राजनीति मेरो रगतमा छ’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजनीति मेरो रगतमा छ’ (8 Votes)          कान्तिपुर संवाददाता १० » तपाईं चाँडै राजनीतिमा जानुहुन्छ भन्ने मान्छेहरूको अड्कल छ, सत्य हो ? होइन । म अब फिल्म निर्देशनतिर चाहिँ जान्छु । विवाह पनि गर्दै छु । यी दुवै दायित्व पूरा भएपछि देशले मेरो थप भूमिका खोजेको छ भन्ने लाग्यो भने समाजसेवातिर चाहिँ जान सक्छु । मेरो विचारमा एउटै मानिसले धेरै भूमिका निभाउने प्रयास गर्नु हुन्न ।   राजनीतिमा रुचि नै छैन त ? होइन, राजनीति त मेरो रगतमै छ । कलाकार भएका नाताले त्यो देखाउन नचाहेको मात्रै हुँ ।   किन, कलाकारले किन लुकाउनुपर्‍यो ? किनभने यहाँ इस्युहरू राजनीतिक खोल ओढेर आउँछन् । जबकि कुनै पनि इस्यु सामाजिक वा कूटनीतिक हुन्छ, त्यसलाई राजनीतिले लिड गर्नुपर्छ । यहाँ भने पहिले त्यो इस्युमा राजनीति हुन्छ अनि मात्र अरूतिर जान्छ । जब म कुनै सामाजिक इस्युमा बोल्छु, त्यो कालो वा सेतो (राजनीतिको अर्थमा) भइदिन्छ, बीचको रहँदैन । यहीँनेर राजनीतिका बारेमा बोल्न हामी कलाकारलाई गाह्रो हुन्छ ।   तैपनि प्रचण्डलाई व्यङ्ग्य हान्नुभएछ, होइन ? मलाई प्रचण्डप्रति ठूलो विश्वास थियो । उहाँमा करिस्म्याटिक छवि थियो । देश बनाउन त्यस्तो छवि भएको नेता चाहिन्छ । पहिले पहिले टेलिभिजन हेर्दा वा पत्रपत्रिकामा उहाँको कुरा आउनेबित्तिकै म चाख लगाएर हेर्थें, पढ्थें । उहाँले बोलेको धेरै कुरा अहिले पनि याद छ । जसै समय बित्यो, साँच्चै भन्नुहुन्छ भने 'इरिटेट' पो हुन थाल्यो ।   यस्तो किन भएको होला ? कुनै कुरामा अडान देखिएन । बोली परिवर्तन भइरहने एवं वास्तविक नेपाली समस्या नबुझ्नेजस्तो लाग्यो ।   अरू नेता नि ? अरूको कुरै नगर्नुहोस् ।   तपाईं कम्युनिस्ट विचारप्रति आस्था राख्नुहुन्छ रे, हो ? मैले अस्ति भर्खरै चेक गणतन्त्रको राजदूतलाई भेटको थिएँ । त्यो पहिले कम्युनिस्ट राष्ट्र थियो, अहिले पुँजीवादी भएको छ । उहाँलाई सोधेको थिएँ, 'कम्युनिस्ट व्यवस्था राम्रो कि पुँजीवादी ?' उहाँले मलाई भन्नुभयो, 'कम्युनिस्टले समान रूपमा गरिबी बाँड्छ, पुँजीवादीले असमान रूपमा धन बाँड्छ ।' अब तपाईं नै भन्नुहोस्, गरिबी बाँड्ने शासन राम्रो कि असमान रूपमै भए पनि धन बाँड्ने शासन राम्रो ?   वास्तविक नेता कसलाई मान्नुहुन्छ ? जसको हृदयमा कम्युनिस्ट भावना र व्यवहारमा पुँजीवादी सोच छ, ऊ नै वास्तविक नेता हो ।   धेरै कलाकारले विभिन्न राजनीतिक इस्युमा बोले, तपाईं संविधानसभा गठनदेखि भङ्ग हुँदासमेत बोल्नुभएन, किन ? म कालो या सेतोमा बाँडिन चाहन्नँ, किनकि म कलाकार हुँ ।   कुनै बेला त अबचाहिँ बोल्नैपर्छ भन्ने लागेन ? जब देश जातीय र भाषिक रूपमा संघीयतामा जाने कुरा भयो, मलाई बोल्न मन लाग्यो । मैले बोल्नुपर्ने कुरा के छ भने हिजो जो थारू वा नेवार थियो, उसलाई म फलानो जातको भनेर चिनाउनै पर्दैनथ्यो । उसको घर, खानेकुरा, भाषा, पहिरन सबैले ऊ फलानो भनेर चिन्न सकिन्थ्यो । आज तपाईं नेवारको घर जानुस् कि थारूको, अलिकति पैसा हुनेबित्तिकै उसले आफ्नो भाषा छाड्यो र सन्तानलाई अंग्रेजी विद्यालयमा पढाउन थाल्यो, घरमा पिलर हाल्यो । अब तपाईंको घर हेरेर कुन बाहुनको, कुन नेवारको अनि कुन थारूको भनेर छुट्याउन  सक्नुहुन्छ ? सबैका घरमा अहिले चाउचाउ र मम रुचाउन थालिएको छ । अनि मलाई भन्न मन लाग्यो, हाम्रो भाषा र जात हामी आफैंले मारिरहेका छौं कि अरू कसैले ?   राज्यले संरक्षण गर्ने कुराको ग्यारेन्टी खोजिएको होला नि ? त्यो भन्ने कुरा मात्रै हो । एक दिन टुडिँखेलमा आफ्नो जात र क्षेत्रको पहिरन लगाएर प्रदर्शन गरेर हुन्छ ? घर जानेबित्तिकै उसले त्यो पहिरन परिवर्तन गरेर पैन्ट सर्ट लगाएपछि राज्यले कसरी संरक्षण गर्न सक्छ ? मेरो एकजना नेवार सहयोगी हुनुहुन्छ । उहाँलाई मैले भनेँ, 'तपाईंलाई नेवारी पहिरन लगाएर हिँड्दा राज्यले भत्ता दियो भने लगाउनुहुन्छ ? उनले भने, 'अब पैन्ट सर्टमा बानी परिसकें, मलाई त त्यही पहिरन लगाएर हिँड् नत्र देश निकाला गरिदिन्छु भन्यो भने म देश निकाला हुन तयार छु ।' हामी विदेशीको बजार भइसक्यौं, संसार एक भइसक्यो । यस्तो बेलामा जात र धर्मका नाममा हामी छुट्टनि सम्भव छैन । हामी बल्ल बल्ल नेपाली मात्र हुन सक्छौं, अरू केही हुन गाह्रो छ ।   प्रस्तुतिः अश्विनी कोइराला 

