पाँचथर, २४ जेठ । पाँचथरको सदरमुकाम फिदिममा एक महिला सामूहिक बलात्कारको सिकार बनेकी छिन् । फिदिम—१ स्थित सनिवारेमा व्यापार सञ्चालन गरेर बसेकी सुब्बा थरकी ती महिलालाई गएराति चार जना युवाको समूहले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम पौडेलले बताउनुभयो । होटलेमै राति ११:०० बजे सामूहिक बलात्कार गरिरहेको बेला बहिनीले थाहा पाएर हल्ला गरेपछि बलात्कारीहरू भागेका थिए । बेहोस अवस्थामा रहेकी ती महिलाको पाँचथर अस्पतालमा उपचार भइरहेका छ । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । निरीक्षक पौडेलका अनुसार अनुसन्धानका लागि फिदिम—१ की छिमेकी मीना राईसहित, सुरेन्द्र बस्नेत र दीपेश मगरलाई नियन्त्रणमा लिइएको हो । रासस
champ · Jun 12, 2012 4:07 PM · 3,368 views
Sickening and infuriating but why'd you share this sort of news?
riddle · Jun 12, 2012 5:05 PM
To let the world knows how sickening and infuriating people are there :)
champ · Jun 12, 2012 6:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion