नबोलाएका मन्त्री पाहुना ! देशमा राजनीतिक र संवैधानिक अन्योल बढिरहेका बेला एक जना विदेशी पाहुना नआऊ भन्दाभन्दै पनि आए। यस्तो आग्रह गर्दा गर्दै पनि भ्रमणमा आउने पाहुना हुन्, नर्वेका विकासमन्त्री हैकी होलिमास। रमाइलो त के छ भने, मन्त्री होलिमासको भ्रमणलाई नेपालको परराष्ट्र मन्त्रालयले अनौपचारकि भनेको छ भने काठमाडाँैस्थित नर्वेजियन दूतावासले औपचारकि। अनौपचारकि र औपचारकिको लफ्फाबाजीको दोभानमा २२ जेठमा नेपाल आएका होलिमासले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटेका थिए। राज्यले औपचारकि भ्रमण रहेको पुष्टि नै नगरेका आगन्तुकलाई प्रधानमन्त्री बाबुराम भट्टराईले समेत सहजै भेट दिएपछि परराष्ट्र मन्त्रालयका कर्मचारी र कूटनीतिक वृत्तमा काम गर्ने नेपाली छक्कै परेका छन्। परराष्ट्रका एक उच्च अधिकृत भन्दै थिए, "ल माओवादी, कांग्रेस र एमाले अध्यक्षले त भेटे भेटे, त्यसैमा पनि प्रधानमन्त्रीले औपचारकि भ्रमणकै झल्को दिने हिसाबले स्ट्याटस नभएको भ्रमणमा रहेका मन्त्रीलाई सजिलै भेटेर राम्रो गरेनन्।" सामान्यतया विदेशबाट आउने भीआईपीलाई परराष्ट्र मन्त्रालयले सरकारी व्यक्तिसँगका लागि भेटघाटका कार्यक्रम तय गर्ने गर्छ। तर, मन्त्री होलिमासको भ्रमणका सिलसिलामा भने मन्त्रालय मौनजस्तै देखियो। अरू त ठीकै थियो, नआऊ भन्दाभन्दै आएका नर्वेका मन्त्री किन आए भन्ने गुथी आफैँमा रहस्यपूर्ण छ। मन्त्री होलिमासले सञ्चारकर्मीसँग भनेका छन्, "नेपालमा नयाँ संविधान बन्छ र उत्सव मनाउन आउ“mला भनेको थिएँ तर यस्तो अवस्थामा आउनुपर्‍यो, दुःख लागेको छ।" जेजस्तो भए पनि यस्तो परदिृश्यले भत्केको घरको बिग्रेको चाला भन्ने उखान सम्झाएको छ। कतै यही उखानजस्तै भएको त होइन हाम्रो देश ! http://www.ekantipur.com/nepal...
_____ · Jun 12, 2012 8:42 AM · 1,407 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion