फेरी असफल हुन सफल भएँ साथी, दाना बिनाको फोस्रे फसल भएँ साथी दिल पैंचो मागेर फर्काएँन कहिलेइ जिन्दगी नै उधारो पसल भए साथी दिल हराएर के भो र फेरी हास्न खोजें तै पनि मन मानेन, पलपल रोएँ साथी कर्म गर..... “ए राहुल” सधै भन्थी गीता निस्वार्थ कर्ममा अमिलो फल पाएँ साथी Last edited: 26-Jun-12 01:40 PM
rahulvai · Jun 26, 2012 1:18 PM · 19,306 views
वाह वाह ठुल्दाइ ... तखल्लुस सहितको यो गजल गजब नै छ है ... संजोग पनि कस्तो भने मलाई रिताले पनि त्यस्तै भन्थी तर पछी आँफै पोइल हिडि .. कतै यि रिता र गीता दिदी बहिनी त परेनन् ?
Geology Tiger · Jun 26, 2012 1:35 PM
Wah Dai Wah Sahi chha!!
daum · Jun 26, 2012 3:38 PM
ati uttam
adventurer · Jun 27, 2012 2:49 AM
Rahulvai Loved the gazal. Your use of the word "fasal" makes me ask you a question, specially since you are well versed in the literary world. To me, 'fasal' is an adopted word, dare I say, urdu or hindi word. Much like 'dil.' What is your take in the use of non-nepali word in poems and gazals? I have notice people (including me) smirk when hindi words are used in Nepali movie songs; but we seem to be more liberate when it comes to poems or gazals. Our Mahakavis, rashtrakavis seem to be using them generously as well. What's your take?
Kiddo · Jun 27, 2012 9:00 AM
हुनत किड्डोको प्रश्न राहुलभाइलाई नै थियो र पक्का पनि उहाँले अझ राम्रो जवाफ दिनु हुनेछ । त्यसमाथी राहुलदाइको यस्तो सुन्दर गजल भएको यो धागोमा अन्य बहस जोड्न मन थिएन । तर मलाई किड्डोको प्रश्न पढेपछि खसखस लाग्यो र नलेखी बस्नै सकिन .. नेपाली भाषा हामी मूलभूत रुपमा चार किसिमका शब्दहरु पाउछौ । १. ठेट नेपाली शब्दहरु जसलाई हामी झर्रो नेपाली शब्द पनि भन्छौ जस्तै चसक्क, कलकल बङ्लङ २. संस्कृतबाट जस्तोको तस्तै आएका तत्सम शब्दहरु जस्तै जल, सूर्य, अग्नि ३. संस्कृतबाट आएका तर रुप फेरिएका तद्भव शब्दहरु जस्तै आषाढबाट असार, कर्णबाट कान ४. हिन्दी, उर्दु, फारसी, अङ्रेजी र अन्य विविध अन्तर्राष्ट्रिय अथवा नेपालको क्षेत्रीय भाषाबाट उस्तै रुपमा अाएका अथवा रुप फेरिएका आगन्तुक शब्दहरु जस्तै तिहार, अदालत, तलब, शहर, फोटो, झुमा, खापा, चाकु आदी इत्यादी यसरी हेर्दा नेपाली भाषाको शब्दभण्डार ठुलो मात्रामा आगन्तुक शब्दहरुले भरिएको छ र यो कुरा नेपाली भाषा बाहेकको अरु भाषामा पनि लागू हुन्छ । मलाई लाग्दैन कि दुई चारवटा यस्ता आगन्तुक शब्दहरुको प्रयोगले नेपाली भाषालाई बिगार्छ । यदी त्यस्तो शब्दहरु आम जिब्रोमा भिजिसकेको छ भने यस्तो शब्द प्रयोग गर्नु सर्वदा उचित हुन्छ र यसले भाषालाई अझ रसिलो बनाउन मद्दत गर्छ । जीवित भाषाको एउटा परिभाषा यो पनि हो कि त्यसमा निरन्तर बृदि हुनुपर्छ र आगन्तुक शब्दहरुलाई