जेसिकाको आत्माको चीर शान्तिको कामना अहिले नायिका जेसिका खड्काको पशुपति आर्यघाटमा अन्तीम संस्कार गरिदै छ । उनको शवलाई उनका काकाले दागबत्ति दिएका हुन् । यसअघि खड्काको पार्थिव शरिरलाई अन्तिम श्रद्घान्जलीका लागि विहान साँढे आठ बजेदेखी १० बजेसम्म चलचित्र विकास वोर्डमा राखिएको थियो । उनलाई श्रद्घान्जली दिन त्यहाँ उनका आफन्त, चलचित्रकर्मीहरु तथा मित्रजनको उपस्थिति रहेको थियो । उनलाई वरिष्ठ कलाकारहरु वसुन्धरा भुषाल, भुवन चन्द, लक्ष्मी गिरी, नेपाल चलचित्र कलाकार संघका महासचिव नवल खड्का, विकास वोर्डका अध्यक्ष गणेश भण्डारी लगायतका चलचित्रकर्मीहरुले हार्दिक श्रद्घा सुमन व्यक्त गरेका थिए । उपस्थित सबैले जेसिकाको आत्माको चीर शान्तिको कामना गरे । (दाह संस्कार) Video:
nepsweet · Jun 13, 2012 6:54 AM · 14,590 views
RIP
hawascript · Jun 13, 2012 8:41 AM
दिमाग गलत दिसा मा प्रयोग गरे पछी को उपहार आफैले आफुलाई दींईन . लुक बिफोर यु जम्प स्याड न्युज टू रिड
MAGorkhe1 · Jun 13, 2012 2:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion