राजनीतिको बाजे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजनीतिको बाजे ! रामकुमार पाँडे   वोलबोल माछो मुखभरि पानी ! जति उपि|mयो भ्यागुतो खाल्डैमा जानी ! कहीँ नभएको जात्रा हाँडीगाउँमा ! कच्ची वैद्यको मात्र यमपुरीको यात्रा ! कानुन हराए गोर्खा जानु भन्थे अब रोग हराए अस्पताल लानू भने हुने भो ! जति भाँडो उति चुपुर्को भनेको यही हो। जतिजति विकास होला र समस्याको निकास निस्कला भन्यो झिकिदे गाँड भन्दा थपिदे राँड भनेझैँ भो। पुराना कुरा र नलाग्ने छुरा बरोबर ! हेर्दाहेर्दै हुलाकले तलाक दियो। स्टुडियोमा गएर फोटो खिच्ने चलन हरायो। फोटो धुलाउने र लुगा सिलाउने चलन त कता पुग्यो कता। अर्थात् कति कुरा लापत्ता भए सक्कली हराए नक्कली आए। अबको शिक्षा उल्टेर गुरुलाई ढोग हैन विद्यार्थीलाई ढोग। आमाबालाई पाटी बास गराउ र वृद्धाश्रमको हन्डी खिलाउ भन्नुपर्ने भो। यसैले पुरानो शिक्षा झुत्रो भयो भने हुन्छ। राम्रो र सुन्दरको ठाउँमा 'डेन्जर' आयो। कुनै तरुनी राम्री भन्नुभयो भने 'क्या डेन्जर रै'छ' भन्नुपर्छ। डाँकाजति नेता भए। नेताजति डाँका भए। स्वर्ग गए। यसैले अब शून्यदेखि सुरु गर्नुपर्‍यो। तलदेखि माथि हैन माथिदेखि तल झर्नुपर्‍यो। तँ, तिमी, तपाईं, हजुर किन ? हजुर, तपाईं, तिमी, तँ हुनुपर्‍यो। बाह्रखरीको रूप नै अनेकथरि गर्नुपर्‍यो। कपुरी 'क' हैन कमान्डर 'क' भन्नेदेखि खरायो 'ख' नभनी खलासी 'ख' र गाईगोडे 'ग' का ठाउँमा गधा 'ग' भन्ने बेला आयो। गाई हैन गधालाई राष्ट्रिय जन्तु बनाएर चुनावचिह्न राख्नुपर्‍यो। चुनावचिह्न पनि अब त मान्छेअनुसार बाँड्न निर्वाचन आयोग कस्सिनुपर्‍यो। नत्र ठीक प्रतिनिधित्व हुन्न। मान्छे हेरी कसैलाई चम्चा कसैलाई कैँची, कसैलाई लोटा, कसैलाई झोला र कसैलाई चिम्टा ! समानुपातिक मिलाउन खच्चडदेखि जङ्गलका स्याल र ब्वाँसो, घोडगधा ! विश्वविद्यालय पनि एमालेदेखि भैमाले, काँगे्रसदेखि भाङ्गे्रस र राष्ट्रवादीदेखि अराष्ट्रवादी। बस, अनि पो सही रूपको पारदर्शी विकास हुन्छ। विद्यार्थीले जाँचमा चोर्ने अधिकार पाएपछि शिक्षकले पनि पाउनुपर्छ। पुलिसले चोर समात्ने हैन चोरले पुलिस पक्डने परम्परालाई अग्रगामी कदम मानेर समाजमा सज्जन घट्दै र चोर बढ्दै गएकाले सज्जन थुन्ने जेल बनाउने काम गर्नुपर्छ। अनि पो हुन्छ सज्जनको संरक्षण। सांसदको परिचय बहादुरीसाथ रातो पासपोर्ट बेचेर मनी कमाइ धनी हुनुभएकोमा सम्माननीय भन्नुपर्छ। बहादुरीको अर्थ नै यनकेन प्रकारेण धन कमाउने र स्ट्यान्डर्ड जमाउने भएपछि मसाज कन्या 'सेलिबे्रटी' हिरोइन हुने नै भए। अरू त अरू हाम्रा शब्दकोश अर्थको अनर्थ दिने त छँदै छ। 'अ' माने असल हैन न त 'क' माने कर्मचारी 'इ' माने इमानदारी रहेन न त 'ख' माने खरायो। न नीति, न नैतिकता। न न्याय, न कानुन ! राष्ट्रियता विकास भएर अनेक रूप लिए। अब एउटै अर्थ कहाँ लाग्छ ? भारतको भात खाने भाते राष्ट्रवादीदेखि चाइनाको चाउचाउ खाउ भन्ने चाउमिन राष्ट्रवादी। कसले पत्याउँछ तरुले राष्ट्रवादी। कोही सत्तु राष्ट्रवादी, कोही ढिँडे राष्ट्रवादी त कोही खोले र झोले। अनि आˆनो इँजार फुस्केको नदेख्ने ग्वाङलाई सुराल भ्वाङ परेको के पत्तो ? टाँगन घोडा कसी मदेशपारि देशमा बसी मोर्चा कसी सहर पसी खसी ढालेपछि भोजैभोज। देशले दङ्गल खाए पनि आफूलाई मङ्गल नै मङ्गल। अनेक वादी निस्केपछि सबै बर्बादी। अब योग्य भन्नाले कोटाअनुसार समावेशीको बिल्ला लगाएर व्याख्या गर्दै काँगे्रसी विज्ञ, कमनिष्ठ विज्ञको भागबन्डा ! शोषण भन्नाले पहिला नारा पछि सहारा ! जसरी पे्रमीले पे्रमिकालाई पहिला आकाशको तारा झारिदिउँला भन्छन् र काम पट्टेपछि पे्रमिकाको बङ्गारा झार्न पुग्छन्। पहिला महारानी भन्नेले पछि 'मार हान्ने' गर्छन्। अर्थात् सर्वहारापछि 'सर्वआहारा' गर्दै आˆना ढुकुढी भर्दै बूढोबाघले फट्याङ्ग्रा टिप्छ भनेझैँ घाँस चर्दै सत्यानाश गर्छन्। फेरिन पनि क्या फेरियो राजनीति ! मन्त्री हुने योग्यता हेर्‍यो भने पाकेटमाराको प्रमोसन भई ज्यानमारा आयो। अरू त अरू सहिद पनि दर्जादर्जाका। कोही कुखुरा चोर्न जाँदा भीरबाट लडेर सुइँकेको सहिद, कोही तरकारी किन्न बाटामा तमासे भएर जात्रा हेर्दा बन्दुक चलाउन नजान्ने सिपाइँले खेलाँची गर्दा साँचासाँची परेका सहिद! हुन त बलात्कारी, बहुलाहा र बेमानले ठुल्ठूला पद ओगटेर हसुर्ने जमानामा बिचरा फुस्रो आँखा पल्टाउनेलाई के भन्नु ? ज्यानमारा नै भए पनि सहिद भन्दा के बिग्रन्छ ? ज्यान मारेर मुलुकमारा मन्त्री भएकालाई सम्मान गरेझैँ शिर 'निहुरमुन्टे न' पार्नु पर्दैन। हेर्नोस् यस्ता कुरा त कति छन् कति ? शान्ति भङ्ग हुने डरले चुपचाप बस्नुपर्छ। अर्को कुरा सामन्ती र सामन्त छुट्याउन कठिन भो। उहिलेउहिले भुरेटाकुरे सामन्तको राज्यमा कति सामन्ती थिए ? अहिले तिनैले कुखुरा बासेझैँ सामन्तीले सिध्याए भन्दै भागबन्डा, अंशबन्डा र डन्डाले झारझुर पारेको लुटलाट र लाटलुट गरेको अकुत सम्पत्ति भएपछि कुत बुझाउन पर्ला भनी सम्पत्तिको सीमा तोक्न किन दिन्थे ? हो, पक्की राजनीति भनेको यही हो। 