अमेरिकामा थरी थरीका कविता चोर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा आएका अधिकांश युवाहरुलाई नेपाली साहित्यको बारेमा थाहा पत्तो हुदैन भनेर स्थापित कविको कृतिलाई आफ्नो नाममा वाचन गर्नेलाई के भन्ने ? हालै अमेरिकाको कनेक्टिकटमा आयोजना भएको एक कार्यक्रममा गौरीश्वर शर्मा आचार्य नामका स्वनामधन्य तथाकथित कविले यस्तै काम गरेछन् । ति गौरीश्वर नामका पात्रसँग मेरो कुनै सम्पर्क वा परिचय केही छैन । पहिलोपल्ट नाम सुन्दैछु । उनले अमेरिकी कंग्रेशमा उम्मेदवारीको दौडाहामा रहेका नेपालीमूलका आइटि व्यवसायी दर्शन रौनियारलाई हौस्याउन कवि माधव घिमिरेको कविताको पहिलो चार हरफ हुवहु राखेर बाकी हरफहरु आफैंले थपेछन् । ए बाबा, अर्काको कृति चोरेर आफ्नो कृतिमा हाल्नु कत्तिको कवित्व हो । नेपाली साहित्यमा रुची राख्ने व्यक्तिले दुइचारवटा कृति पक्कै पढेको हुन्छ, त्यसमा पनि माधव घिमिरेको चर्चीत कृति पढेको हुन्न भन्ने आत्मविश्वासमा अर्काको कृतिमा आफ्नो नाम हाल्नु कस्तो बौद्धिक दरिद्रता हो । दर्शन रौनियार प्रति मेरो राम्रो सद्भाव छ । उनी नेपाली मूलबाट अमेरिकी राजनीतिमा प्रगति गर्न लागेका उदीयमान व्यक्तित्व हुन् । उनलाई विश्वका सवै कुनामा भएका नेपालीले सक्दो सहयोग र सदिक्षाले हौसला दिनुपर्छ । म त्यो कविता वाचन भएको कार्यक्रममा गएको थिइन । दर्शन रौनियार र म फेसवुक मित्र छौं । उनलाई हौसला दिन लेखिएको कवितालाई फेसवुकको पेजमा उनले सगौरव राखे । जव कविता हेरें तव म तिन छक्क परें । दिनदहाडै, अनि खुलेआम चोरी । अहिलेको सोसल नेटवर्किंगको जमानामा पनि । यसमा दर्शनको केही दोष छैन । सोझो मनले उनले कविता राखिहाले । तर अर्काको कृतिको अंश आफ्नो भनेर लेख्ने अनि वाचन गर्ने प्रवृत्तीको विरोध गर्नुपर्छ । The below is the peom that was cited in the program.. <img alt="" src="

Max Rossa · Jun 11, 2012 9:32 PM · 48,238 views

34 Replies · Showing 21 - 34
Page 2 of 2

मेरो भन्नु को तात्पर्य के हो भन्देखुन शायेद आचार्यजिले माधव घिमिरेको कविता कतै पढेको हुनसक्छ अनि अनायास एस कवितामा छिराउन पुगेको हुन सक्छ&nbsp; &nbsp; शायेद उनले हजुरहरुको गुनासो नसुनेको पनि हुन सक्छ त्येही भएर माफी नमागेका हुन् कि? येत्तिकैमा हूलको भरमा मब मेन्तालिटी लिएर एक्कैचोती कसैको ब्येक्तित्तो लाइ नंगौन अघि एकचोटी आ-आफ्नो ब्येक्तिगत परिचय पनि खुलाउने हो कि?&nbsp; &nbsp; नत्र भने कोइ ब्येक्तिको चरित्रहत्या जुनसुकै नामरहित ब्येक्तिले गरेपनि भैहाल्यो नि|&nbsp; &nbsp; हो पांच पैसा चोरे पनि पाँच अरब चोरेपानी चोरि हो, तर दुवै चोरलाई त्येही सजाए दिन मिल्दैन | अनि अर्को कुरा, एकतर्फी कुरा सुनेर कुनै ब्येक्तिको चरित्र हत्या गर्नु राम्रो होइन जस्तो लाग्छ

rethink · Jun 14, 2012 10:50 AM

दर्शन रौनियारसँग बसेर पार्टी खाएको फोटो हतार हतारमा फेसबुकमा राख्न भ्याउने मान्छेले यो सन्देशको जवाफ दिनु भ्याउछ कि भ्याउदैन ? नमस्कार गौरिश्वर सर ! यहाँसँग मेरो परिचय त छैन तर पनि एउटा अनुरोध गर्न मन लागेकोले यो सन्देश पठाएको छु । अमेरिकी सदनको उम्मेद्वार बन्न लाग्नु भएका दर्शन रौनियारले कनेटिकट भ्रमण गर्दा उहाँलाई शुभकामना दिदै यहाँले जुन कविता वाचन गर्नुभएको थियो, त्यो कविता दर्शन सरले बहुत प्रेमपूर्वक आफ्नो फेसबुकमा राख्नुभएको छ । उक्त कविताको पहिले हरफ यहाँले राष्ट्र कवि माधव घिमिरेको 'बैशाख' शिर्षकको कविताबाट लिनुभएको रहेछ । कविता वाचन गर्दा यो कुरा यहाँले पक्कै भन्नु भएको थियो होला । तर दर्शन सरले फेसबूकमा राख्नु भएको यहाँको हस्तलिखित कविताको फोटोमा त्यस्तो कही देखिएन । यसैले त्यो कविता पढ्ने व्यक्तिहरुमा गलत सन्देश नजाओस भन्ने उद्देस्यले दर्शन सरको फेसबुकमा यो कुरा स्पष्ट पारिदिनुहुन्थ्यो कि ? धन्यवाद! एक चोटि चरित्र हत्या केलाई र कस्तो अवस्थामा भनिन्छ त्यसको बारेमा पनि अध्ययन गर्नु भए हुन्थ्यो ज्ञानी मित्रले !

Geology Tiger · Jun 14, 2012 11:08 AM

404 - File or directory not found. Server Error 404 - File or directory not found. The resource you are looking for might have been removed, had its name changed, or is temporarily unavailable.

rethink · Jun 14, 2012 11:28 AM

aba yehi kura lai liyera afai afai ma chai naladau. I liked the letter, GT.

Kiddo · Jun 14, 2012 11:42 AM

जी ति मित्र&nbsp; &nbsp; तपाइले सो पत्र गौरिस्वर को फेसबुकमा पठाउनु भएको हो?&nbsp; कि तपाइले दर्शन रौनियारको फेसबुकमा लेख्नु भएको?&nbsp; &nbsp; तपाइले दर्शन रौनियारको वाल मा लेख्नु भएको भए गौरिस्वरजीले अहिले सम्म नदेखेको पनि हुन सक्छ | हामिसंग केहि ग्यारेन्टी त छैन कि गौरिस्वरजी को पनि फेसबुक अकौंत छ भनेर अथवा वहाले दर्शनजी को वाल चेक गरिराख्नु हुन्छ भनेर बरु एकचोटी फोन गरेर कुरा बुझ्नुष Last edited: 14-Jun-12 12:07 PM

rethink · Jun 14, 2012 11:59 AM

I think this rethink is same guy!! He (Gaurishwor) should have thought that before he copied someone's creation dude. Chor ko khutta kaat bhanda tane jasto po bho ta !

facebook · Jun 14, 2012 12:09 PM

&quot;दर्शन रौनियारसँग बसेर पार्टी खाएको फोटो हतार हतारमा फेसबुकमा राख्न भ्याउने मान्छेले यो सन्देशको जवाफ दिनु भ्याउछ कि भ्याउदैन ? &quot; यो वाक्यले जिते ब्रोले गौरेश्वर शर्मा आचार्य जी कै फेशबुक मै संदेश पठाउनु भएको बुझिदैन र ? फेरी रि-थिंक गर्नुस , रिथिंक जी . यसरी व्यर्थ मा गौरेश्वरजी प्रति रक्षा गर्ने धृष्टता गर्नु आफैलाई हानीकारक हुने छ मित्र . &nbsp; उहाँले&nbsp;कबिबर माधव घिमिरेको उद्धरण गरेको कतै&nbsp;&nbsp; संकेत गर्नु भाको छैन, रचयिता भनेर गौरब का साथ् आफ्नो नाम आफ्नै हस्ताक्षरले राख्नु भएको छ . उहाँ जस्तो जिम्मेर्वार ब्यक्ती (ब्रान्फोर्ड नेपाली समाजका अध्यक्ष)ले यस्तो कार्य गर्नु अझ निन्दनीय छ . गौरेश्वर सर लाई पठाएको संदेश जो कोइ ले देख्न सक्नु हुने छ . उहाँ को फेशाबूक ओपन छ .

