न्युयोर्क, जेष्ठ २८ - अमेरिकी राजनीतिमा अर्थ संकलनको भूमिका कति प्रभावकारी छ भन्ने पक्ष अमेरिकी कंग्रेसका लागि प्रयासरत नेपाली मुलका दर्शन रौनियारको सन्र्दभले प्रष्टाएको छ । आगामी अगस्तमा हुने डेमोक्रयाट् पार्टीको उम्मेदवार मनोनयनका लागि रौनियारलाई कम्तीमा थप एक लाख डलरको जरुरी बनेको छ । आगामी अगस्त ७ मा प्रारम्भिक मनोनयनका लागि प्रतिस्पर्धा हुँदैछ् । करिब दश महिना अघि अर्थ संकलन अभियान थालेका रौनियारले हालसम्म करिब दुई लाख डलर संकलन गरेका छन् । शनिबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस्'मा पश्चिमी राज्य वासिङटनको एक नम्बर डिस्टि्रकबाट उम्मेदवार बनेका रौनियारले भने' डेढ महिना भित्र एक लाख डलर संकलन गर्न सके पार्टी मनोनयन निश्चिय छ । तपाईंहरुको माया सँगै आर्थिक सहयोग मलाई जरुरी छ ।' पार्टीमा मनोनयन भए आफु आगामी नोभेम्बरमा हुने चुनावमा कंग्रेसम्यानको रुपमा क्पापिटोल हिलमा प्रवेश गर्न सफल हुने दाबी रौनियारको थियो । नेपाली अमेरिकी पत्रकार संघ (नेजा) को अन्तरक्रियामा बोल्दै रौनियारले आफनो कंग्रेसम्यानको अभियानमा आप्रवासी नेपालीहरुको अहम भूमिका रहेको स्मरण गर्दै थप आर्थिक सहयोगका लागि आव्ह्रान गरे । 'चुनावी रणनीति प्रभावकारी बनाउन टेलिभिजन विज्ञापन जरुरी छ । अब त्यसको समय आएको छ र त्यसका लागि पैसा महत्वपूर्ण पक्ष हो ।' टेलिभिजन प्रचारका लागि ब्रोडकास्टिङ टेलिभिजनमा झण्डै चार लाख एवं केवल टेलिभिजनमा डेढ लाख डलर खर्च लाग्छ् । अमेरिकी संघीय चुनावी कानुनका अनुसार अमेरिकी नागरिकका अतिरिक्त स्थायी बसोबासको मान्यता(ग्रीनकार्ड) पाउनेहरुले उम्मेदवारको अभियानमा आर्थिक सहयोग गर्न पाउने व्यवस्था छ । दुई सय डलर भन्दा बढी सहयोग गर्नेको पेशा एवं व्यवसाय खुलाउनुपर्ने हुन्छ् । रौनियारलाई सहयोग गर्ने सूचीमा एक हजार आठ सय रहेका छन् । अमेरिकामा रहेका आप्रवासी नेपालीहरु मध्ये दश हजारले मात्र दश/दश डलर सहयोग गरेमात्र आफनो अर्थ संकलनले सार्थक रुप पाउने उनको भनाइ थियो । ७१ प्रतिशत गोरा अमेरिकी रहेको चुनावी क्षेत्रमा क्षेत्रमा आफुलाई एसियाली र ल्याटिन मुलका अमेरिकीहरुको सहयोग रहेको दाबी रौनियारको थियो । नेजा अध्यक्ष आङछिरिङ शेर्पाको अध्यक्षतामा आयोजित सो अन्तरक्रियामा समाजसेवी विश्व शाहको सक्रियतामा एक हजार डलर संकलन गरी रौनियारलाई हस्तान्तरण गरिएको थियो । http://www.ekantipur.com/nep/2...
fantush · Jun 10, 2012 2:14 AM · 2,347 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion