणित गर्ने फिल्मको सूचीमा यो थपिएको छ।   समीक्षकः दीपेन्द्र लामा फिल्मः अपवाद रेटिङः पाँचमा साढे दुई तारा निर्देशकः सुवास कोइराला निर्माताः सुसन प्रजापति कलाकारः राजवल्लभ कोइराला, निशा अधिकारी, रवि गिरी, विजया गिरी आदि।       'अपवाद'को 'कास्टिङ'मा तीन विदेशी फिल्म 'कास्ट अवे (२०००)', 'इन्टु दि वाइल्ड (२००७)' र 'कास्ट अवे अन दि मुन (२००९)' बाट प्रभावित भनेर उल्लेख गरिएको छ। तीनवटै फिल्मको दर्शन हो, 'मानिस सामाजिक प्राणी हो। बाँच्नको लागि उसलाई समाज चाहिन्छ।' यो मर्मलाई 'अपवाद'ले मर्न दिएको छैन। मुख्य पात्र सुयोग (राजवल्लभ)ले जंगलमा विभिन्न घटनामा ग्लानि महसुस गरी जीवनको बोध गर्दै जाने प्रसंगहरू सुन्दर ढंगमा संयोजन गरिएको छ। पहिलोपटक आफैंले आगो बालेको, सुनको बल्छीले माछा मारेको र मकै उब्जाएको दृश्यहरू आनन्ददायी छन्। ती दृश्य धेरै प्रेरणादायी पनि छन्। नेपाली फिल्ममा खचाखच हुने घिसिपिटी दृश्यबाट यो मुक्त छ। त्यसैले यो हेर्दा यातना र लाज दुवै हुँदैन। बरु, कहिलेकाहीँ निशा अधिकारी र धेरैजसो ठाउँमा रवि गिरी र विजया गिरीको अभिनयको 'प्यारामिटर' चर्को लाग्छ। निर्देशकले किन यसलाई नियन्त्रण गर्न नसकेका हुन्? नदी तरेर दौडिँदा आइपुगेको खेतले मानवबस्ती सुरु भएको संकेत गजबले दिएको छ। त्यस्तै सुयोगको 'फ्रेम' हुँदै उड्दै गएको हवाईजहाजले उड्न चाहिरहेको उसको मनलाई कलात्मक ढंगमा प्रतिविम्बित गर्छ। 'ए दौतरी' गीत र ब्याकग्राउन्ड म्युजिक फिल्मको 'इमोसनल ग्राफ' अनुसार परिचालित छ। घर फर्किने बेला नदीमा तैरिएर आफूले शरण लिएको जंगललाई सुयोगले फर्केर हेरेको दृश्य अझै मार्मिक हुनसक्थ्यो। केही महिना बिताएको ठाउँसँगको आत्मीयता झल्काउन दृश्य प्रयोग भएको हो। तर, त्यो ठाउँमा सुयोगले गरेको संघर्ष जटिल छैन। जीवन र मरणको दोसाँध कतै देखिँदैन। भोकको झोकमा रुखमुनि उमि्रएको च्याऊ खान्छ। विषालु हुँदैन। कति सजिलो? सुयोगले जुन बाटो रोजेको देखाइएको छ, त्यसको लागि फ्रस्टेसनको 'भोल्युम' पुग्दैन। उसका हरकतहरू समाजदेखि विरक्त मान्छेका लाग्छन्। जबकि उसको द्वन्द्व (कन्फ्िलक्ट) समाजसँग नभई बुबा (रवि गिरी)सँग मात्र हुन्छ। समाजका थप अंगहरू कथामा आएको भए सायद उसको विरक्ति बढी विश्वासिलो लाग्थ्यो। पात्र र कथाको जटिलताभन्दा उल्टो छ फिल्मको लोकेसन। महिनौंसम्म मान्छेको आवतजावत नहुने ठाउँजस्तो देखिँदैन। जंगल घना भनिए पनि किरा र चरामात्र पाइएको देखाइन्छ। नेपालमा तराईभन्दा पहाडको जंगलमा मान्छेको ओहोरदोहोर कम हुन्छ। यसमा तराई त्यो पनि ठूलो खोलानजिकैको वन खिचिएको छ। त्यही लोकेसनमा पनि बेलाबेला मान्छे आउँदा सुयोगले आफूलाई अरूको नजरबाट लुकाएको जस्ता दृश्य सिर्जिएको भए 'कनभिन्सिङ' त हुन्थ्यो नै, एक्लोपनमै रमाउन चाहने सुयोगको नियत अझ प्रष्टिन्थ्यो। साहित्यिक पात्र भएकोले सुयोगलाई लेख्य शैलीको संवाद सुहाएको छ। तर, सबै पात्रले उसको जस्तै व्याकरण मिलाएर बोलेको चाहिँ सुहाउँदैन। यो भनेको बोलीचालीको भाषाको गलत डकुमेन्टेसन हो। फिल्मको अन्त्य अति नाटकीय छ। पत्रकार सम्मेलनवाला दृश्यको 'फिजिकल रियालिटी' एकदमै कमजोर छ। हास्यास्पद छ। फिल्मको मुडलाई यसले भंग गर्छ। मध्यान्तर लगत्तैको ताइँ न तुइँको गीतले पनि मुड भंग गर्छ। उपयोगी नहुँदा नहुँदै गीत जबरजस्ती ठोसिएको छ। विदेशी फिल्मबाट प्रभावित भन्दै निर्देशक सुवास कोइरालाले इमानदारी त देखाएका छन्। तर, एउटा सर्जकले आफ्नो समाजप्रतिको दायित्वबाट भाग्न मिल्दैन। सर्जकको दायित्व हो, आफ्नो समाजका बढीभन्दा बढी मौलिक कथा अरूलाई भन्नू। दस वर्षे माओवादी द्वन्द्वकालमा हजारभन्दा बढी बेपत्ता भएका छन्। रहर, कर वा बाध्यताले हराएका मान्छेहरूको कथा यसैमा खोज्न सकिन्थ्यो। अझै सकिन्छ। कोटेश्वर चोकका रात्रिकालीन रंगीचंगी दृश्यहरूले वङ कार वाईको फिल्म 'माई ब्लुबेरी नाइट्स'को झझल्को दिन्छ। सायद, यसका छायाँकार सुसन प्रजापतिले नोरा जोन्स अभिनित उक्त अंग्रेजी फिल्मको कलात्मक छायांकनबाट प्रभाव ग्रहण गरेको हुनुपर्छ। किनभने निर्माता समेत रहेका सुसनले एउटा दृश्यमा नोरा जोन्सको गीत बजाइदिएका छन्। अपरिपक्व भए पनि 'अपवाद' अरू फर्मुला फिल्मभन्दा बिल्कुलै ताजा लाग्छ। नेपालमा 'आचार्य' र 'लुट'बाट प्रष्फुटन हुन खोजेको 'न्यु वेभ सिनेमा'लाई यसले थप बल प्रदान गरेको छ। 'अपवाद'को कथामा छोरो घर फर्किएजस्तै यस्ता फिल्महरू बन्न थाले हलमा दर्शक फर्किने सम्भावना अवश्य बढ्नेछ।

SAP Dude · Jun 27, 2012 9:14 AM · 10,276 views

3 Replies

 Copied movie... ali originality pani chaina.... Ghanta jasto movie

Xzon · Jun 27, 2012 9:34 AM

XZON, I agree that it is a copied movie. That is why i am not going to bother watching it. But the movie is on the right learning path on what creativity means in movie making. Its a small step outside of a regular formula based MASALA movie.

SAP Dude · Jun 27, 2012 11:53 AM

Kati aapabad apabaad bhanira bhanya. Laagcha aba arko nepali movie nai bandaina. Really irritated by this name now.

facebook · Jun 27, 2012 3:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all