आङ्काजीले भने-’बिरोधमा बोल्नेको जिब्रो थुतेर कुकुरलाई दिन्छौं’ 'कमल थापा ताम्सालिङ जेलको पहिलो कैदी' अपडेटः ३:३० । अक्सर चर्को र अराजक बोलेर बिबादमा आउने जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आफ्नै समुदायका नेताको जिब्रो थुतेर कुकुरलाई दिने चेतावनी दिएका छन् । माओवादीले खुलामञ्चमा आयोजना गरेको सभामा बोल्दै शेर्पाले भने-’मन्त्रीको लोभमा उनीहरुले पहिचानको बिरोधमा बोलिरहेका छन, खबरदार यसैगरी बोल्ने हो भने तिमीहरुको जिब्रो थुतेर असनको भुस्याहा कुकुरलाई दिनेछौं ।’ जातीयताको बिरोधमा रहेका कांग्रेस, एमालेका जनजाति नेताहरुप्रति उनको आक्रोश थिए । शेर्पाले राजाको पक्षमा बोलिरहने हो भने कमल थापालाई ताम्सालिङ राज्यको पहिलो कैदी बनाउने चेतावनी दिए । ‘कमल थापा, अब पनि राजा ल्याउने कुरा गरिरहनुभयो, त्यसलाई छाड्नुभएन भने हतकडी लगाएर मुद्दा चलाउनेछौं ।’ आङ्काजीले नेता र सभासदलाई आची खाने कुकुरको संज्ञा पनि दिए । स्वर्गमा सुँगुरले आची खान पाइन्छ भनेर सोध्छ भन्ने किस्सा सुनाउँदै संविधान बनाउन गएका सभासदहरु सुँगुर जस्तै गरी आची खान प्रधानमन्त्रीको कुर्सीमा घुमेको भन्दै व्यंग्य गरे । प्रधानमन्त्रीको कुर्सीको आची खाने काम छाडेर सहमति र सहकार्यमा लाग्न उनले जोड दिए । उनले प्रचण्ड, झलनाथ खनाल र सुशील कोइरालाले सहमतिको नाममा राजधानीका सबै रिसोर्ट गएर अण्डा र टोस्ट खाँदा पनि प्रगति नभएको भन्दै व्यंग्य पनि गरे । उनले संविधानसभामा बहुमतीय प्रकृया शुरु किन भएन भन्दै पूर्व सभामुख र शीष नेताहरुसित प्रश्न पनि गरे । उनले माओवादी एकताले मात्र जातीय पहिचान सुनिश्चित हुन्छ भन्दै पार्टी एकतामा लाग्न मोहन वैद्यलाई आग्रह गरे । उनले मुख्य तीन पार्टीलाई जनजातिको दल बनाउने दावी गरेका छन् । ‘माओवादी, कांग्रेस र एमालेलाई अब आदिवासी जनजाति बनाएरै छाड्नेछु’ उनले भने -’यसकै लागि म सभामा भाग लिन आएको हो ।’ उनले आदिवासी जनजाति कुनै पार्टीको अधिनमा नबस्ने, सबैमा आफूहरुको नेतृत्व बनाउने दावी पनि गरे । माओवादी नेताहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अरु दलका नेताहरुलाई उछित्तो काढे । कांग्रेस-एमालेको सभामा मान्छे जनजाति भएपनि विचार बाहुनवादी र माओवादी सभामा मान्छे बाहुनबादी भएपनि व्यवहार जनजाति भएको बताए । जातीय पहिचानको लागि सभा भएको भन्दै उनले माओवादीको प्रशंसा गरे । जातीय संघीयतामा जोड दिएको भन्दै उनले एमालेका मंगलसिद्धि मानन्धर र रामचन्द्र झाको पनि प्रशंसा गरे । http://onlinekhabar.com/2012/0...
_____ · Jun 15, 2012 10:41 AM · 13,702 views
होइन शेर्पा दाजु भाइ हरु साचै ज्यादै सोजो हुन्छन कि क्या हो ? जातिय संघियेता मन नपराउने हरुले जातिय संघियेता मा गयो भने जात जात बीच वैमनस्यता फैलिन्छ, मारकाट हुन्छ भनेर भन्छन हाम्रो आंग काजी शेर्पा कहिले जिब्रो थुत्ने, कहिले आँखा निकाल्ने कुरा गरेर झन् जनता तर्साउनु हुन्छ, भनेपछि आंग काजि जी, तपाइएको भासण सुनेर त जातिय संघियेता मन नपराउने हरुले ठिकै भनेका रैछन जस्तो लाग्यो. अहिले देश पूर्ण गणतन्त्र मा गइ नसक्दा नै तपाई आँखा को गुच्छा खेल्ने, जिब्रो थुत्ने कुरा गर्नु हुन्छ, जातिय संघियेता मा गयो भने के होला? तपाइको शेर्पा राज्य मा त तिनी हरु को छाला काढिन्छ होला होइन ? तपाइको कुरा सुन्दा कि त तपाइँ सारै सोझो, कि त सारै धुर्त हुनु हुन्छ. सोझो येस्माने मा कि एस्तो बेबकुफ कुरा गर्दा जातिय संघियेता खत्तम हुन्छ भन्ने हरु नै ठिक देखिन्छन. म पानि एक जातिय संघियेता बिरोधि हु, एस्तो भासण गरेर तपाइले नै, तपाइँ बेठिक, म ठिक भन्ने प्रमाणित गरिदिनु भएको छ. मलाई ठिक प्रमाणित गरिदिएको मा धन्यवाद तर तेस्तो सोझो पनि नहुनुस के, जातिय संघियेता को पक्च्या मा भासण गर्दा जातिय संघियेता मन नपराउने लाई ठिक भन्ने, अनी तपाईका भासण सुनेर तालि बजाउने हरुलाई त के भन्नु र खै आंग काजि जी मलाइ मुर्ख मित्र भन्दा बुध्हिमान दुश्मन मन पर्छ अनी तपाइँ लाई अती धुर्त येस्माने मा भने को कि हाम्रो नेपाल मा जसलाई जुन कुरा भन्नु छ त्यो तेस्को उल्टो कुरा गर्छ, राजनीति मा. मेरो बिचार मा तपाई भित्रि मन देखि, जातिय गणतन्त्र को त के कुरा गणतन्त्र कै बिरोधि हो . अब एतिबेला गणतन्त्र को बिरोध गर्दा गालि खाइएला भनेर कुरूप गणतन्त्र जातिय गणतन्त्र को वोक्लात गरेजस्तो गरि, फाल्तु जोकर जस्तो भासण गरेर, Indirect रुप मा गणतन्त्र को बिरोध गरि रहनु भएको जस्तो लाग्यो, हो ? जे सुकै भएपनि तपाइको भासण सुन्ने ले गणतन्त्र प्रति bitterness develop गर्छ, कसरि भने . गणतन्त्र का समर्थक तर जातिय गणतान्रा मन नपराउने हरुले भन्छन १. हे मुला , अहिले त एस्तो भासण गर्दै हिन्छ, साछिकै जातिय गणतन्त्र आए एसले के गर्ला , एस्तो लाई सत्ता मा पुर्याउनु भन्दा त गणतन्त्र न आएकै बेश.नेता जस्तो मान्छे को बुध्ही हेर न २. हामीले भने कै हो नि जातिय गणतन्त्र आयो भने जातिय सद्भाव बिग्रिन्छ भनेर , बाउन छेत्री को रिस मा इनिहरु ले देश पानि बेच्छन कुनै पानि गणतन्त्र मन नपराउने हरुले भन्छन १. देखेउ तिमि हरु को नेता को चाल, एस्तो नेता को पछी लगेर हिड्ने तिमीहरु, देश लाई सोमालिया बनाउने ? २. इनी हरुले विकास होइन बिनास गर्छन, आमसभा मा आँखा निकाल्ने, जिब्रो थुत्ने भासण गर्ने त तालिबान मात्र हो, तालिबान को पछी लगेर के भयो अफगानिस्थान को , देश लाई एस्त जंगली नेता को भनाइ मा लागेर अफगानिस्तान बनाउने गणतन्त्र को उग्र समर्थन गरेजस्तो गरेर था नपाउने किसिम ले गणतन्त्र को बिरोध गरेको हो तपाइले ? एस्तो हो भने त तपाइँ सारै धुर्त मान्छे हो बा, मान्नै पर्छ ल भन्नुस आंग काजि जी, तपैले कसको सेबा गरि रहनु भएको छ ? गणतन्त्र बिरोधि को कि समर्थक को ??
_____ · Jun 15, 2012 12:30 PM
ताम्सालिंग भनको तामांग राज्य को नाम हैन र भन्या ?? अनि शेर्पा महोदय चाहि ताम्सालिंग को मुख्य मन्त्रि ?? अनि कमल थापा को हात चाहि कोट को बाहुला ?? ( "लूट " को ह्यांग ओभर - साभार : गोप्ले ) शायद उहाँलाई दिव्यज्ञान पहिलेई मिलेको हुनु पर्छ, प्रचण्ड प्रभु बाट . नेवा राज्य को इन्चार्ज कसरि दाहाल को भाइ भयो भनेर ................
rahulvai · Jun 15, 2012 1:04 PM
शेर्पाको कुरा ठिकै हो | यो साला सब नेताहरुको जिब्रो ठुत्नु पर्ने , माओबादीले सम्भिधानसभाको माग राखेर तेत्रो १० बर्से आन्दोलन गर्यो उल्टै माओबादीले सम्भिधानसभा भंग गर्यो भनेर लान्छना लगाउने डाकाहरु, एक एकको जिब्रो ठुत्नु पर्ने नै हो | झुटोको खेति गर्ने नि हद हुन्छ नि , हकाहक दिनलै रात भन्ने कुकुरहरुको जिब्रो त थुतनै पर्ने देखिन्छ |
bittertruth · Jun 15, 2012 1:28 PM
तीतोसत्य, संबिधानसभा को माग राखेर आन्दोलन गर्नु र सम्भिधान सभा बिघटन गर्नु दुइ फरक कुरा हैन र? ब्रो ले यति सानो कुरा न बुझेको कि बुझेर पनि बुझ पचाको? हिजो संबिधान सभा माग गरेर आन्दोलन गरेको भए पनि तेही संबिधान सभा को भरमा आफ्नो सरकार बनाउन माओबादीलाई मधेसी पार्टीहरु को बुइ चढ्नु परेको कुरा सबै लाइ थाछदै छ| अनि फेरी संबिधान सभाले आफुले भने जस्तो संबिधान बनाउने छाट देखाएना भनेर बिघटन गरेको भनेर संखा गर्ने ठाउ त प्रसस्त छ नि, हैन? नत्र संकटकाल लाएर संबिधान सभा को आयु ६ महिना किन न लम्याको? बैद्यले कांग्रेस एमाले संग मिलेर अविस्वास प्रस्ताब ल्याएर सरकार गिराइ दिन्छ कि भन्ने डर ले पो गर्दा हो कि? यदि Technicality कै कुरा गर्ने हो भने संबिधान सभा बिघटन गरेको घोसणा कल्ले गरेको थियो? झलनाथ खनाल, सुशील कोइराला कि बाबुराम भट्टराई ले?
Yakku · Jun 15, 2012 2:16 PM
तीतोसत्य ले भनेको कुरा ठिकै हो, सबैको एक एक गरेर जिब्रो थुत्नु पर्छ . ६०१ जना बाट लिस्ट बनाएर जिब्रो थुत्ने, आखा को गोटी खेलने ( आंग काजि को भाषामा). सुरुवात आंग काजि बाटै गर्ने कि?
baaramaase · Jun 15, 2012 2:23 PM
Haha padhelekheka murkha haru... Yauta le dhamki ko bhasa prayog garyo bhane tes lai discourage ko satto aago ma matti-tel khanaune ani side ma basera maile ta k hi garechhaina bhanne ... Everyone should discourage finger pointing, criticizing is different but threatening anyone is not tolerable.
goddamn · Jun 15, 2012 2:45 PM
जिब्रो थुतनै पर्छ |
bittertruth · Jun 15, 2012 6:26 PM
Go ahead!!!
goddamn · Jun 15, 2012 7:18 PM
माओबादी को इशारामा नाचेर अर्काको जिब्रो थुत्ने धम्कि दिने आंग काजिकै दुइटा डल्लो थुतेर, BBQ गरेर बरु त्यहि प्रचंडेलाई ख्वाई दिए कस्तो होला /
rahashya · Jun 15, 2012 8:13 PM
rahashya,, U R RIGHT
stopthewar · Jun 16, 2012 6:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion