हेर्दा खेरि मोडेल जस्ती कुरा गर्दा गाउले जस्ती इंगलिस सुन्दा लाज मर्दो छ के पो गरम दुइ बर्ष इंगलिस किलास गएपनि ठिक नहोला जस्तो छ
karodpati · Jun 26, 2012 1:05 PM · 3,322 views
मान्छे हेर्दा सहरिया जस्तो मुख खोल्दा कठाली जस्तो कुकुरको पुच्छर सोझो देख्ने आफुलाई करोडपति भन्दै हिड्ने मति तिम्रो कस्तो कस्तो ?
magorkhe1 · Jun 26, 2012 1:43 PM
हा हा हा , दोहोरि सुरु भो
bittertruth · Jun 26, 2012 1:49 PM
होइन तिम्रो कन्सिरी किन तातेको? बिनासित्ती किन बाझेको? कतै त्यो केटि तिम्रै दिदि बहिनि त परेन? पागलखानामा बसेर पागलपन त सरेन? मति र गति तिम्रो किन सढेको?
Karodpati · Jun 26, 2012 1:57 PM
बिदेसिनेहरु सबै पागलखाना पुगेका भए ! चिनारी देख्दा, कतै एकै छाप्रो को बसाइ हो कि ? हिलो छापौ तिमीले, दोस दिन्छौ अरुलाई लाऊँन मिल्दैन आखा आफ्नै दीदी बैनीलाई ! मेरा नभए पनि परे होलान कसैका चेली बेटी ? सबै पहेलो धातुलाइ बस्यौ सुन ठानी ! Last edited: 26-Jun-12 02:40 PM
magorkhe1 · Jun 26, 2012 2:31 PM
वाह वाह
bittertruth · Jun 26, 2012 2:36 PM
तिम्रो बाउले कसैको चेलीबेटी होला भनेर केटीहरु नहेरे तिमि यो संसारमा हुदैन थ्यौ होला नजाने गाउको बाटो नसोधेको भए, दिउसै हराउन पर्दैनथ्यो होला दिमाग ठिक ठाउमा अनि असल सोचाई भाको भए तिम्लाई पागल हुन पर्दैनथ्यो होला
Karodpati · Jun 26, 2012 2:45 PM
प्रस्तुत झ्यामकाझ्याम दोहरी कार्यक्रममा तितो सत्य साथीको उपस्थिति र टिप्पणीले सुन माथि सुगन्ध थपिदिएको छ वाह वाह !
Geology Tiger · Jun 26, 2012 2:46 PM
तितोसत्य साथीले गुलियो टिप्पणी दिनु भएकोमा धन्यबाद
Karodpati · Jun 26, 2012 2:52 PM
पहोले धातुलाई सुन , गुहेलोको फुललाइ गुलाफ ठान्ने बुझाइ कता हरायो किन तेर्स्यौछौ बिचमा बाउलाई कबि ठानी कोट्याए, के थाहा कविता भन्दा दुर्गन्ध पाइएला भनि ? नजाने गाउको बाटो सोधी हालियो किन हिड्छौ दिउसै टुकी बालि ? Last edited: 29-Jun-12 02:33 PM
magorkhe1 · Jun 26, 2012 3:11 PM
दिदि बहिनि ल्याउन हुने तर बाउलाई ल्याउन नहुने दूधलाई दुध र पानि लाइ पानि भन्न नहुने तिम्रो कुरा र लय अलि नमिल्न थाल्यो साथि मुखमा जिप्पर लाएर सुत्न जाउ माथि
Karodpati · Jun 26, 2012 3:34 PM
कुराले फुल पारि सक्यो सार भने जहीको त्यहि डराएको हु कहिँ जोडछौ कि आमैलाई पनि भनि ! डोलायौ दिमाग गुणमा भन्दा लावण्यमा बोलिनै त हो , सुध्रन सक्ला कुनै दिनमा ! Last edited: 30-Jun-12 08:38 AM
MaGorkhe1 · Jun 29, 2012 12:44 PM
बाटामा झ्यामकाझ्याम !! रमिता हेर्ने बानि भाका हामि नेपाली खोइ त आठ घण्टा भै सक्यो , तै चुप मै चुप सब खाली खाली कि "साझा" बाहिर नै हुन थाली सक्यो? ड्याम का ड्याम होइन भने शुरु गरि हालम न यो दोहोरि झ्याम क झ्याम
bittertruth · Jun 29, 2012 8:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion