सोच !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 पहिले त सोचे , सोच्नलाई पनि कारण चाहिन्छ, बिना कारण सोच्न कहाँ पाइन्छ |   संकीर्णताले छोयो, जडसुत्रिय धारमा बग्दै थियो   बग्दै के -----दगुर्दै थियो  रेशको घनिभूत बिजमा    सोचे -- हार्नको लागि  दगुर्ने ... एक्लै कुदे'नि पक्कै हार्छ |   उत्सर्गको बिन्दु छ, अहंकारको संसर्गमा...  आलंकारिक मधुरता लिएर बग्ने  रातो रंग  परिभाषामा रगत होला परिचयमा चेतना, सोचे --- कतै बिस्तारबादको सूचक त होइन या मानसिक  विडम्बना !!   अम्बलीकरण भयो | मतियारहरु बैचारिक ओजमा बस्दा  स्वचालित अन्तरबिरोधको   अनुशरण कसले गर्छ.. कसको हैसियत ? सोचे --- षड्यन्त्रकारी दर्शन इतिहासको पन्नामा लेख्ने  भबितब्यका सन्तानहरु नै त  हुन् |   आवश्यकताको बन्ध्याकरण  एउटा जीवन ... एउटा दाउपेच ... संशोधनवादी मार्गचित्रमा अविछिन्न  पल्टिदा ...फेरी सोचे, मुर्कट्टा बन्नेहरु ,नवआयामिक क्रान्तिमा लागे...  सर्वहारा.....गुन्द्रुकमा अमिलो पस्ने प्रतिक्ष्यमा छन् |  Last edited: 26-Jun-12 06:47 PM

jhaukiri · Jun 24, 2012 10:55 PM · 6,116 views

2 Replies

 धेरै राम्रो सोच

Geology Tiger · Jun 25, 2012 9:28 AM

 :)

jhaukiri · Jun 25, 2012 8:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all