वाह, ज्ञानी तेइस्!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वाह, ज्ञानी तेइस्! Category: सम्पादकीय inShare 0 Comments परिवारलाई गाह्रो पर्दा कहिलेकाहीँ अभिभावक निरीह हुन्छन्, केही नगर्ने हो भने घरको इज्जत माटोमा मिल्ने स्थिति हुन्छ, त्यसो भए अभिभावक मात्र होइन परिवारका सबैको इज्जत दाउमा पर्छ, बाटोघाटोमा मुख देखाउन लाज हुने स्थिति आउँछ। हो, त्यस्तै बेला घरका केटाकेटी अघि सर्छन् र परिवारको अप्ठ्यारो फुकाउँछन्। जसले गर्दा घरको इज्जत पुरानै अवस्थामा फर्कन्छ र सबैको इज्जत कायम रहन्छ। त्यस्ता केटाकेटीलाई हामी ज्ञानी भन्छौं। अहिले नेकपा एमालेमा त्यस्तै ज्ञानी निस्केका छन्, जो पार्टीरुपी परिवारका केटाकेटी मात्र हुन् तर, उनीहरुले अभिभावकलाई गाह्रो परेको बेला घरको अप्ठ्यारो फुकाएका छन्।  एमालेका ती ज्ञानी केटाकेटी भनेका जिल्ला अध्यक्षहरु हुन्। जो २३ जना छन्। मुलुकका सबै राजनीतिक दलमध्ये सबैभन्दा समावेशी केन्द्रीय नेतृत्व बनाएको एमालेलाई आफ्नै केही नेताहरुले जनजाति र मधेसी विरोधी भनेर आरोपित गरिरहेको बेला उनीहरु अहिले अघि सरेका छन्, एमाले जनजाति र मधेसी विरोधी होइन भनेर। जनजाति र मधेसी मूलकै उनीहरु पार्टी नेतृत्व र असन्तुष्ट नेताहरुसँग भेटिरहेका छन्, पार्टी बिभाजित गर्नु हँुदैन भन्दै। बनिबनाउ घर भत्काएर ओडार खोज्नु बुद्धिमानी हुँदैन भन्ने तर्कले असन्तुष्टहरु पनि कायल बनेका छन्। त्यही कारण त आजै र भोलि एमाले विभाजन हुन्छ भन्ने प्रचार चलिरहेको बेला बिभाजन अभियानमा ब्रेक लागेको छ। जनजाति र मधेशी मूलका केही नेताहरुले पार्टी छाड्नासाथ एमालेको समावेशी चरित्र समाप्त हुन्छ र त्यो एउटै नश्ल र जातको मात्र बन्छ भन्ने भ्रम फिजिएको बेला ती ज्ञानीहरुको अभियान सुरु भएपछि भ्रमका पर्दा च्यातिएका छन्। केही नेताहरुले भन्दैमा दशकौंको दुःख र मेहनतले निर्मित पार्टी तासको घर जस्तो हुँदैन भन्ने पनि उनीहरुको अभियानले पुष्टि गरेको छ। सन्तुलित र ठीक बिचार भएको पार्टी एमाले केहीले भन्दैमा बिभाजन हुँदैन र कसैले अदृष्य नियतका कारण चोइटायो भने पनि त्यसको असर पत्रपत्रिकामा भन्दा अन्यत्र पर्दैन भन्ने पनि उनीहरुको संकेत दिएका छन्। हो, घरको अभिभावक अर्थात् पार्टी नेतृत्वले पनि समयमा राज्य पुनर्संरचना, प्रदेशको नाम र संख्या जस्ता बिषयमा बेलैमा निर्णय लिन सकेन होला, ठोस दृष्टिकोण सार्न ढिलाई गर्योश होला, असन्तुष्टि आउन सक्ने ठाउँमा बेलैमा टालटुल पार्ने सक्रियता देखाएन होला, यस्ता बिषयमा नेतृत्वले जे गर्यो  ठीक गर्योा भन्ने भनाइ उनीहरुको पनि छैन। ज्ञानी केटाकेटीलाई नै अभिभावकको गल्ती देखाउने अधिकार हुन्छ, जुन उनीहरुले गरिरहेका छन्, पनि। राज्य पुनर्संरचना जस्तो संवेदनशील बिषयमा कार्यकर्ता तहसम्म छलफल गरेर छिट्टै नेतृत्वले ठोस निर्णय गर्नुपर्छ भन्ने उनीहरुको भनाइ छ। असार ४ गते कार्यकर्ता भेला हुनलागेको सन्दर्भमा उनीहरुको मागको सान्दर्भिकता अरु बढेको छ। नेतृत्वले छिट्टै त्यसबारे ठोस निर्णय गरेमा ज्ञानी केटाकेटीको माग त पूरा हुनेछ नै, असन्तुष्टहरुको पनि मुखमा बुझो लाग्नेछ। त्यति मात्र होइन, एमालेलाई लैबरी, जनजाति तथा मधेसी बिरोधी भन्नेहरु पनि नाजवाफ बन्नेछन्। त्यसो गरिहाल्नु किन पनि जरुरी छ भने एकलौटी सत्ता कब्जा गर्ने उद्देश्य राखेर जनजाति र मधेशी भावनालाई भड्काउन लागिरहेको माओवादीलाई उचित जवाफ दिइहाल्नुपर्छ। एमालेले कार्यकर्ता, शुभचिन्तक र आम जनतालाई कन्भिन्स गर्न सक्ने गरी निर्णय गर्न सक्ने हो भने मात्र जातीय भिडन्तमार्फत सत्ता कब्जा गर्ने माओवादीको उद्देश्य बिफल हुनसक्छ। यसअघि जस्तो, ८, ११, १४ र १५ प्रदेश बनाउने केन्द्रीय कार्यालय बल्खुले मात्र बुझ्ने खालको निर्णय गरेर अहिलेका चुनौती पार हुन सक्दैन। त्यस्तो निर्णयको अर्थ कसैले बुझ्दैनन्, त्यही कारण गलत नियत राख्नेहरुले त्यसलाई गलत अर्थ लगाउन सक्छन्। जुन अहिलेसम्म हुँदै आएको छ।  परिवारको अप्ठ्यारो फुकाउन ज्ञानी केटाकेटी अघि सरे पनि सधैं उनीहरुकै भरले घर जोगिदैन। संकट टरेपछि घरलाई फेरि दुरुस्त गतिमा हाँक्ने जिम्मेवारी अभिभावककै हुन्छ। अनि अभिभावकले ठीक ढंगले घर हाँक्न सकेनन् भने सधैँभरि केटाकेटीले जोगाउन सक्ने स्थिति रहदैन। यो सबै अभिभावक अर्थात् एमाले नेतृत्वले बुझ्न जरुरी छ। तर, अहिलेलाई सबैभन्दा ठूलो साँचो के हो भने, अहिलेको संकट ज्ञानी केटाकेटीले टारेका छन्। सलाम उनीहरुलाई! http://www.weeklynepal.com/ind...  

_____ · Jun 13, 2012 8:38 AM · 1,634 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all