ठगि गर्ने एक, नागरिकता र नाम अनेक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ठगि गर्ने एक, नागरिकता र नाम अनेक inShare 0 Comments गोरखा, असार ५ । बेरोजगार युवालाई फरक–फरक परिचय दिंदै वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गर्दै आएका केशव पाखरीन लामा करौडौ उठाएर फरार भएका छन्। लामाले कसैलाई केशव लामा, कसैलाई केशव पाखरीन र केहीलाई राजेश गुरुङ बताउँदै ठगी गदै आएको खुलेको छ। लामाले जिल्ला प्रशासन कार्यालय गोरखाबाट राजेश गुरङको नाममा नागरिकता लिएको प्रमाण भेटिएको छ। जसमा उनको बाबुको नाम चोकबहादुर गुरुङ र ठेगाना मकैसिङ गाविस वडा नं ५ रहेको छ। उनको नागरिकता नम्वर ३७०२१ रहेको छ। त्यस्तै नागरिकतामा उनको जन्म मिति २०३४/०१/३१ गते उल्लेख गरिएको छ भने नागरिकता २०५०/०१/०९ गते प्रमुख जिल्ला अधिकारी चिनिया नारायण श्रेष्ठले प्रदान गरेका हुन्। करौडौं ठगी गरेर फरार भएका लामाले २०५८/०६/२२ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अर्को नागरिकता लिएको पनि प्रमाण फेला परेको छ।  सर्लाहीबाट लिएको नागरिकता केशव लामाको नाममा छ। जसमा बाबुको नाम मानबहादुर पाखरीन उल्लेख रहेको छ। २०३८/०८/१६ गते जन्म मिति रहेको उक्त नागरिकतामा सर्लाही जिल्ला नेत्रगंञ्ज गाविस वडा नं. ६ भनि ठेगाना उल्लेख छ। केशव पाखरिनको नाममा लिएको नागरिकताको नम्वर ६६४८०४५९ रहेको छ। सोही नागरिकताको आधारमा लिइएको राहदानीमा भने नेत्रगञ्ज २ सर्लाही उल्लेख छ। यसरी लामाले विभिन्न नामबाट नागरिकता लिंदै सर्वसाधरणलाई ठग्दै आएको पीडितहरूले जनप्रहारलाई बताएका छन्। लामाले सिंगापुरमा मेरो दिदीको रेष्टुरेन्ट छ भन्दै सोझासिधा वेरोजगार युवाहरूलाई आफ्नो प्रभावमा पारी करोडौं रुपैयाँ असुल्दै फरार हुने गरेको पीडितहरूको भनाई छ। लामाको ठगी गिरोहमा सुनिल देव भन्ने खेमराज थापा र राजन भन्ने भोषराज थापा  पनि रहेका छन्। यिनिहरूले पनि दोहोरो नागरिकता लिएको हुन सक्ने पीडितहरूको आरोप छ। यो गिरोहले काठमाडौंको मैतिदेवी बस्ने रमेश परिवार र निरज दर्लानलगायत सात/आठ जनालाई वैदेशिक रोजगारको लागि सिंगापुर पठाइदिन्छु भन्दै करोडौं उठाएका थिए। गिरोहका नाइकेहरू नै वेपत्ता भएपछि पीडित रश्मी सिंहले २०६७ साल भदौ २९ गते वैदेशिक रोजगार विभागमा केशव लामा, खेमराज थापा र राजन थापाविरुद्ध उजुरी हालेकी थिइन्। ठगी गर्ने गिरोहका नाइकेहरूलाई बैदेशिक रोजगार ऐन बमोजिम हदैसम्मको सजाय गरी न्याय पाउँ भन्दै पीडितका दिदी सिंहले उजुरी हालेकी हुन्। सिंहले वैदेशिक रोजगारका लागि सिंगापुर पठाउने भन्दै लामाको समूहले २०६६ चैत्र १४ देखि २०६७ असार ५ गतेसम्म भाटभटेनी, ठमेल, दरवारमार्ग र सुन्धाराबाट १० लाख ६५ हजार लिएको पनि दावी गरेकी छिन्। तत्काल पक्राउ परेका सुनिल देव भन्ने खेमराज थापाले प्रहरीसमक्ष दिएको बयानका क्रममा आफूले कसैसँग पनि वैदेशिक रोजगारका लागि भनेर पैसा नलिएको तर केशव लामाले भने लिएको बताएका थिए। तर वैदेशिक रोजगार न्यायधिकरण काठमाडौंले खेमराज थापाको केशव लामासँग कारोबार रहेको भन्दै बैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ अनुसार चार लाख धरौटी लिने आदेश जारी गरेको थियो। तर मुख्य अभियुक्त केशव लामा भने अझै पनि फरार नै रहेका छन्। यसरी सर्वसाधरणलाई विभिन्न नाम बताउँदै ठगी गर्दै हिड्ने गिरोह सक्रिय हुँदा पनि सम्बन्धित निकाय मौन बस्दा पीडितहरू झन पिडामा परेका छन्। संजयकुमारबाट http://www.weeklynepal.com/ind...  

_____ · Jun 19, 2012 5:41 PM · 1,452 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all