'सर्व आहारा' सिद्धान्त नै दलको सर्वमान्य, सहमतिको सिद्धान्त भएकाले शब्दकोशको शब्दार्थ कुनै परिमार्जन गर्नुपर्ने, कुनै फेर्नुपर्ने, कुनै हटाउनैपर्ने भएका छन्। नपत्याए हेर्नोस् ! नयाँ नेपाल भन्नाले भएको संरचना भत्काएर जुन रूप देखिन्छ त्यो नयाँ हो। दसैँमा पुरानो लुगा फालेर नयाँ हालेजस्तो छैन। पुरानो लगाइरहेको लुगा फालेपछि जुन रूप मान्छेले हतपती देख्दैन त्यसको दर्शन नै नयाँ हो। कसैलाई पत्यार लाग्दैन भने प्रयोग गरेरै प्रमाण देखाइदिन सक्छु। शब्द हेरफेरका क्रममा प्रधानमन्त्रीदेखि नै सोच्नुपर्छ। पहिले जनतालाई प्रशस्त धान ख्वाउन सक्ने हुन्थे र प्रधानमन्त्री भन्थे। अहिले आˆना नातागोता सबलाई देशको सम्पत्ति बाबुकै बपौतीजस्तो गरी दान दिने भएकाले 'प्रदानमन्त्री' भन्नु जाती। पद होस् कि पैसा आˆनालाई बाँडेर हिँड्नेजस्तो समाज सेवा गर्ने भएकाले 'प्रदानमन्त्री' भन्न सिफारिस गरिएको हो। अब पहिलेजस्तो सामन्ती भाषाको अर्थ छैन। किनभने त्यो सामन्ती पहिले प्रयोग हुन्थ्यो अहिले लोकन्तीलाई समेत हजुर भन्नुपर्छ। मान्य शब्द जति सबै अमान्य ! यसैले त आरक्षणको महत्त्व छ। लुरेलाम्रै भुरेभाङ्गे्र उमेर घटाएर हुन्छ कि योग्यतामा दोब्बर नम्बर बढाएर समावेशी अर्थात् बेसी समाउन पाउनेमा को पछि पर्छ ? त्यसमाथि पछि आउनेमाझमा सुत्ने त छँदै छ। राजनीति त अरू देशमा होला। हामीकहाँ त्यसको बाउ छ। जहाँ बाउ छ, त्यसको भाउ छ। दाउको त कुरै नगरौँ। कसैले शिरमात्र उठायो भने पात चाट्न लागेको कुकुरले झैँ ङ्र्यार गरेपछि को अघि पर्ने ? बस पात च्यातिनेगरी चाटे भैगो। यहाँ पात भन्नाले अर्को अर्थ नलागोस्। नयाँ परिभाषाअनुसार पातरूपी देश हो। किनकि हामी यसमै खाएर हुर्कन्छौँ। संसारका सबै बिज मूर्ख ! बिज भन्नाले राजनीतिक नियुक्ति कुकुरलाई गरे पनि त्यो विज्ञ हो। हाम्रो राजनीतिमा अधिकांश कुकुर मोडेल नै चालु छ। जनताले जति भने पनि कुकुरको पुच्छर बौलाहाको झैँ कहाँ सोझिन्छ ? मालिक र छोरालाई कुकुरले पुच्छर हल्लाउनमा जुन विभेद गर्छ त्यो नेतामा दुरुस्त छ। खान पाए जहाँ गएर भए पनि चाट्न छोड्दैन। जति पुरानो नेता भयो त्यति सिपालु कुकुरझैँ हुन्छ र दिने खानेकै पछि लाग्छ। खाएपछि भुस्याहाहरू त चिल्ला हुन्छन् भने अरूको के कुरा ? चिम्से र कोप्चेको त आँखै पुरिन बेर छैन। यसैले यहाँको राजनीति महान् छ र त आहान छ- कुकुर र नेतामा कुनै भिन्नता छैन। पशुलाई त विभेद नगर्नेले अरूलाई कहाँ गर्छ ? त्यसो नभएको भए तिनका पछाडि मान्छे किन दगुर्थे ? केही भेटिन्छ भनेरै हो कुदेको ! तपाईं पनि भाउ बढाउनु छ भने राजनीतिका बाउको पछाडि दगुर्नोस्। राजनीति भनेकै लाठी लिनेको भैंँसी हो। त्यहाँ केही नभए कम्तीमा राजनीतिको दलैपिच्छे राजनीतिको 'डबल' बाजे देख्नुहुनेछ ! http://gorkhapatra.org.np/deta...

_____ · Jun 10, 2012 8:25 AM · 2,326 views

1 Reply

सोल्टी माथि साढे  साढे माथि पाडे अनि पाडे   पुराण पड़ेको थिए  यो पनि स्वाद लिएर पडियो. धन्य बाद !!!!!!!!

MaGorkhe1 · Jun 11, 2012 2:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all