Made-in-Nepal Helicopter

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

येसो हेरे तर उडला जस्तो हेलिकोप्टर चाही लागेन | मोडेल हेलिकोप्टर जस्तो लाग्यो | चार क्लास पढेकाले एस्तो मोडेल हेलिकोप्टर बनाउन सक्छन भने अवसर पाउने हो भने केहि गर्ला जस्तो छ | तर मेडियाले जसरि आकाशमै उड्ने गरि हल्ला गरेको चाही अलि चित्त बुझेन | सरकारले यिनीहरुलाइ उच्च सिच्छाको बेवास्ता गर्नु पर्ने देखिन्छ |

bittertruth · Jun 13, 2012 8:50 PM · 24,558 views

19 Replies

 त्यो हेलिकोप्टर हो र? त्यो त उड्ने मोटरसाइकल हो! JK! Proud of you brother. 

tamanglakola · Jun 14, 2012 3:37 AM

if it flies then it's a helicopter else it's vikram tampu

chaurey · Jun 14, 2012 10:55 AM

त्यो काठको ट्वाङ्रो उडेछरे भने म मेरो यो अन्तराष्ट्रीय स्तरको गेडा सुर्यलाई चडाउँछू । वाहियात देशको गूले समाचार । के भा ए "banned user" दाई तीमी, पोष्ट गर्ने भन्दैमा जे पनी गर्दीने ?? copied from http://[Disallowed String for - use of tinyur to promote site not allowed].com/73ocbnu

28th amendment · Jun 14, 2012 11:34 AM

Until and unless it is proven this 'helicopter' flies and can be controlled, it is nothing but a toy. I hope the government does not allow it to fly near people or houses because it is destined to fail. Maybe future models can be improved but this first one, I am highly doubtful. You can buy a helicopter for $21,000 in ebay http://cgi.ebay.com/ebaymotors... It's cheaper than and looks more rigid than what that guy is asking for his tin can invention.

rethink · Jun 14, 2012 11:35 AM

हरेक कुरामा सरकारले हेरी दिनु पर्ने माग सुन्दा अचम्म लाग्छ .  अनुहार र पखेटा चाल्ना साथ् हेलिकप्टर को गुण सबै पायो र हेलिकप्टर भै हाल्यो प्रयास अतिनै राम्रो हो, मुरी मुरी धन्य बाद  अनि साच्चै उड्ने भए नेपाल मा अरब पति निकै छन् , लगानी गर्छन कि ?

MaGorkhe1 · Jun 14, 2012 2:22 PM

हरे शीव, अझै कमेन्टनै गरीराछन । जाँठो १५० को मोटरसाईकलको ईन्जीनले हेलीकप्टर उडने भा भे संसार यस्तो हून्थ्यो भन्या ए [Disallowed String for - inappropriate]हो, खै कूरो बूझ्या ???

28th amendment · Jun 14, 2012 2:28 PM

वाईहात

IT_Guy · Jun 14, 2012 3:42 PM

 मेरो यो पोस्टको माने के हो भने हाम्रो देशको पत्रकारिता भनेको गाइजात्रा पाराको छ जसले बकम्फुसे किसिमले समाचार सम्प्रेषण गर्छ , मात्र एउटा सस्तो लोकप्रियताको लागि वा भनुम तहल्का मच्चाउने किसिमले .. जबकी वास्तविकता अर्कै हुन्छ | यी केटाहरुले  अलि राम्रै सित पढ्ने मौका पायो भने केहि गर्छन भन्ने एउटा आभास मात्र हो | साधारणतया तपाई-हामि मौका पाए नि दिमाग चाही केटि र पार्टी/रमाइलो तिर मात्र हुन्छ | यिनीहरुको  दिमागमा केहि आविस्कार गरम भन्ने खालको देख्या भएर सरकारलाई झकझकाउन शब्दहरु प्रयोग गरिएका हुन् | अब मोटरसाइकलको इन्जीनले त्यो गरुङ्गो टिनको डब्बालाइ उदौन पक्कै पनि सकिदैन , तेस्को काम भनेको त्यो रोटरलाइ घुमाउने मात्र हो , एउटा नमुना हेलिकोप्टर बनाई दिएका छन् केटाहरुले | अनि मोटरसाइकलको इन्जीन सरह ग्लाईडरमा जडान गरि उडेको मैले देखेको छु , त्यो इन्जीनले पक्कै पनि उदौछ तर हलुको पखेतावाल ग्लाईडरलाइ मात्र |

bittertruth · Jun 14, 2012 8:13 PM

lol ..looks like helicoptor but didn't saw him flying it, and using bike's engine ..for what ? well he can be good architect but he lacks of engineering concept i guess.

fantush · Jun 14, 2012 9:11 PM

 absolutely fantush bro,  there is nothing in it. Just an engine which is rotating that upper blades and tail, that's it :D  I used to see things like this only in my dream, where I would make copter out of stray and fly high in the sky. But in real, we need complex engineering to fly something high :D 

bittertruth · Jun 14, 2012 10:20 PM

  यो हल्लै हल्ला को देश हो भनि कसैले भनेका थिए, बिल्कुल ठिक भने छन्.   

GayFish · Jun 15, 2012 12:14 AM

gayfish, तेस्मा दुइ मत छैन ब्रो

bittertruth · Jun 15, 2012 12:20 AM

I do not want to dismiss somebody's hard work.  After seeing this I believe  I can also make a helicopter.    Here is my method. 1. Make a frame of helicopter 2. Buy a cieling fan . Make it upside down and put it on top and connect to the electricity.   Which will make fan rotate.  I won't be using motorcyle engine 3. Then call the media.... and say this fan is small enough and don't rotate fast. So need funding from governemnt.        I would surely need no calculation, mathematics or even a small prototype design .   I just hope they had read this.     Share your own customer images   Search inside another edition of this book Tell the Publisher! I’d like to read this book on Kindle Don't have a Kindle? Get your Kindle here, or download a FREE Kindle Reading App. Last edited: 15-Jun-12 12:52 AM

no_quiero · Jun 15, 2012 12:50 AM

lol.. good one :D 

bittertruth · Jun 15, 2012 1:01 AM

it's like shuving a celing fan up a donkey's ass and drowning it in fewa taal and calling it a submarine.

chaurey · Jun 15, 2012 9:25 AM

 Sano desh ko sanai baigyanik. 

atomic · Jun 15, 2012 9:43 AM

This is by no means a negative news. The achievement is very similar to have scaled Mount Everest successfully which is basically a test of stamina, patience, perseverance,etc. but clearly a matter of ingenuity in this case. I think these brothers should pursue other technology stuff that are financially viable based on where they plan to live next. I don't see Trailok Helicopters ruling the air-traffic around the SAARC nations in the near future.

GeetMaiJawaafDiu? · Jun 15, 2012 6:51 PM

    'हेलिकोप्टर' बनाउन नसक्दा विद्यार्थीले गरे आत्महत्या Wednesday, 20 June 2012 00:27 नागरिक     (1 vote, average 5.00 out of 5) भीम चापागाईं, इलाम, असार ६- प्रदर्शनीमा देखाउने 'होलिकोप्टर' बनाउन असफल भएपछि सदरमुकामस्थित ग्रीन भ्याली एकाडेमीका एक विद्यार्थीले आत्महत्या गरेका छन्। विराटनगरमा बुधबार आयोजना हुने प्रदर्शनीमा देखाउन सोमबार राति एक बजेसम्म हेलिकोप्टर बनाउने आफ्नो प्रयास असफल भएपछि कक्षा-१० का १५ वर्षीय सिद्धार्थ (बाबुराजा) सुवेदीले आत्महत्या गरेको पारिवारिक श्रोतले बताएको छ।   सुवेदी सानैदेखि विज्ञान र इलेक्ट्रोनिक्स सामग्री बनाउन ज्यादै उत्सुक रहेको जिल्ला शिक्षा कार्यालयका कर्मचारीसमेत रहेका उनको ठूलो बुबा डम्बर सुवेदीले बताए। बाबुराजाले यसभन्दा पहिले पनि इलेक्ट्रोनिक्स सामग्री बनाएर विद्यालयमा प्रदर्शनी गरेका थिए। उनले भने 'ऊ आफूले जे प्रयास गरेपनि सफल नै हुनुपर्छ भन्ने सोच राख्ने विद्यार्थी थियो। त्यसदिन पनि आधारातसम्मको प्रयासमा सफल नभएपछि आत्महत्या गरेको थाहा भो।' शान्तिडाँडा घर भएका सिद्धार्थ परिवारका एक्ला सन्तान हुन्। उनी सदरमुकामस्थित वाह्रबस्तीमा बुबा-आमासँगै बस्दै आएका थिए। ठूलो बुबा डम्बरका अनुसार सोमबार राती ११ बजेसम्म कोठामा बसेर होलिकोप्टर बनाउन प्रयास गर्दा पनि आफूले बनाएको होलिकोप्टर गुड्ने मात्रै भएको थियो। 'यसलाई रातीसम्म लगाएर भएपनि गुड्ने नै बनाउँछु भन्ने अठोटले सिद्धार्थ साथीकहाँ गएका थिए। राती १ बजेसम्म पनि त्यसलाई उडाउन नसकेपछि उनले साथीहरुलाई सुत्दै गर्न अनुरोध गरेर आफू काममै लागेका थिए। विहानमात्रै उनलाई झुण्डिएको अवस्थामा भेटिएको डम्बरले बताए। ग्रीनभ्यालीमा कक्षा-४ देखि पढ्दै आएका उनी विद्यालयका राम्रा विद्यार्थीमा गनिने प्रिन्सिपल राजन माइकल गरुङले बताए। उनले भने 'बाबुराजा ट्यालेन्ट थियो। आफूले गरेको प्रयासमा सफल हुनैपर्छ भन्ने जिद्धी पनि गर्थ्याे।' गुरुङले प्रदर्शनीमा विद्यालयले पठाएको नभई बाबुराजा व्यत्तिगत रुपमै जान लागेको बताए। विद्यालयले बाबुराजालाई 'यो वा त्यो बनाएर लैजानू' भन्ने कहिल्यै दवाव पनि नदिएको उनले बताए । प्रहरी सहायक निरीक्षक लीला गुरुङले प्रदर्शनीमा लैजाने सामग्री बनाउनमा लामो समयदेखिको प्रयास असफल भएपछि आत्महत्या गरेका प्रारम्भिक अनुसान्धानले देखाएको बताए। उनले आत्महत्या गरेपछि त्यही प्रतियोगितामा गायन र नृत्यतर्फ सहभागी हुन विराटनगर जाने योजना बनाएका ज्योति विद्या मन्दिर र दानावारीस्थित एक विद्यालयका विद्यार्थी पनि नगएको विद्यालयहरुले जनाए।

_____ · Jun 19, 2012 3:57 PM

 This thread is hilarious. 

riddle · Jun 19, 2012 10:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all