म आङकाजी बन्न तयार छुः

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  म आङकाजी बन्न तयार छुः श्रेष्ठ   ९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठले एमालेको सात प्रदेशको प्रस्ताव जनजातिको भावना विपरित भएको भन्दै तत्काल नसच्याए नयाँ पार्टी खोल्ने चेतावनी दिनु भएको छ । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले नयाँ पार्टी खोल्ने तयारी जारी रहेको जानकारी दिनुभयो । बहुपहिचानमा आधारित सात प्रदेश आफूहरुलाई मान्य नभएको भन्दै यस्तो अवस्थामा एमालेमा बसिरहन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’म एमालेका लागी मात्रै जन्मेको होइन । एमालेले निस्कासन गरे म आङकाजी बन्न तयार छु । हात खुट्टा बाधेर सिस्नोले हानेर एमालेभित्र बसिरहनु पर्छ भन्ने छैन ।’ एमाले कांग्रेसले अगाडि सारेको संघीयतामा गएको भन्दै उहाँले अब पार्टीको नाम नेकपा नेपाली कांग्रेस राख्न सुझाव दिनुभयो । एमाले खस र आर्यनको पार्टी बन्न खोजेको भन्दै असन्तुष्ट नेता श्रेष्ठले मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीसँग आफूहरुको कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो । http://onlinekhabar.com/2012/0...  

_____ · Jun 23, 2012 7:55 AM · 2,684 views

3 Replies

 आङ्काजी र राजेन्द्रजीहरुमा Leadershipको कमि देखिन्छ। बाहुनलाइ नमान्ने तर शेर्पा बन्न तयार ???? यहि होला उहाहरुको जातिये सङ्घियेता ???? Last edited: 23-Jun-12 09:34 AM

Tmobile · Jun 23, 2012 9:31 AM

कार्य कर्ताले के बुझे अनि जनताले के बुझे ? सब्दिक अर्थ भन्दा श्रेष्ठ जी ले के समाचार दिन खोज्नु भाको हो ? आसय के हो , प्रस्ठ्याई दिनु हुन्छ कि ? I have no clue what he is trying to say? 

maGorkhe1 · Jun 23, 2012 9:56 AM

 good  question  magorkhe  ब्रो,    मा प्रायेजसो, आफुले पढेको, राम्रो, नराम्रो (मेरो बिचारमा)  धेरै जसो साझा मा repost  गर्छु, गर्नु को कारण के भने धेरै विचार हरु अगाडी आउन भनेर हो, अब राजेन्द्र श्रेष्ठ को भनाइ मा मेरो आफ्नो धारणा छ. तर मेरो धारणा पनि पोस्ट गरियो भने  अरु माथि लादिएको जस्तो हुन्छ , विचार राजेन्द्र श्रेष्ठ को , मेरो धारणा म  संगै छ, मेरो भन्दा  फरक धारणा भएका हरुले पनि येस्बारे विचार गरुन र धारणा बनाउन भनेर पोस्ट गरेको. उनको धारणा मा बहस गर्न सकिन्छ    बहस सुरु भयो भने म  पनि आफ्नो धारणा राख्ने छु .   

_____ · Jun 23, 2012 12:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all