_____ · Jun 17, 2012 6:11 AM · 4,950 views

4 Replies

 Dharke sathi yo bichar Rajesh Hamal dai ko ho hoina...?

Geology Tiger · Jun 17, 2012 8:34 AM

 Hoina hoina, Rajaram Poudel ko interview ho yo. Hoina ta ------

sajhafan · Jun 17, 2012 8:46 AM

     GT  ब्रो यो राजेश हमाल कै अन्तरबार्ता हो,  मेरो  केहि बानि नराम्रो छन् क्या, पोस्ट गरिसकेपछि, पोस्ट भयो भयना, केहि छुट्यो कि भन्ने हेर्ने बानि छैन. कातिपये ठाम मा त सौर्स नै राख्न पनि छुट्छ. कुन दिन कसले भक्कुमार पिट्छ मलाई यो कारण ले    यो अन्तरबार्ता को लिंक तल छ.   http://www.ekantipur.com/nep/2...   हेहे साजा फ्यान .गातिलो ब्यङ्ग हान्नु भो साथि तपाइले  जे होस् राजेश हमाल ले भनेको नेपाल को एथार्थ  हो जस्तो लाग्छ  

_____ · Jun 17, 2012 9:25 AM

kehi chaina dharke bro... malai thaha thiyo yo Rajesh Hamal kai interview ho bhanera .... tara maile aru na thaa paune readers haru ko lagi sajilo hos bhanera lekheko ho....

Geology Tiger · Jun 17, 2012 5:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all