ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !   अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता हेम पाठकको लोकप्रियतालाई देखेर डुब्नै लागेको ए एन ए ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक बनायो । ए एन ए को कार्य समितिले अध्यक्ष छेवाङ शेर्पा लामाले कानुनी कूरा मात्र हेर्ने र हेम पाठक ले बरिस्ठ कार्यकारी उपाध्यक्षका रुपमा ए एन ए को संगठन हाक्ने निर्णय पनि भयो । तर पछी बुझ्दै जाँदा वहाँलाई मोहरा मात्र बनाइन खोजेको, वहाँ लाई बाइपास गरेर केहीले ए एन ए लाई एउटा ठेक्का पट्टा कम्पनी जस्तो बनाउन खोजे पछी हेम पाठक अहिले असन्तुस्त बन्नुभएको बुझिएको छ। बदनाम ए एन ए लाई सुधार्न सकिन्छकी सबै नेपालीको साझा संस्था बनाउन सकिन्छ कि भनेर सबैको अनुरोध पछी उक्त पद स्वीकार गर्नुभएका पाठक लाई अहिले पूर्ण रुपमा बाइपास गरेर काम भैरहेको छ र वहाँले ए एन ए सुधार का लागि अगाडि सारेका अत्यन्त सान्दर्भिक योजना र कुरालाई अहिले पूर्ण रुपमा लत्याउने काम भएको छ। यसै महिना को अन्त्यमा टेक्सासमा हुने भनिएको सम्मेलन ठेक्कामा दिने निर्णयमा पनि पाठक सन्तुस्ट हुनुहुन्न । नन प्रफिट संस्था, नेपालीको साझा संस्था भन्ने तर ठेक्का लागाएर कमाउने र केहीका लागि ठगी खाने भाँडो बनाउन नहुने भन्दा पाठक लाई ए एन ए ले बाइपास गरेको देखे पछी ए एन ए भित्रकै अन्य केही पनि तीन छक परेका छन।    स्मरण रहोस् त्यहा एक जना शेर्पा जि लाई १० हजार डलर ए एन ए लाई दिने बाँकी वहाँले जती कमाए पनि जे गरेपनी नबोल्ने शर्त मा सम्मेलन ठेक्कामा दिइएको छ । जुन पुरै अबैधानिक छ। अमेरिकि कानुन अनुसार नन प्रफिट कुनै पनि संस्थाले त्यसरी ठेक्का लगाउन र नाफा कमाउने काम गर्न पाइदैन । यसमा ए एन ए झन बिबादित हुने देखिएको छ । हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन : १- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।  २ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ । नेपाल मदर सँग कूरा गर्दै पाठकले भन्नु भयो "म ए एन ए लाई राम्रो कसरी बनाउन सकिन्छ भनेर योजना बद्ध ढंगले अगाडि बढ्न खोजेँ तर मलाई नै बाइपास गरियो, मेरो कूरा सुनुवाई भएन, मैले एक दुई दिन भित्रमा महत्वपूर्ण निर्णय गर्दैछु । मेरा कूरा सुनिएन भने म त्यहा किन रहने ? के का लागि रहने ? के म बिबादित हुनका लागि मात्र त्यहा लगिएको हु र ?"                     पाठक ले यदी ए एन ए छोड्नुभयो भने ए एन ए झनै बिबादित र कमजोर संस्था हुने निस्चित छ । 

wikileaks · Jun 11, 2012 9:38 AM · 10,303 views

1 Reply

हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन : १- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।  This has been raised not by him. By all nepalese long before him hahaha. WHo did the accounting of DC ANA? he is CPA certified hahaha. २ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने  This has been raised not by him. By all nepalese hahaha. These are common agendas not his agendas hahaha. Any other agendas he mentioned? तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ | Any proof of this not happening? The next neta is Hem Pathak. By the way who the hell is this guy who wants to be popular? Last edited: 11-Jun-12 12:31 PM Last edited: 11-Jun-12 12:34 PM

mno · Jun 11, 2012 12:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all