बाउनले राउटे को पहिचान नस्ट गर्न लागे है आंग काजि जी, ठिक पार्नु पर्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पैसा पाएपछि नुहाउन राजी भए राउटे   8 कान्तिपुर संवाददाता दुई सय रुपैयाँ पाएपछि नुहाउँदै राउटेहरू । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर पाखापानी -सल्यान, जेष्ठ २२ - नुहाउने कुरा पहिलो पटक सुन्दा पाखापानी सल्यानका राउटेहरू झसंग भए । साबुन लगाई नुहाउनुपर्छ भन्ने त उनीहरूलाई नौलो नै लाग्यो । सरसफाइबारे चेतना जगाउन दोस्रो पटक आइतबार सल्यानको धनबाङ गाविसस्थित पाखापानी जंगलमा पुगेका युवा डा. सुशील कोइरालाले अन्तिममा उपाय लगाए, भत्ता दिने ।  दुई घन्टा पैदल हिँडेर त्यहाँ पुगेका डाक्टरको यसपालिको योजना थियो राउटेहरूलाई स्वास्थ्यप्रति गम्भीर बनाउने, नुहाउन लगाउने, साबुन प्रयोग गर्न लगाउने, कपडा धुन लगाउने, नङ काट्न लगाउने र बालबालिकालाई पोलियो थोपा खुवाउने । तर, उनलाई यी सबै काम गर्न भने सोचेजस्तो सजिलो भएन । औषधिका रूपमा जिउ दुखेको बेला लगाउने मल्हमबाहेक अरू औषधि प्रयोग गर्न राउटेले निकै कठिन माने । नङ काट्न पनि सबै राउटे तयार भएनन् । अनि अन्तिम कुरो आयो नुहाउने । डाक्टरले नुहाउनुपर्छ भन्दा कोही पनि तयार भएनन् । अनेक गर्दा पनि नमानेपछि डाक्टरले नयाँ योजना निकाले, नुहाएबापत भत्ता दिने । एक पटक नुहाएको ५० रुपैयाँ दिने भन्दा पनि कसैले मानेन । अन्तमा २ सय रुपैयाँ दिने भनेपछि पाँच जना मात्रै नुहाउन तयार भए । अनि साबुन लगाएर पाँच जना राउटेले पहिलो पटक नुहाउन सुरु गरे । त्यसको अगुवाइ गरे पूर्वमुखिया ऐनबहादुर शाहीले । नुहाइसकेपछि भने सबैले निकै सहज महसुस गरेको बताए । 'साबुन लगाएर नुहाउँदा राम्राे हुने रहेछ । मलाई केही साबुन देऊ, म लुकाएर राख्छु अनि फेरि-फेरि पनि नुहाउँछु,' शाहीले भने, 'मुखियाले देख्यो भने साबुन प्रयोग गर्न दिँदैन । मलाई साबुन राम्रो लाग्यो । अबदेखि यसैले नुहाउँछु ।' मुखिया वीरबहादुर शाहीले नुहाउन अनुमति नदिँदासम्म जनता नुहाउन तयार नहुने उनले बताए । जंगलमा बस्ने राउटे जातिले सरसफाइ र सुविधा प्रयोग गर्न नहुने भएकाले साबुनले नुहाउन नहुने मुखिया शाहीले तर्क गरे । त्यसपछि पाँचै जनाले साबुनलाई खोलाको छेउमा ढुंगामुनि लुकाएर राखे अनि सधैं त्यसैले नुहाउने बताए । राउटेलाई नुहाउने बानी पार्न खोजेका डाक्टर त्यसपछि केही खुसी भए । 'नुहाउनै नचाहने राउटेहरू साबुनले नुहाउन तयार हुनु सकारात्मक कुरा हो । उनीहरूलाई बिस्तारै स्वास्थ्य र सरसफाइप्रति बानी पार्दै जाने हो । एकैचोटि परिवर्तन हुँदैन । बिस्तारै बानी लगाउने हो,' उनले भने, 'स्वास्थ्यप्रति गम्भीर हुन थाले भने उनीहरूको अवस्थामा सुधार आउँछ ।' भत्ता दिएर नुहाउन लगाए पनि राउटेहरूले कपडा धुने साबुन र मन्जन-बु्रस भने प्रयोग गर्न मानेनन् । केही महिलाले कपाल कोर्ने काइयो र ऐना लिए । पुरुषहरूले दाह्री फाल्ने मेसिन र ब्लेड लिए तर सबैजना स्वास्थ्य जाँच गर्न र औषधि खान भने तयार भएनन् । बालबालिकालाई पोलिया थोपा र भिटामिन ए खुवाउन पनि कठिनाइ भयो । 'मुखियाले खुवाउनै दिएनन् । मुखियाले नमानेपछि अरू कोही पनि तयार भएनन्,' डा. कोइरालाले भने, 'बालबालिकालाई भिटामिन ए, पोलियो थोपा र आवश्यक खोपहरू दिन सकेमा उनीहरूलाई बचाउन ठूलो भूमिका हुने थियो,' उनले भने, 'राउटेहरूलाई बिस्तारै यसतर्फ आकषिर्त गर्दै जानुपर्छ ।' राउटेको स्वास्थ्यमा सुधार गर्न एक्लै कस्सिएका आईएनएफ बाँकेमा कार्यरत डा. कोइराला अब सरकारले पनि राउटे बस्तीमा स्वास्थ्य सुविधा दिन पहल गर्नुपर्ने बताउँछन् । 'सरकारले राउटेलाई निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ तर राउटेहरू अस्पताल नै आउँदैनन् । अनि कसरी कार्यान्वयन हुन्छ त्यो निर्णय ?,' उनले भने, 'पहिलो काम त राउटेलाई स्वास्थ्य संस्थामा आउन बानी पार्ने हो । यसका लागि सरकारले योजना बनाएर काम गर्न जरुरी देखिन्छ ।' डा. कोइरालाले आफ्नो व्यक्तिगत खर्चमा राउटेको स्वास्थ्य जाँच गरिरहेका छन् । राउटे महिला र बालबालिकालाई कपडा किनेर दिइरहेका छन् । महिला र बालबालिकाको स्वास्थ्य निकै जोखिममा रहेकाले नियमित स्वास्थ्य जाँच आवश्यक पर्ने उनले बताए । दुई महिनाअघि तुलसीपुरको चिसापानीस्थित जंगलमा पुगेर उनले राउटेको स्वास्थ्य जाँच गरी औषधि निःशुल्क उपलब्ध गराएका थिए । राउटे बालबालिका कुपोषणको सिकार भएको, महिलाहरूको प्रजनन स्वास्थ्य दयनीय भइरहेको, अधिकांशको आँखामा समस्या देखिएको, ढाड र हाडजोर्नीको समस्या सबैजसो वयस्कहरूमा रहेको डा. कोइरालाले बताए । प्रकाशित मिति: २०६९ जेष्ठ २३ ०७:५६

_____ · Jun 13, 2012 10:03 AM · 1,668 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all