मन्त्रीको एकछाक खानाको खर्च ८ लाख?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मन्त्रीको एकछाक खानाको खर्च ८ लाख?     inShare 0 Comments हेटौंडा, जेठ २९ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजले सूचना तथा सञ्चार मन्त्रीको स्वागतको बहानामा लाखौ रुपैयाँ खर्च देखाएर हाकिम आफैले भ्रष्टाचार गरेको समाचार प्रकाशमा आएको छ। मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यवाहक अध्यक्ष समेत रहेका सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव कार्यकर्ता भेलाको उद्घाटन गर्न २०६९ बैशाख २१ गते वीरगंजको होटल मकालुमा आउदा नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजका क्षेत्रीय निर्देशक श्यामसुन्दरप्रसाद यादवले मन्त्रीको स्वागतमा खर्च भएको देखाउदै ८ लाख १६ हजार रकम हिनामिना गरेको क्षेत्रीय र्कायालय स्रोतबाट खुल्न आएको हो। राष्ट्रिय सरकार गठनका लागि पहल भइरहेको अवस्था रहेकोले सूचना तथा सञ्चार मन्त्री यादवले पार्टीको कार्यकर्ता भेला र नेपाल टेलिकम कर्मचारी युनियनको दोस्रो महाधिबेशनको उद्घाटन गरेर तत्काल काठमाण्डौ फर्किएका थिए। मन्त्री यादव मुस्किलले एक घण्टा जति मात्र वीरगंजमा बसेका थिए त्यो पनि कार्यक्रमको उद्घाटन मात्र गरेर फर्किएका थिए। तर क्षेत्रीय निर्देशक यादवले मन्त्रीको स्वागतमा ८ लाख १६ हजार खर्च भएको देखाएको कुरा समाचारमा उल्लेख छ। नेपाल टेलिकम क्षेत्रीय कार्यलय वीरगंजको लेखाशाखाको रेकर्ड अनुसार, भौचर नम्बर ७९७ बाट होटल मकालुलाई ३ लाख १३ हजार र भौचर नम्बर ७९९बाट होटल भिश्वालाई ५ लाख ३ हजार भुक्तानी गरिएको देखाइएको छ।  मन्त्री बस्दै बसेनन् उनको साथमा आएका केन्द्रीय नेताहरू समेत उनीसंगै फर्किएका थिए, त्यत्रो रकम कस्को स्वागतमा खर्च गरियो? स्वंय क्षेत्रीय निर्देशक यादवले जवाफ दिन सकेका छैनन्। क्षेत्रीय निर्दैशक यादवले सो सम्बन्धमा टिभी क्यामेरा र पत्रकारका अगाडि प्रतिक्रिया दिन चाहेनन्। विभागीय मन्त्री आएकोले दुबै होटलमा एक एक लाख खर्च भएको स्वीकार गरेका छन। 'मधेशी जनअधिकार फोरम गणतान्त्रिकको वीरगंजमा सम्पन्न कार्यकर्ता भेलाको खर्च पार्टी र पार्टीका केन्द्रीय नेताहरूले बेहोरेको फोरम गणतान्त्रिक पर्साका सदस्य नुरआलम अंसारीले कोही कसैसंग सहयोग नलिइएको बताउदै टेलिकमले मन्त्रीको स्वागतमा खर्च गरेको देखाएको छ भने त्यसको छानविन गरी कारर्वाही गरिनु पर्ने बताउछन।  नेपाल टेलिकम कर्मचारी युनियनको दोस्रो अधिवेशनको उद्घाटन गर्नका लागि मधेशी जनअधिकार फोरम लोगतान्त्रिकका उप.प्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेृदारलाई निम्त्याइएकोमा उहाको राजनैतिक ब्यस्तताको कारणले आउन नसक्ने भएपछि सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवलाई निम्ता गरिएको उल्लेख गर्दै पर्सा ईकाई युनियनका सचिव कृष्णराज सिग्देलले अधिवेशनको सम्पूर्ण खर्च युनियनले बेहोरेको बताए।  फोरम गणतान्त्रिकको वीरगंजमा सम्पन्न कार्यकर्ता भेलाको सम्पूर्ण खर्च पार्टी स्वंयले बेहोरेको थियो भने कर्मचारी युनियन दोस्रो अधिबेशनको सम्पूर्ण खर्च युनियनले आफैले बेहोरेको थियो। त्यसमाथि मन्त्री यादव मुस्किलले एकघण्टा मात्र वीरगंजमा बसेका थिए। उनको स्वागतमा ८ लाख १६ हजार नेपाल टेलिकमले कसरी खर्च गर्‍यो? मन्त्री यादवले एक घण्टामा दुइवटा कार्यक्रमको उद्घाटन गरी दुई–दुई वटा तारे होटलमा गएर ८ लाख भन्दा बढीको खाना खाए होलान् त? नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजका निर्देशक श्यामसुन्दर यादव सम्पर्कमा समेत आउन चाहदैनन्। नेपाल टेलिकम क्षेत्रीय कार्यालय बीरगंजका क्षेत्रीय निर्देशक श्यामसुन्दर यादवले गरेको एउटा प्रतिनिधि घटना मात्र हो। क्षेत्रीय निर्देशक यादवले गरेको अनियमित कार्यको सत्यतथ्य तुरुन्तै छानबिन गरी कार्यवाही गरिनु पर्दछ भन्ने माग कर्मचारीहरूको रहेको छ। http://www.weeklynepal.com/ind...

_____ · Jun 11, 2012 9:09 AM · 1,520 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all