सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड ३ करोडलाई सेना बनाउने चेतावनी 21   २७ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता कांग्रेस-एमाले लगायतका दलको मात्र पेवा नभएको बताउनु भएको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले दलहरुबीच भइरहेको लडाई सत्ताकै लागि भएको बताउनु भयो । ‘माओवादीको सत्ता कब्जाको रणनीति रे । उनको मात्र बाउको पेवा हो सत्ता ?’ उहाँले भन्नुभयो-’जनताले नपाउने ? मधेसी, जनजाति, दलितले सत्ता नपाउने ? लिन्छ अब सत्ता । तीनले २ सय ४० वर्ष खाए, अब ५ सय बर्ष अरुले खान्छन् ।’ प्रचण्डले मधेसी, जनजाति, दलित सत्ताको महत्व नवुझेर बिगि्रएको र शासकहरु सत्ताबाहेक अरु केही नदेखेर विग्रएको दावी गर्नुभयो । कांग्रेस-एमालेको आग्रहमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खात गर्न खोजे नेपाली सेनाले साथ नदिने प्रचण्डको दावी थियो । ‘नेपाली सेना गणतन्त्रबादी सेना, अहिले सायद उनीहरुले राष्ट्रपतिकोमा गएर अपदस्त गर यो सरकारलाई भनेका होलान्’ टाउको हल्लाउँदै प्रचण्डले भन्नुभयो-’मान्नेबाला छैन सेनाले । किन मान्ने ? कांग्रेसले भनेको पछि किन हिड्ने सेना ? माओवादीले संवैधानिक ढंगले पनि ठिक निर्णय गर्छ, राजनीतिक ढंगले पनि ठिक निर्णय गर्छ । नेपाली सेनालाई पनि आफ्नो मान्छ । निर्वाचित सरकार पनि हो भने के माओवादी सौताको छोरा हो ?’ माओवादीले २-४ हजार सेना र केही हतियार मात्र बुझाएर केही फरक नपरेको भन्दै उहाँले आफूले चाहे ३ दिनमा ३ करोड जनतालाइ सेना बनाउने दावी गर्नुभयो । ‘माओवादीले दुई चार हजार थान हतियार बुझाएपनि जनताको एजेन्डा नछाडेकाले नेपाली जनताको सबै हतियार माओवादीले प्राप्त गरेको छ,-उहाँले भन्नुभयो- ‘नेपाली जनताको साथ पाएसम्म माओवादीलाई कुनै पनि कुराको अभाव हुँदैन ।’ संविधानसभाबाटै संविधान जारी गर्नुको विकल्प नभएको भन्दै उहाँले आवश्यक परे ४ पटकसम्म संविधानसभा निर्वाचन गर्ने बताउनु भयो । ‘अरु विकल्पबाट संविधान बनाउने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन’ उहाँले भन्नुभयो-’एक पटक हैन, दुई पटक मात्र हैन, आवश्यक पर्‍यो भने तीन-चार पटक पनि संविधानसभाको निर्वाचन गर्नुपर्छ र संविधानसभाबाटै संविधान बन्नुपर्छ ।’ पुनःस्थापना गर्दैमा संविधान बन्छ भन्ने ग्यारेन्टी नभएको भन्दै उहाँले सबै विवादित विषयमा सहमति भए मात्र संविधानसभा ब्युँताउन सकिने बताउनु भयो । सत्ताकै लागि पुनःस्थापनाको कुरा गरिएको हो कि भन्दै उहाँले भन्नुभयो-”सत्ता र सरकारका लागि मात्रै उनीहरुले संविधानसभा पुनःस्थापना गर्न खोजेका हुन भने त्यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, हामी त्यस्तो आत्मघाती काम गर्न तयार छैनौं ।’

_____ · Jun 9, 2012 10:50 AM · 41,171 views

38 Replies · Showing 21 - 38
Page 2 of 2

यो प्रचंडेलाई चाकमा रकेट बालेर अर्को ग्रहमा पठाउनु पर्छा/ अनि बल्ल अलि शान्ति हुन्छा कि नेपाल मा /

rahashya · Jun 9, 2012 6:26 PM

येस्तई गाडूहरु सम्भिधानसभाको वरपर घुम्दा रहेछन र पो निर्वाचन हुन नसक्या र छ | बल्ल बुझियो | कुरालाइ दोरै-तेरै भन्दा नि नबुझ्ने उल्टो माबादी-साबदी भनेर आरोप लाउने येस्तई अबुझहरुले गर्दा हो केहि हुन नसक्या | अब त जनता भएर कुरा गर्यो कि माबादिको आरोप पो लाग्ने ?? तेरी मा पन्चे हो | लौ जा !!!

