देश -दर्शन बन्द नै बन्द को नियतिले तिर्खा नै तिर्खा को बिबशताले बिद्रोह को ज्वाल्मुखी फुटी रहेको छ सम्भावित दुर्घटना टार्न म गल्ली, गल्ली चहारी रहेछु गाउ, सहर बस्ति हरुमा पसिनै पसिना भएर जोर जोर ले चिच्याई रहेछु मान्छे नै मान्छेको भीडमा म हार-गुहार गर्दै कराई रहेछु तैपनि, कसैले सुन्दैन कसैले देख्दैन अपशोच , ति मध्ये कोहि अभिमान ले अन्धो भई सकेका छन् कोहि नारा जुलुश , आमसभा बम,बन्दुक र बन्दका आवाज हरुले बहिरो भई सकेका छन् भोक र रोग ले आक्रान्त उनीहरु म जस्तै दिग्भ्रमित देखिन्छन महाभारत का यदुबंशीहरु जस्तै श्राप ले ग्रषित भएर बिबेकहीन भएका छन् अनि मुशल उठादै एकआपस लडी रहेका छन् उकुश मुकुश हुदै यत्र -तत्र भौतारी रहे देश दर्शन को क्रममा कलंकित मुर्तीहरु कलुषित मनहरु अपूर्ण र अस्पस्ट आकृति मात्रै पाए मेरो सुन्दर देश लाई मेरो “सांग्रिला” लाइ फोहोर को थुप्रो हरुले षड्यन्त्र को मुस्लो हरुले छोपी सकेछ कु: संस्कार र बिकृतिको अनियमितता र अविश्वासको कालो बादलले ढाकि नै सकेछ प्रोजेक्टका कुलो र राजमार्गहरुले विखण्डित बनाई सकेछ हटाथ म, मन्दिरमा, मांङहिममा बौध, स्तुपा र देउरालीमा फुल चडाएर दियो जलाएर मेरो देश मागी रहेछु एउटा नवयुग पर्खी रहेछु | www.nepalinagrik.com Last edited: 20-Jun-12 09:58 AM
kishorLimbu · Jun 20, 2012 9:56 AM · 11,945 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion