भष्टाचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://sajha.com/sajha/html/in... माथि उल्लेखित धागोमा कुराकानीका सिलसिलामा Geology Tiger ले "त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्‍यो ..." लेख्नु भएपछि मलाई पहिले नै लेखेको एउटा कविताको  सम्झना भयो .. साझामा पहिलेनै पोस्ट गरी सकें कि सकिन पनि याद छैन मलाई .. यहाँहरु ले पहिले नै पढिसक्नु भएको भए माफी चाहन्छु .. मेरो कविताको शिर्षक छ  "भ्रष्टाचार " बाध्यताले भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ   महंगीको जमाना छ, परिवार पाल्नै पर्यो फेशन अनुसार सबैलाई नयाँ लुगा हाल्नै पर्यो त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ   छोरीलाई हेल्थ सेन्टर पठाउनै पर्दो रैछ जिम सेन्टर ज्वाइन गर्न छोरो अघि सर्दो रैछ भन्या नभए श्रीमतीको पारो धेरै चढ्दो रैछ ह्वीस्की चुस्की लिन पाउँदा आफ्नो नि शान बढ्दोरैछ त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ   तलबको भरमा आफू पालिन नि गाह्रो हुन्छ अलिकति घुस नखाई बाँच्न झनै साह्रो हुन्छ आँखी भइन्छ अफिसमा सत्यवादी मान्छे बन्दा तेज हुनुपर्छ घुस लिन अरु सबै भन्दा त्यसैले त भ्रष्टाचार गर्नु सारै राम्रो रैछ परिवार खुशी राख्नु दायित्व त हाम्रो रैछ ...

cheli · Jun 14, 2012 1:53 PM · 20,878 views

8 Replies

क्या सटिक ब्यङ्ग चेली .. उत्तम अति उत्तम . एक दिन एउटा नेपाली भेलामा एक जना पढेलेखेका मान्छे संग भेट भयो . भलाकुसारी चल्यो . कुरै को सिलसिलामा फलानो ठाउँ मा काम गरेको थिएँ भन्दा उक्त भलादमीले   " त्यसो भए त टन्नै घुस खानु भयो होला है " रे . मैले नि "  हो धेरै  खाएँ , यति धेरै खाएँ कि त्यो डकार्दा देश मा प्रदुषण हुन्छ भनेर यो उमेरमा जी आर इ , टोफल दिएर, अनेक ठाउँ मा दरखास्त दिएर पी.एच.डी. गर्न आएको नि .  चिट्ठा परेंन तपाइँ लाइ जस्तै नत्र बिना जी आर ई नै डकार्न आउँथें .."" भनि दिएँ . . भ्रष्ट्राचार त आमको अचार भन्दा नि सस्तो भाको देशमा जो कोइ ले यस्तो सोच्नु अस्वाभाविक मानिन मैले तर भर्खर मात्र भेटघाट भाको भलादमी को त्यो सोधाइ ले उनको स्तर र उनको पर्बरिश छर्लंग भयो .  

rahulvai · Jun 14, 2012 4:04 PM

Can anyone shed light on the the correlation between GRE and Corruption? My hypothesis is: Low GRE = Highly Corrupted, and vice versa

Bhunte · Jun 14, 2012 5:52 PM

बहुत मिठो र रमाइलो कविता राख्यौ चेली! कविताको लागि धन्यवाद ! ए अनि त्यो अर्को धागोमा मलाई जि लागाएर सम्बोधन गरिरा देखेको थिए ... मलाई यस्तो जि सि लगाएको मन पर्दैन के .. चेली भएर माइती गाउलेलाई किन जि भन्न पर्‍यो है ? अनि राहुल भाइले पनि त्यस्तै भन्न खोज्नु भएको होला भन्ने लागिरहेको छ भुन्टे दाइ

Geology Tiger · Jun 14, 2012 11:22 PM

हे हे धन्यबाद .. यो कविता मैले उहिले लेखेको .. जुनबेलामा पहिलोपल्ट अख्तियारले भ्रष्टाचारीहरुलाई कारवाही गरेर जेल हालेको थियो.. म ११ मा  पढ्दै थिएँ  होला त्यो बेलामा   .. एकदिन पारिवारिक जमघटमा मेरा बाले यो कविता सुना भन्नु  भो, मैले नी सुनाइदिएँ सबैजनालाई.. अनि मेरा एकजना नातेदार (कुनै कार्यालयका सुब्बा हुनुहन्थ्यो) ले खुय्य्या गर्दै भन्ने भाको'थ्यो - "मेरै लागि लेखे जस्तो लाग्यो, घुस लिन मन त लाग्दैन नी के गर्नु, आफुले नलिए अर्काले चप्काइदिन्छन्, हेरेको हेरै हुनुपर्छ आफु" भनेर ..       

cheli · Jun 15, 2012 8:12 AM

चेली, तिम्रो यो कबिता र ठुल्दाइ को कुरा सुनेर मलाई सरकारी जागीरे मेरो बाबाका कुरा सुनाउन मन लाग्यो। सुब्बाको ओहदाबाट उहाको जागिर सुरु भएकोथ्यो तर छोटो समयमा सचिबको ओहदामा पुग्नु भयो। सिधासिधी प्रमोसनले त कहाँ हुन्थ्यो र हाम्रो देशमा, बाबा सधैं लोक सेवा आयोगमा लडेर नै उक्लनु भयो। उहाँको गुन भनु या बैगुन घुस लाई निकै घ्रिणा गर्नु हुन्थ्यो। पारिवारिक जमघटमा इस्ट मित्रले सुनाउथे देश अनुसार को भेष गन्रु पर्छ भनेर तर बाबाले प्राय त तेस्लाई हाँसोमा उडाइदिनु हुन्थ्यो। बाबाका साथीहरु चिल्ला मोटर चडेर पुग्थे बाबा चै पुरानो मोटरसाइकलमै खुशी हुनुहुन्थ्यो। बाबाले सुने नसुने गरेपछी आमालाई उक्साउथे नातेदारहरुले। एउटा साइन गरे बापत घर मै पैसा पुर्याउछन भनेर सुनाउथे। आमा पनि बेला बेलामा त भड्किनु हुन्थ्यो र बाबालाई घोच पेच को प्रहार गर्नुहुन्थ्यो तर बाबाले उल्टो जिस्केरै घोच पेचलाई बाटो लगाइदिनु हुन्थ्यो।     एक दिन हाम्रो घरमा एकजना मारवाडी महासय आएका थिए। हातमा कालो रङको ब्रिफ्केस लिएर। ओठमा कुटिल मुस्कानथ्यो उनको। उनी आएका बाबालाई पटक्कै मन नपरेको मैले धरी बुझिसकेको थिएँ। एक्छिन मै बाबा नराम्रो सँग रिसाउनु भयो। "यो पैसा अहिले नै लिएर निस्किहाल मेरो घर बाट। यस्तो नचाइदो काम लिएर आइस भने खुट्टा भाँचिदिन्छु। मेरो घर सम्म आउने हिम्मत कसरी गरिस" भन्दै बाबाले स्वर चर्को गर्नु भयो।   त्यो मान्छे लुरु लुरु निस्केर गयो तर म ढोका को संघारमा बसेर निकै बेर रोइरहेँ त्यो पैसा किन नलिएको भनेर। बाबाले बिहान पाटन क्यम्पस मा एम. पि. ए. लाई पढाउनु हुन्थ्यो। चिनी रोग को बिमारि बाबा सबेरै चिसोमा त्यो पुरानो मोटरसाइकल घुक्याउदै कालोपुल देखी पाटन पुग्नु हुन्थ्यो। मैले सोचेँ तेस्ता पैसाले बाबाले गाडी किन्नु भए त त्यो चिसोमा मोटरसाइकल मा त पुग्न पर्दैनथ्यो। न त दसैंमा मामाघर तिर टिका लगाउन जाँदा हामीहरु छुट्टाछुट्टै जानु पर्थ्यो। कर इन्स्पेक्टर मेरो सानो बुवाको निलो पजेरो देख्दा बाबाको मोटरसाइकल सम्झेर झन माया लागेर मन दुखाउन पर्दैनथ्यो। मेरा साथीहरु पैसा खर्च गर्नमा कोही भन्दा कोही कम थिएनन। उनिहरुलाई हजार दुई हजार पन्ध्र दिनमा सकाउन पनि आपत्ति हुँदैनथ्यो। आफुलाई महिनाको पाँच सय पनि माग्न कहिले त आपत्ति नै हुन्थ्यो। त्यो पनि सम्झिए शायद, आशु रोकिने छाटकाट देखिएन। । धेरै बेर रोएपछी आमालाई पनि दिक्क लागेछ क्या र कहिले त्यसरी भन्नु हुन्नथ्यो, एक्कासी "घुस खाने आँट बाबाले गर्नु हुन्न, कोहि रोए पनि उहाँलाइ फरक् पर्दैन" भन्नु भयो। बाबाले आँखामा आँशु टल्बल टल्बल पार्दै "घुस्याहरुको बिच बसेर घुस खान के गाह्रो छ र? घुस नखाने आँट मैले कसरी गरेको छु त्यो बुझ तिमीहरु। यसरी तिमीहरुले नै बिलौना गर्यौ भने मेरो स्वाभिमान बिक्न बेर लाग्दइन" भन्नु भयो। आमा र मलाई बाबाको आशुले मुटुमा चसक्क घोच्यो। भाई त सानै थ्यो उस्ले बुझ्ने बेला भईसकेको थिएन।   पैसा ले त कस्लाई नै पुग्छ र तर कसैले सरकारी कर्मचारी र भ्रस्टाचार को कुरा गर्दा आज म निर्धक्क र गर्ब सँग मेरो बाबाको कुरा सुनाउन सक्छु।

Dipika02 · Jun 15, 2012 1:23 PM

सार्है खुशी लाग्यो  दिपिका तिम्रा बाबाको कुरा सुनेर .. घुस्याहाको बीचमा बसेर घुस नखाने हुन सक्नु पक्कै पनि हिम्मतिलो कुरो हो ..  मेरा बा  चैं क्याम्पसमा पढाउनु हुन्छ, एकदिन एकजना विद्यार्थी १ हर्पे घिउ बोकेर आको थियो घरमा, "सर, मेरो घर बाट ल्याएको, सरलाई कोसेली" भन्दै  बाले विद्यार्थीलाई हकार्दै घिउ फर्काइदिनु भो -" घिउ भनेको केटाकेटीले खाने चिज हो बाबु, तिमी खाऊ बलियो बन अनि राम्रो संग पढ" भन्दै अनि मैले तिमीले जस्तै गरेकिथियें. "कोशेली त हो नि किन नालिनुभाको कत्ति मिठो घिउ थ्यो होला " भन्दै.. अनि बाले भन्नु भाको थ्यो - "घिउको कोशेली अहिले लिएपछि भोली उसले जाच बिगार्यो भने घिउको साटो तिर्नै  भनेपनि उसलाई अंकको कोशेली दिनु पर्ने हुन सक्छ, मैले त्यसो गरिन त उ जाँच बिगारेर फेल नै भयो भने मलाई आएर सर घिउ खाएर पनि फेल पारिदिनु भो  भन्यो भने मैले के जवाफ दिने ?" भन्नु भाकोथ्यो.. अनि चैं मलाई बाले ठिक गर्नु भयेछ जस्तो लाग्याथ्यो !!    

cheli · Jun 15, 2012 2:19 PM

हेर त्यो पैसाले भरिएको सुटकेस र त्यो घिउ ल्याउदा म त्यहाँ भएको भए जानेको थिए के गर्नु आफ्नोमा त कसैले केही ल्याएनन् बाबै

Geology Tiger · Jun 15, 2012 3:17 PM

 हाहाहा कहिले कहिँ त मेरो बुवा पनि सरकारी जागिरे भैदिएको भए यस्ता यस्ता कथा हरु हुन्थे जस्तो लाग्छ / हुन त दाजु ऐले आर्मी को मेजोर छन् तर नेपाल मा अहिले आर्मी को सासन नै चल्दैन / ब्रिफकेस र घिउ को कुरा चै सारै नै गहकिलो लग्यो है / अस्तु    KB

Karnali Blues · Jun 15, 2012 4:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all