मा मोरो खरिएको बहरजस्तो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म मोरो खरिएको बहरजस्तो ध्वासे म शिवरात्रिको रातमा पोल्दापोल्दै उछिट्टिए जस्तो थेप्चे म  मलपानी नपुगेर उम्रिएको मुला जस्तो तैपनि हराभरा लटरम्म सौन्दर्यमा घुत्तुक्क थुक निल्ने पुस्ट ति दानाहरुको स्वोप्नामा दाह्रा किट्दै कुनामा शिथिल बन्ने सबैका हातमा पोटिला दाना मेरो पनि त रहरजस्तो म मोरो ध्वासे गाई नपाएर खरिएको बहरजस्तो! बढी बाठो बन्नुपर्ने, चिनेको भोलिपल्टै आफ्नो मान्नुपर्ने, आफ्नै लागि बनेजतो ठान्नुपर्ने, फोनमा ठुलो गफ हान्नुपर्ने, चाहिने भन्दा बढी जान्नुपर्ने, नमान्दा नमान्दै नि तान्नुपर्ने, झ्याम्म गाला रातो हुदा चट्यांग परेको प्रहरजस्तो म मोरो ध्वासे खर्रिएको बहरजस्तो! पनौती म ढेदुवाको लहरजस्तो, अरु जोसंग नि सजिलै जादा मेरो चाहि करजस्तो, लौ त तिम्रै नाममा रातोदिन भित्तोमा पिच्किरी खेलम्ला, यो चाहि मेरो ठहर जस्तो, म मोरो ध्वासे रनाहामा परेको बहरजस्तो, ठ्वास ठ्वास गन्हाउने बाधेर राखेको बोकाजस्तो!!!  

36x36 · Jun 14, 2012 7:57 PM · 18,860 views

10 Replies

समयले खुट्टा हान्यो खसी नबनी गोरु बनियो कालरात्रीमा पुज्न राखिएको  देउते  बोको बनियो दुख त यसमा पो छ चोखो बनाउने भनि हुल बाट छुट्याइएको छु  फुस्रो खरियाई जिबन बितेको छ     Last edited: 20-Aug-12 03:31 PM

MaGorkhe1 · Jun 20, 2012 3:39 PM

story of my life

nepalkochhoro · Jun 20, 2012 4:51 PM

Sahi chha 36 dai..dherai pachhi ramro padhna paiyo

quarterback · Jun 20, 2012 5:55 PM

 म गोर्खे ब्रो पनि पिच्किरी मास्टर नै हो जस्तो लाग्यो, कम्पिटिसन गर्ने हो भने सम्पर्क राखम है खुल्ला आव्हान छ कल्ले भित्तो पुर्याउने भनेर  नेपालिछोरो ब्रो सबै अनिकाले बोकाहरुको पिडा जति कन्यायो उति आनन्द  क्वार्टर ब्रो हामीजस्ताको हाते समस्या बातुलिहरुले सुन्दैनन् क्यारे बोकाले बोकाको उक्ति सुन्यो ओठ माथि पार्यो बस्यो 

36x36 · Jun 20, 2012 11:05 PM

Last edited: 21-Jun-12 07:05 PM

nepalkochhoro · Jun 20, 2012 11:52 PM

कता घुम्न गयो हजुरको मस्तिस्क | धागो मा हजुर मात्रै भएकाले थापिदेको मात्रै हो | मलाई अन्डकोस मा घन हानि माग्नु छैन | अनि के को कम्पिटिसन को कुरा गर्या ? पहरा संग कुहिना जोड्न म कहा सक्छु ?

maGorkhe1 · Jun 21, 2012 11:27 AM

चित्तफाती भएमा माफ पाउ गोर्खे प्रभो, सानै देखि खोलाको डिल र बासघारीमा लहरै बसेर पिच्किरी खेलेको बानि जहाँ गए नि जुटौ जुटौ लाग्दो रैछ.

36x36 · Jun 22, 2012 1:26 PM

चिलाउने  घारी र पराल घरि का कुरा गरेर साध्य छैन | . त्यो डाडा घरे मुखियाको छोराले अन्डकोष मा घन बजारिदिएको कुरा सुनाए पछी त्राहिम त्राहिम भएर बाह्र हाते लंगौती लगाई सुरक्षित गर्न थालेको छु | लडने भिडने कुरा देखि दस हात परै बस्न मन लाग्छ |

MAgorkhe1 · Jun 22, 2012 1:51 PM

 hahahaa.....shit........kasto khariyeko kabita...!

sanju.baba · Jun 23, 2012 9:51 AM

Bringing on top

kalikopoi · Nov 13, 2012 4:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all