सपना किन सपना मै सिमित ....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 १२ बजेर १० मिनेट जादा हतार हतार गर्दै काम बाट बाहिर निस्किए  ........पसल बन्द गरेर गाडी मा गए अनि लामो सास फेरे .......अनि लागे घर तिर फेरी एउटा नया सपना बोक्दै .........आज त टन्नै घण्टा हानियो यो हप्ता त अलि राम्रै पे आउला..............सोच्दै थीए , एकासी एउटा तोर्पे ले हर्न बजायो पछाडी बाट ....येसो हेरेको त ७० स्पीड लिमिट मा म त ५५ मा गाडी कुदौदै रहेछु ........ यो त अति भयो भनेर येसो ग्यास दबाएको त गाडी ८० मा पुग्यो (फरारी को त्यहि बानि मन पर्छ मलाई )....लौजा त्यो निग लाई पछाडी छाड्दै मा अगाडी बढे ......साला नसिब पनि कस्तो मामा त्यहि अगाडी त्यसको बाउको घोर्ले राडार ताकेर बसेको रहेछा......मुर्दा ले उसको गाडी पुल गरि हाल्यो .......म पनि सुस्तरी ६० को लिमिट  मा गए ....मोरा ले फलो गर्यो ५ मिनट सम्म ....म पनि ६० मै गई रय्हे .....खै मोरा को दिमाख मा के चल्यो फेरी अगाडी लग्यो त्यसको गाडी र बिचरा मेरो भन्दा अगाडी एउटा भेन थीयो त्यसलाई पुल गर्यो .....खै मेरो नसिब राम्रो कि त्यसको दिन खराब कुरै बुज्न गारो ........येसो सोचे मेरो आज लक् छ जस्तो छ........एउटा कुइच्क त्रिप देखे बाटोमा र गएर एउटा $ ५ को  त्यो नया टिकट छ नि (  5x fortune   ) त्यो किने केहि त छ कि आज भनेर .....साला  $ ५०० पो भन्छ बा .....म त झन्डै पागल भएको .......तर १२ बजे पछि त्यो साट्न न पौने हुनाले त्यसलाई पछाडी को गोजी मा राखेर लागे वाल्मार्ट तिर ....हप्ता दिन को लागि शोप्पिंग गर्नु थीयो ग्रोसरी ....सबै गरे अनि खुसि हुदै घर आए .....अनि येसो आराम ले बसेर गोजी मा हात पुरौदा त मेरो मुटु धड्कन थाल्यो .......साला त्यो टिकट त कैले कहाँ खसेछ पत्तै भएन ......हतार हतार गर्दै गए सबै ठाउमा खोजे कहिँ मिलेन ..............साला पहिलो पल्ट त्यत्रो लागेको त्यो पनि स्वाहा .........साला मेरो सपना सपनै रहने भयो ...........

gwach · Jun 15, 2012 1:39 PM · 1,990 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all