rahulvai · Jun 14, 2012 12:16 PM

रहूल्भाई को टिप्पणी पढेपछि चाही बुझियो| गौरिश्वोरजी ले जवाफ नदिनु आफ्नो दोषको सूचक हो GeologyTigert sorry I&nbsp;didn't see that line Last edited: 14-Jun-12 03:22 PM

rethink · Jun 14, 2012 12:54 PM

राष्ट्रकवि माधव घिमिरेज्युको वैसाख कविताका तिनै हरफहरु मेरो एस.एल.सीको जाँचमा &quot;स-प्रसङ्ग ब्याख्या गर &quot; भनेर आएको थियो . जहाँ सम्म चोरीको कुरा छ, अचार्यजीले वाचनका समयमा राष्ट्रकविको नाम उल्लेख गर्नु भएको थियो भने चैं म उहाँको दोष कमै देख्छु.. तर गर्नु भएन र ती हरफहरु उहाँका आफ्नै हुन् भन्नुहुन्छ भने चैं संसारमा अहिले छ्याप-छ्याप्ती भेटिने साहित्य-चोरहरु कै लिस्टमा उहाँको नाम पनि राखे हुन्छ .&nbsp; अर्काको सम्पतिलाई आफ्नु भनेर नाक फुलाउन मान्छेलाई के रमाइलो लाग्ने होला ?? अचम्म लाग्छ.. Last edited: 14-Jun-12 01:45 PM

cheli · Jun 14, 2012 1:21 PM

GTजी को यो कुरो - &quot;त्यो पाँच करोड घुस खानेको के दोष ? बिचरा उसको स्वास्नीलाई काठमाडौंको मुटुमा पाँच तले घर चाहिएको थियो, उसको छोरोलाई पजेरो चाहिएको थियो .............. उसलाई त घुस खान मनै थिएन, बिचरा बाध्यतामा पर्&zwj;यो ...&quot; पढेपछि चैं मलाई नी...कै पहिले लेखेको एउटा कविता याद आयो (१००% आफ्नै हो है) , यो thread मा post गर्न मनपनि लागेन .. नयाँ thread सुरु गर्छु बरु And here it is: http://sajha.com/sajha/html/in... Last edited: 14-Jun-12 01:54 PM

cheli · Jun 14, 2012 1:48 PM

ल अब यो गजल पढु र यसको रचयिता दिपक घिमिरे हुन् कि होइनन् अनुमान गरुँ गजलको अन्तिम शेरमा रहेको मक्तालाई हेर्नुभयो भने यसको असली रचयिता ठम्याउन त्यती गार्हो नपर्ला .. http://www.merojilla.com/2010-...

Geology Tiger · Jun 15, 2012 10:24 AM

ल ठिक छ, गौरीजी । गल्तीलाई गल्तीका रुपमा स्वीकार गरि साझाको हाम्रो छलफलको विषयमा सहभागी हुनुभयो, यसको लागि तपाईंलाईधन्यवाद । सबभन्दा पहिले त गल्ती नगर्नु नैं बुद्धिमानी, भइहाल्यो भने त्यसलाई सच्याउनको लागि पनि एउटा आँट चाहिन्छ, जुन तपाईमा रहेछ । हामीले चाहेको पनि त्यत्ति थियो । नत्र मैंले त तपाईंलाई त्यो पाण्डुलिपीको पानामा रहेको फोन नंबरमा डायल समेत गर्न लागेको थिएँ । धन्न तपाईंले साझाको छलफलमा आएर माफी माग्नुभो । नेपालमा बौद्धिक र शिक्षित भएर धेरथोर नाम कमाइ अमेरिका आएका व्यक्तित्वहरुले कमसेकम अर्काको कृतिका केहि हरफ गल्तीवश, भूलवश, प्राविधिक समस्याले, हतारमा आफ्नो कृतिमा हाल्ने काम नगरौंन यार । कुरै खत्तम नि, हैन ? रामै्रकुरा पनि गलत तरिकाबाट गर्योभने कस्तो परिणाम आउनेरहेछ भन्ने कुराको एउटा सानो भन्दा सानो दृष्टान्त हो यो । हेर्नुस् त कस्तो बोर भो, न दर्शनजीलाई कविता लेखेर खुशी पार्न सक्नुभयो, न अर्काको चार हरफ आफ्नोमा हालेर लेख्दा तपाईंलाई नै सन्तुष्टि प्रदान गर्यो । अनि महाशय कृपया जिउँदो मान्छेलाई अनायसै स्वर्गीय नबनाइदिनुहोला । माधवप्रसाद घिमिरे अहिलेसम्म जिउँदै हुनुहुन्छ, आफ्नो जीवनका सम्भवत अशिऔं दशकका वर्षहरुमा हिडिरहनुभएको छ । दर्शनजीले त आफ्नो फेसबुक पेजबाट त्यो कवितालाई हटाइ नैं दिनुभयो । हामीले जे जति छलफलहरु गर्यौं त्यो सवै एउटा प्रवृत्तीको विरोधमा गरेका थियौं, कुनै व्यक्ति विशेषलाई तारो बनाएर प्रहार गरेको नठान्नुहोला । नाजायज कुरामा हामीले गलफत्ती कत्तीपनि गरेका छैनौं । हामीलाई थाहा भएको विषयमा जेठो, माइलो, काईंलो, ठाईलो, अन्तर, जन्तरे, पानी मन्तरे, दुध मन्तरे, काले, भाले, निगाले अथवा यीनका स्त्रीलिंगी जेठी, माइली, काईली, साईंली ठाईंली, अन्तरी, जन्तरी, पानी मन्तरी दुध मन्तरी, काली, पोथी, निगाली जो सुकैले यस्तै प्रकृतिको गल्ती गरेकी भए पनि यस्तै छलफल हुन्थ्यो होला । रिथिंक जी तपाईंले कसलाई अनाम साहित्यप्रमीको जमात भन्न खोज्नुभएको हो । अनाम कुन अर्थमा ? तपाईंको चाहिं नाम के हो ? जियोलोजी जीले भनेजस्तै तपाईं आफ्नो लिंडे ढिपीमा बसिरहनुभएको छ र आफ्ना कुतर्कलाई ढाकछोप गर्न अरु थप कूतर्कका श्रृंखलाहरु बन्दैहुनुहुन्छ । यो कुराकानीलाई लम्बेतान गर्न मन छैन, बिट मार्नुअघि गौरीश्वर जीले कविताको पाण्डुलिपीमा सिाभार माधव घिमिरे लेख्न विर्सनु भएछ भन्ने कुरालाई तपाईंले नैं भनेपछि मैंले माने । त्यो कार्यक्रमको भिडियो वा अडियो रेकर्ड यदि छ भने पोष्ट गर्नुसन, हामी पनि सुनौं न, एकैछिन रमाइलै होला, एकदुइवटा नयाँ कुरा थाहा पाइएला ।

Max Rossa · Jun 15, 2012 4:35 PM

In the age of youtube, facebook, and 24-hour satellite television, why on earth would someone go to great lengths to listen to an inarticulate or somewhat detached wanna-be poet? Prospective wet panties might be the secret incentive. If one was stranded at a Kaczynski-like abode indefinitely then I&nbsp;would definitely understand. Any new poem would be better than near-death boredom in that instance. Last edited: 15-Jun-12 08:11 PM

GeetMaiJawaafDiu? · Jun 15, 2012 7:03 PM

Last edited: 15-Jun-12 08:06 PM

GeetMaiJawaafDiu? · Jun 15, 2012 8:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all