bittertruth · Jun 9, 2012 6:40 PM

 will you guys stop fighting between yourself... you can have your own political belief or you can be a crade for any party but that doesnot mean that you have to be a blind supporter... whoever you support, they all are there for their greedy sakes... so stop accusing each other for nonsense reason but the reality is that prachanda, likemost of the other political leaders, is a bug for the country......

moss · Jun 9, 2012 10:32 PM

I had written a poem on Dahal long ago.  I hope you guys will like it. कविता: " मेरो देशमा एउटा दाहाल छ"   मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो- सुनेको छु तिम्रो देश त कमाल छ  सुन्दरताको मिसाल छ मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ   अझ सुनाउन तिम्रो देश बारेमा.   अनि मैले सुनाए    हो! अनौठो मेरो देश नेपाल छ सुन्दरतामा बेमिसाल छ मनै लोभ्याउने पहाड अनि हिमाल छ उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ नेपालीको मनमा भोलापनको बहाल छ     तर अहिले मेरो देशको स्थिति बेहाल छ राजनैतिक समस्या बिकराल छ गरिबी र अकाल छ जता ततै बन्ध र हड्ताल छ दिनरात जुलुश र मशाल छ सोझा नेपाली को हातमा रगतको गुलाल छ विकासको न सुर छ न ताल छ नया नेपाल बनाउने न नै कुनै कुमाल छ   यति  सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो-   मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ      मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.आँसु पुछी उसले फेरी सोध्यो-   जुन देश प्रकृतिले यस्तो मालामाल छ त्यसमा के कारणले यस्तो बेहाल छ   मैले उत्तर गरे-   मेरो देशमा एउटा दाहाल छ   मेरो देशमा एउटा दाहाल छ उसको एउटा हातमा मसाल छ अर्को हात हजारौ नेपालीको रगतले लाल छ   उसको कुरा सुन्नेहो भने बबाल छ शब्द शब्दमा  धमाल छ उसको बातमा न आउ तिमी त्यसमा ठुलो जाल छ   खोक्रो आडम्बर बिशाल छ बौद्धिकतामा भने कंगाल छ प्रचण्डपथमा समृद्धिको अकाल छ    उसले निमत्याउन लागेको समस्या बिकराल छ  उसले ल्याएको झोला भित्र विषालु अरिंगाल छ  आउ लैजाऊ भन्छौ हामी, खै कहाँ छ कहाँ त्यो काल छ.  

Korean_Soju · Jun 9, 2012 11:29 PM

 Ajhai pani Prachande jasto kukur, desh drohi ra hatyara ramro ho bhanne KUKUR haru sajha ma bhukirako chhan hai? 

collegefootballrocks · Jun 10, 2012 2:52 AM

ए  तपाई चाही हड्डी चपौदै यो कमेन्ट गर्दै, शायद यो तपाइको भुक्ने समय होला | ल ल , मोज छ | अब मलाई तपाई भुकी हाल्ने छ भन्ने लागि रा छ |

bittertruth · Jun 10, 2012 11:21 AM

 Bittertruth is only person with DIMAG in sajha. PERIOD.

NALAPANI · Jun 10, 2012 1:28 PM

 सबै नेता र तिनका चम्चाहरुलाई रत्न पार्क मा राखेर जनताले झापड हान्नु पर्ने बेला आएको छ. 

giordano · Jun 10, 2012 1:56 PM

 Ta jasto bhusiya kukur ta haina ni "bittertruth".....ta prachande ko naajayaj chhoro saale kukur bahula kukur jasto nabhuk...Tero baau Prachande Nepal ma karayeko ra ta kukur yaha sajha ma karayeko kehi kaam chhaina...taile yaha saja ma maobadi bhais, YCL bhais bhanera arulai k k na garnu sakchhu bhanera bhukeko holaas haina? Ta jasto kukur le kei khyaasna sakdaina bujhis??

collegefootballrocks · Jun 10, 2012 4:37 PM

come guys. "Bhai phute gawar lutey" jastai bhayo yahan ta. Yahan jhagada garera kei paune wala chaina. Mojmasti ra ananda sanga basne raja, prachande ra ramchandre nai hun kyare!!!

atomic · Jun 10, 2012 5:04 PM

People of Nepal are already saying "enough is enough" to all dirty and disgusting politicians of Nepal... http://www.youtube.com/watch?v...

fantush · Jun 10, 2012 5:54 PM

 collegefootballrocks  भाइ,  हा हा हा कस्तो रिसाको | तत् !!   बाबा , मान्छेहरु online मा शुद्द क्या रिसौछ बा | मलाई त हास पो उठेर आउछ | म तेस्तो केहि पनि होइन तिम्ले सोचेको जस्तो |  तिम्लाई ब्येंग्य नपच्ने रहेछ हा हा हा |  यो कुरा हरु छोडुम , साख्हे कुरा चाही के भने हाम्रो देशलाइ बिकाशको खाँचो छ , प्रगतिको खाँचो छ | अब मेरो माथिको भनाइको सार भनेको तेती हो | ल तिमि धेरै नरिसाउ | 

bittertruth · Jun 10, 2012 6:49 PM

 Bitter truth Bro, yo maobaadi ko halkaa pani support kasaile garchha bhane malai sahana nasakne ris uthchha k garne? Afno manchhe mardaa ko chot k ho tyo hamilai sodha bro. Anyways, like you said, हाम्रो देशलाइ बिकाशको खाँचो छ , प्रगतिको खाँचो छ ...thats the ultimate desire of most nepalese. But, i am damn sure it could be achieved by any other people or parties but not by Maoists. They were and are terrorists. Chill Bro!

collegefootballrocks · Jun 10, 2012 7:34 PM

Lau Hera, resort ma nagaikana nai kura milisakyo. Jatha neta haru ley chahi kura milaune bhanera matrai hajrau rupey mahango resort Mai kharcha garekachan.

atomic · Jun 10, 2012 9:41 PM

 Prachanda is 'the Pandora' of Nepal, keeps opening 'the box of trouble'. 

abinabh · Jun 10, 2012 9:49 PM

lol @atomic :D

bittertruth · Jun 10, 2012 11:59 PM

मेरो original  पोस्टिंग प्रचण्ड को सस्त्ता कब्जा सम्बन्धि विचार सबै ले थाहा पाउन  को लागि थियो. तर येस्मा अचम्म  संग साथि हरुले आफ्नो मन को कुरा राख्नु भो. केहि चडका चद्की परे पनी बिस्तारै सौहाद्र बाताबरण बन्यो  एसका लागि Bittertruth  र collegefootbalrocks  लाइ धन्यवाद,   तपाइहरुले  crisis  लाइ   creativity  तिर मोड्न भएको छ. मेरो व्यक्तिगत विचार मा हामि नेपाली सधै नेता को /पार्टी को पछाडी लग्न पर्छ/ उनीहरु प्रति लगाब देखाउन पर्छ भन्ने तिर लागेउ. तेही हामि जनता ले गल्ति गरेउ कि ? कहिले कसको समर्थन गरेउ/कहिले कसको सुख्हा पाइन्छ कि भन्ने आश मा. कोइ राजा को पछाडी, कोइ कांग्रेस को पछाडी, कोइ एमाले को पछाडी, कोइ मधेसी को पछाडी, कोइ माओबादी को पछाडी.  बास्तव मा हुन पर्ने उल्टो हामीले तिनीहरु बाट Demand  गर्न पर्ने.तिनीहरु हाम्रो पछाडी हुन पर्नी तैले एसो भन्याथिस खोइ भनेर ? जनता को फोरम मा तिनी हरु लाइ उभ्यौना पर्ने. जनता को फोरम भनेको चुनाब भयो हाम्रा लागि. चुनाब मा हामीले भोट नदिए पनि आरुले भोट दि हल्चन. एउटा चुनाब हारेपनि अर्को चुनाब जिती हल्छन. चुनाब हारेपछि उनीहरु लाई झन् मज्जा घुस खाएको पैसा ब्यापार स्यापार मा लगाउन समय दिएको जस्तो. नेता ले पार्टी ले गरेको promise  लाई पुरा गरेन भने तिनी हरु खत्तम नभए सम्म तिनीहरु बाट यो कुरा demand  गरि रहन पर्छ. त्यो हाम्रो अधिकार हो. हामीले तिरेको कर को पैसा मा मोज गर्ने हरु  बाट हामि ले जबाफ खोज्ने पर्छ. यहाँ त कस्तो भयो भने  राजा बादी ले राजा संग accountability  नखोज्ने, कांग्रेस ले कांग्रेस संग accountability  नखोज्ने, माओबादी ले अएमालेबादी  ले उनीहरु को पार्टी संग  accountability  नखोज्ने ( सानो जमात ले चाहि गरि राखेको छन तर तिनीहरु को voice  तेसै दब्छ) हामि जनता ले आफु लाई कांग्रेस, राजाबादी, एमालेबदी, माओबादी भनेर किन उभयौना पर्ने ? किन मधेसी जनजाति भनेर उभायुना पर्ने. राजाबादी कांग्रेस, माओबादी, मधेस बादी ले त मोज गरे टन्न. जनजाति ले अरु भन्दा अलि कम मोज गरेका छन. अब तिनीहरु पनि अरु मोज गर्ने नेता जस्तै हामीले पनि मोज गर्न पाउन पर्यो भनेर आइरछं तेत्ति हो. एउटा पार्टी को सरकार आयो  कि अर्को पार्टी को पक्च्याधर ले तुरुन्त बिरोध गरि हाल्छ यहाँ. किन भने  उसले मोज गर्ने पैसा गुम्यो, उसको सत्ता अरुले मोज गर्न थाल्यो. अनी तिनी हरु मेडिया मा जान्छन , जनता भद्कौना, यो देखेर बर्तमान सत्ता मा बसेर मोज गरि रहेका हरु पनि मेडिया मा जन्चन उनीहरु का बिरुध्ह . हामि नेपाली हरु बिरोध भने पछी त्तुरुन्तै  मन पराउछु. नेता हरु को एक अर्का को बिरोध गरेको , देश/जनता को सेवा गर्न नपाएर होइन कि आफुले मोज गर्न नपाएर  हो. नेपाल को इतिहास ले तेही देखाउछ  अनि हामि पिछ  लग्गु जनता कहिले कसको पछि लग्यो, कहिले कसको पछी लग्यो.  चुनाब मार्फत कहिले कसै लाई मोज गर्न दियो, कहिले कसै लाई मोज गर्न दियो हामीले कहिले पनि नेता हरु ले भनेको कुरा को जबाफ को accountability  खोजेनौ राजनीति ब्यापार भएको छ. पार्टी को घोसणा  पत्र ब्यापार को बिज्ञापान.  fare  and  lovely  लगाएपछि गोरो हुन्छ भनेर  भनेको जस्तै , कहाँ गोरो हुनु, गोरो हुने चाहना मा सोझा साझा ले ब्यापारी लाई पैसा बुझाएको बुझायेकाइ. ब्यापारी को धन बढेको बढाई आफ्नो अनुहार को रंग जहाँ को तेही  राज्तिनिक पार्टी ले पनि तेही गरि रखेकछं कुनै पनि देश मा सबै भन्दा शक्तिसाली भनेको जनता हो. शक्तिशाली पछय ले आफ्नो सक्ति बुझेन   भने   भने  मात्र मोज गर्छन . हामि चाहि कहिले राजा को पछाडी, कहिले प्रचण्ड को पछाडी, कहिले कांग्रेसको , कहिले एमालेको. हामि त्यो किन गर्ने ? हामीले तिनीहरु संग तिनी हरु को जिम्मेबारी को accountability किन नमाग्ने? हाम्रो voice  किन strong नबनाउने ? किन कांग्रेसको रिस मा कम्युनिष्ट लाई कम्युनिष्ट को रिस मा राजा लाई मोज गर्न दिने? जनता ले मोज गर्ने दिन कहिले? जहिले पनि पार्टी को बिज्ञापन मा हामीले किन विश्वास गर्ने? तर तेसी भन्दै  मा हामीले नेता चन्द्रमा  बाट लेराउने होइन नि, भएकै बाट खोज्ने हो. तेसकरान उपाए के त ? accountability  खोज्ने, पार्टी नेता लाई जबाफ दिन बाध्य पर्ने. तिनीहरु को credibility  मा प्रस्न गर्ने. यहाँ त के भयो भने, माओबादी को credibility  मा प्रस्न गरेर हामि बरू राजा ठिक, या कांग्रेस ठिक या एमाले ठिक या मधेसी ठिक भंदिन्चौ. तिनीहरु मधे  कोइ पनि ठिक भाको भए नेपाल धेरै माथि पुगी सक्ने थियो  मेरो विचार मा नेपाल का सबै राजनीतिज्ञ /पार्टी/पक्छ्य   quality  control  नभएको    factory  को उत्पादन भएको बस्तु जस्तै हो तेसकारण हामीले जनता को अधिकार को सुरक्च्या गरम. जनता लाई  परेको पिर मर्का उठाउ , राजनीतिक पार्टी/नेता राजा ले कुनै कुरा गरेमा आफु शक्ति मा छडा  किन नगरेको नि भनेर सोधम र यो कुरा कहिले नाछोदम मधेसी नेता ले मधेसी को भलो गर्नी भए उहिले गरि सक्थे. सत्ता  मा जना को लागि छ वटा पार्टी फुटेर १६ वोटा बनाइसके. जनजाति मा पनि तेस्तै हो सबै जात जाति ले सबै पद पाउन सम्भब छैन सत्ता मा पुगेपछि सत्ता को लागि हजार पटक फुट्छन. देश को लागि भनेर आजिबन लडेका केहि कांग्रेसी र कमुनिस्ट  नेता ले सत्ता मा  गए पछि पैसा को लागि के गरेनन?  तेही पैसा खान नपाएर  जनजाति का नेता लाई छट्पट भाको छ तेस्ता ले जनता को भलो गर्लान भन्नु गिरिजा ले देश विकास गर्छ भन्नु जस्ती हो हामि नेपाली लाटो सोझो , सात दल ले राजा ले दुख   दिए बाबा भनेर कराए, लौ त भनेर राजा हटाई दिउ, माओबादी ले हामी तिमि हरु लाई मद्दत गर्छौ भनेर बिज्ञापन दिए, होला तनी भनेर माओबादी लाई ठुलो दल बनाइ  दिएम, अहिले फेरी राजा कराउन आइरछान हामि फेरी राजा लाई साशन दिन बेर लगाउदैनौ सारम्सा मा, साथी हो व्यक्ति, बाद, पार्टी को पछाडी लागेर आरुलाई मोज गर्न बतू खोलिदिनु सत्ता , हाम्रो समस्या समधान गर्छु भन्ने हरु सित accountability  खोजौ   

_____ · Jun 11, 2012 8:40 AM

Whenever   Prachanda says   " Mahan Janyudda" and   " balidan"...............he must be laughing inside. He knows how he made fool of every maoist to get into power.   Former maoist fighter  who think they have sacrificed for the country should wake up and smell the coffee.    They have been used.  They have been made criminals by the luring and coertion. Prachanda is master of using fools.  He INVENTS new word and make people fight for it. Remember how he did NEPAL BANDA for almost six months  by first inventing  a word called  " NAGARIK SARWOCHATA "  . After few months when this didn't work he invented a word called   " RASTRIYA SWABHIMAN".   HIs fool supporter from all over the country came to capital and paraysed the life.   When people of KTM said enough is enough he took it back.  I want to ask maoist puchar's  ............what happend to  "nagarik sarwochata " and " rastriya swabhiman"?   Now he is a leader of Most corrupted party of Nepal. Remember  there were 8000 maoist who died.  When he became prime minister he declared them sahid.   He decided they should be given 10 lakh each.   9lakh of those went to maoist coffers.   And  maoist leader have been emblezzeling money of PLA, taking 3 thousand out of 7000 ruppes every month for three years from each so called 19,000 PLA . UN stopped providing fund because of this corruption. Tomorrow mohan baidhaya will invent new word  called   JANA GANATANTRA.   And fool people will fight for it. Last edited: 11-Jun-12 08:55 AM

no_quiero · Jun 11, 2012 8:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all