आङकाजीले जीब्रो थुतेर आँखा निकाल्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  यो शेर्पा काजि प्रचण्ड को नया अबतार हुनुहुन्छ जस्तो छ. प्रचण्ड पनि सुरुसुरु मा तेसै भन्थे, सत्ता पाएपछि देखि हालियो अब इ शेर्पा काजि ले पनि सत्ता पाउन को लागि प्रचण्ड पथ अपनाको जस्तो छ अब यो प्रचण्ड को नया अबतार ले कति को ज्यान लिने हो . तर इनको व्यक्तिगत भबिस्य चाही सारै राम्रो छ. इनको यात्रा कि त सिंह दरबार मा गएर टुंगिन्छ. कि त शेर्पा प्रदेश मा इनको लागि नया सिंह दरबार को निर्माण हुन्छ . पिछ लग्गु हरु कोइ सहिद होलान, कोइ पछि गएर चोर दाका बन्न बाध्य हुन पर्ला , कोइ अरब जालान तेत्ति हो आङकाजीले जीब्रो थुतेर आँखा निकाल्ने       inShare 1 Comments काठमाडौं, जेठ २९ । पत्रकारलाई सार्वजनिक ठाउँमै कुट्न र सन्चारगृहमाथि आगो लगाउन आदिवासी जनजातिहरूलाई आह्वान गर्ने नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले अब एमाले र कांग्रेसबाट विद्रोह नगर्ने जनजाति नेताहरूलाई भौतिक हमला गर्न निर्देशन दिएका छन्। जनजाति महासंघजस्तो जिम्मेवार संस्थाको महासचिव जस्तो जिम्मेवार ओहोदामा बसेका शेर्पाले प्रेस विज्ञप्ति र मोबाइल एसएमएसमार्फत् एमाले नेता कृष्णगोपाल श्रेष्ठ, कांग्रेस महामन्त्री प्रकाशमान सिंह र कांग्रेसका पुराना नेता भीमबहादुर तामाङको नामै लिएर 'तिमीहरूको आँखा निकालेर गुच्चा खेल्न नपरोस्' भन्ने चेतावनी दिएका छन्। महासचिव शेर्पाले आफ्नो वक्तव्यलाई फेसबुक स्टाटसमा पनि राखेका छन्। जहाँ उनले कृष्णगोपाल, प्रकाशमान, भीमबहादुर लगायतका जनजाति नेताहरूलाई 'बाहुनको हनुमान' भन्दै उनीहरूको जीब्रो थुत्नेसम्मको अत्यन्तै अराजक र अपराधिक शैलीको चेतावनी दिएका छन्। आङकाजीले जेठ २६ गते कांग्रेस एमालेसहितका २२ दलले गरेको आमसभापछि साँझ अपडेट गरेको फेसबुक स्टाटसमा यस्तो लेखेका छन् 'आदिवासी जनजाति, मधेशी, मुस्लिमको बहिष्कार परिणाम हो। देखिस् बाहुन नेताहरू हो! आदिवासी जनजाति, मधेशी र मुस्लिम नभए तिम्रो पार्टीको हालत कस्तो हुँदोरहेछ? कमल थापा र चित्रबहादुरको कार्यकर्ता ल्याउँदा पनि आधा टुडिखेल भर्न सकिनस् हैन। थुक्क नामर्द हो। २२ दल मिलेर २ हजार मानिस उतार्न नसक्ने डाडुमा पानी तताएर आत्महत्या गर्नु।' आङकाजी अझ अगाडि लेख्छन् 'बाहुनको हनुमान कृष्णगोपाल श्रेष्ठ, प्रकाशमान श्रेष्ठ र भीमबहादुर तामाङलाई आदिवासी जनजातिको पूर्खाहरू र भावि सन्ततिको सत्तोसराप लाग्नेछ। पर्दा जन्ती र मर्दा मलामी पाउने छैनन्।  बाहुनको हनुमान हो, मन्त्री बन्ने स्वार्थमा आदिवासी जनजातिको विरोधमा धेरै बोलिस् भन्ने जिब्रो थुतेुर असनको भुस्याहा कुकुरलाई खुवाउनु नपरोस् अनि तेरो आँखा निकालेर गुच्चा खेल्नु नपरोस्।' जनजाति महासंघको महासचिव र नेकपा एमालेको सोलुखुम्बु जिल्ला कमिटीका उपसचिवसमेत रहेका शेर्पाले सार्वजनिक रुपमा यतिसम्म अपराधिक र आपत्तिजनक अभिव्यक्ति दिदा पनि सम्बद्ध पार्टी र महासंघ मौन रहेकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन्। आङकाजी शेर्पा, मल्ल के सुन्दर, कृष्ण भट्टचन लगायत केही आइएनजीओकर्मीहरूले मूलधारका राजनीतिक दलहरूबाट विद्रोह नगरी एकताको पक्ष लिने नेता कार्यकर्ताहरूलाई सामाजिक बहिस्कारको आह्वान गर्ने भनेर लबिङ चलाइरहेको बताइएको छ। यति गर्दा पनि सम्भव नभए त्यस्ता नेता कार्यकर्ताको लिष्ट उतारेर भौतिक हमला गर्नेसम्मको तयारी भइरहेको महासंघ सम्बद्ध स्रोतले जनाएको छ। http://www.weeklynepal.com/ind...

_____ · Jun 11, 2012 8:53 AM · 3,364 views

4 Replies

Aba ek thari manchhe haru, ankha nikalera gucha khelne bhaneko matra ho, marchhu bhaneko hoina bhanera justify garna aunchha hola.

rahashya · Jun 11, 2012 10:18 AM

लोल रहस्य जी ले गजब कै रहस्य को कुरा गर्नु भो है , हुन त हो नि गुच्छा खेल्नु भन्या कहाँ मर्नु हो र ? खेल ले त झन् भै चार बढाउन मद्दत मिल्छ नि

_____ · Jun 11, 2012 1:46 PM

के जाठों आङकाजीले चैं गूच्चै खेल्न नपाउने हो र??? यो त सरासर कास्टीजम भयो है । आङ काजी ब्रो, मज्जाले खेल गूच्चा पर्या म बेहोर्छू ।

28th amendment · Jun 11, 2012 1:51 PM

भैरब अर्याल ले लेख्नु भएको ब्याग विधा मा जस्तै सबैले त्यो सेर्पा र तिनका कार्यकर्ता देख्न साथ् सक्कली आखा थैलीमा नक्कली आँखा आखाको तोप्रो मा राख्नु पर्ने भयो .

MaGorkhe1 · Jun 11, 2012 3:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all