भित्र्याउनु र त्यसको प्रयोग गर्नु भाषा बृदिको एउटा उपाय पनि हो । फरक यति मात्र हो त्यस्ता शब्दहरुलाई प्रयोग गर्दा हाम्रो वाक्यको बनौट नेपाली हुनुपर्छ । त्यसमा प्रयोग हुने व्याकरणका नियमहरु नेपाली हुनुपर्छ । एउटा वाक्यमा दशवटा अङ्रेजी शब्द घुसाइ दिएपछी त्यसमा नेपाली व्याकरण कसरी प्रयोग हुनसक्छ ? स्कूले जीवन मै हुँदा हो 'कम से कम' जस्ता वाक्याशंको नेपाली भाषामा प्रयोग ठीक हो कि होइन भनेर सोध्न डा. तारानाथ शर्माकोमा पुगेको थिए, उहाँले सल्लाह दिनुभयो 'कम से कम' को सट्टा 'कम्तीमा पनि' प्रयोग गर्नु नि । अब त शायद यो पनि नेपाली जिब्रोलाई र लेखन क्षेत्रलाई राम्ररी पचिसक्यो । तर डा. तारानाथ शर्माले झै हरेक बिदेशी शब्दलाई नेपालीमा ढाल्नुपर्छ भनेर 'टाइ ' लाई ' कन्ठेलङौटी' बनाइदिने हो भने त्यो जनजिब्रोमा र लेखन क्षेत्रमा चल्दैन । कविता र गजल बिधाहरुमा त अझ गद्द लेखनका नियमहरु सबै लागू हुँदैनन् । मलाई लाग्छ महाकवि देवकोटाले 'मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन' लेखेर नेपाली भाषा साहित्यलाई केही अन्याय गर्नु भएको छैन । यसमा त हामी नेपालीलाई अहिले पनि उत्तिकै आवश्यक श्वासत सत्य छ । मलाई त यो एक लाइन अति भन्दा अति प्यारो लाग्छ ।
Geology Tiger · Jun 27, 2012 10:06 AM
धन्यबाद मित्रहरु ( जिते ,daum, Kiddo ) जिते ब्रो ले जी को जिज्ञासाको जवाफ दिनु भएकोमा आभारी छु . र उहाँ को कुरामा केहि थप्न चाहन्छु . १. पहिलो कुरो त गजल शब्द नै उर्दु निश्रित शब्द हो . २. संस्कृत उद्गमित भाषा परिवार मा , नेपाली , हिन्दी, फारसी, उर्दु , बंगाली, भोजपुरी, अबधि, मैथली आदि इत्यादि पर्छन नै ३. दिल, फसल को उद्गम कहाँ हो भनी खोज्निती गर्नु भन्दा नि ती शब्द तपाइँ ले बुझ्नु भयो कि भएन र ती शब्द को प्रयोग लेखक ले ठिक ठाउमा प्रयोग गर्र्यो कि गरेन भन्ने महत्वपूर्ण कुरा हो . ४. गजल लेखन भावको सुन्दर प्रस्तुति संग संगै प्राबिधिक रुपमा शब्दहरुलाई खेलाउनु पनि हो . उर्दु गजलहरु राम्रा हुनु को पछाडी लेखकीय सर्बोच्चता संग संगै उर्दु भाषा शब्दावली धनी हुनु पनि हो . यसर्थ मा अझ भनुँ संकुचनमा नेपाली भाषा नेपाली मानसिकता देश संग संगै गारिब छ . ५. लूट, गुरु, पण्डित , लाठि चार्ज जस्ता शब्दावलीहरु त अंग्रेजी भाषाली अपनाई सकेको अवस्थामा अझै पनि यो शब्द हिन्दी जस्तो लाग्यो भन्नु समय सापेक्ष हुन्छ कि हुदैन , सोचनीय छ . ६. भाषिक चर्चा मा हामी नेपाली शब्द हो वा होइन भनी अंग्रेजी मा गरि राख्या छौ र हिन्दी उद्गमित भयो भनी नाक खुम्च्याई राख्या छौ . र गैर नेपाली शब्द प्रयोग भयो भनी राख्या छौ . ७. गैर नेपाली शब्द, शब्दावली कुन कुन शब्दलाई भन्ने ? ठेट नेपाली शब्दावली मात्र प्रयोग गरेर न त हामी एउटा सिंगो (complete ) वाक्य नै लेख्न सक्छौ न त कबिता . कहीं न कहीं त आगन्तुक शब्दको प्रयोग हुन्छ नै . यथार्थ यही हो .
rahulvai · Jun 27, 2012 10:27 AM
छोटो मिठो गजलको लागि धन्यबाद ठुल्दाइ !!
bhakte dai · Jun 27, 2012 10:42 AM
First of all, thanks to GT and Rahulvai Let me clarify first on why I prefer to use english as a response. First, I am not very good at typing in Nepali, second, I use isajha.com most of the time which doesn't allow the translation software. One more clarification that seems warranted, specially reading Rahulvai's comment, is when I was asking that question, I wasn't criticizing your gazal. I loved it. I even mentioned that our Mahakavis and Shiromanis use these words, so who am I to object? All I wanted to get was your input on how do you feel about the usage of agantuk words in Nepali literature. Not saying good or bad, just what you feel. To me, if you could have easily used a good Nepali word and still resorted to agantuk word, then it feels injust. "Manisa thulo dila le hunchha..." sure you could use mutu or "mann" but that kinda robs the gist out of the line. Your use of the word fasal is justified for rhyming your gazal (or is it ghazal). I cringe when I hear blatant and forced use of hindi words in Nepali song. I just wanted to get an input. As for GT bro's response, I agree with you. I do think the preference still should be given to Nepali word unless the agantuk is required for that extra oomph.
Kiddo · Jun 27, 2012 2:29 PM
कुरो त्यहि हो . जानी जानी आगन्तुक शब्द पैंचो लिएको हैन. भाव कोर्दा , शब्द खेलाउनु पर्ने हुन्छ , खास गरी गजल को आकार दिन . नेपाली शब्द भण्डार त्यति धनि भैसकेको छैन . धन्यबाद KIDDO जी. यो बहसले अबश्य नै सार्थक जानकारी दिएको नै छ .
rahulvai · Jun 27, 2012 2:50 PM
Wahwah sahi sabda ko prayog le gajal khatra dammey bhaeko cha. Bichari getA
intelligentguy · Jun 27, 2012 2:56 PM
पैचो माग्यो भन्दैमा जिन्दगी नै उधारो पसल हुने गरेर पनि अरुलाई दिने हो त ठुल्दाई? हजुर पनि.... रुवा झै हुने मन कहिले भिज्दा हुने गह्रौ पनको आभास दिने रहेछ दाइको यो गजल। राम्रो लाग्यो।
Dipika02 · Jun 28, 2012 9:15 AM
RV : तल होस् या माथि, आफु मा भर पर्छ साथि | आफुले हेर्ने द्रिस्तिकोंद उल्टाउ माथि देक्चायु अफुली लै सधै माथि || गिलास आधा भरि होस् या आधा खालि | येस्ती हो जीवन , माकुरा को जाली || सबैले भंचन ब पोसितिव ! न बिर्ष साथि - दुइ चोटी निगतिव हुन्छ पोसितिव !! अरु लाइ भन्दा आफु लै राख माथि | घण्टा को मतलब, जब हुन्छ जीवन मा असल साथि !! contd...
no_more_crush · Jun 28, 2012 6:06 PM
Daami chha, dai!
*~Spring~* · Jun 29, 2012 2:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion