जनजातिलाई संयमित हुन ताम्राटको आग्रह

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जनजातिलाई संयमित हुन ताम्राटको आग्रह (0 Votes)          कान्तिपुर संवाददाता ० »  काठमाडौं, जेष्ठ २८ - राष्ट्रसंघका महासचिव बान कि मुनका विशेष प्रतिनिधि ताम्राट सामुयलले आदिवासी जनजातिलाई आफ्ना मागबारे संयमित भएर प्रस्तुत हुन आग्रह गरेका छन् । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारू, महासचिव आङकाजी शेर्पा, कोषाध्यक्ष डन्डु शेर्पा लगायतसँग भेटी ताम्राटले उक्त आग्रह गरेका हुन् । 'देशको वर्तमान अवस्थाबारे छलफल भयो,' ललितपुरको कुसुन्तीस्थित महासंघ कार्यालयमा भएको भेटबारे उल्लेख गर्दै महासचिव शेर्पाले भने, 'नेपालको सन्दर्भमा जातीय पहिचानसहितको संघीयता नौलो भएको र यो विषयलाई स्थापित गर्न संयमित हुनुपर्ने ताम्राटले आग्रह गर्नुभएको छ ।' वर्तमान राजनीतिक स्थिति लामो समयसम्म लम्बिन दिन नहुनेप्रति ध्यानाकर्षण गराउँदै ताम्राटले जनजातिका अधिकारबारे आम मानिसलाई बुझाउन सक्नुपर्ने बताएका थिए । 'आदिवासी जनजातिका मागप्रति भ्रमपूर्ण बुझाइ रहेको पाइएको छ,' दोभाषेमार्फत आफ्ना विचार आदानप्रदान गरेको सुनाउँदै उनले भने, 'आफ्नो अधिकार स्थापित गर्दा अर्काको अधिकार हनन हुन नदिन सन्तुलित अभिव्यक्तिमार्फत लैजानुपर्छ भनेका छन् ।' महासंघका अध्यक्ष थारूले जातीय पहिचानसहितको संघीयता संविधानमा सुनिश्चित हुनुपर्ने माग लिएर संघर्ष गर्दै आएकोबारे ताम्राटलाई जानकारी दिएका थिए । दलहरूबीच सर्वपक्षीय राष्ट्रिय सहमति हुनुपर्ने, संविधानसभा ब्युँताइने हो भने बढीमा एक महिना मात्र रहनुपर्ने र संवैधानिक प्रक्रियामा अघि बढ्नुपर्ने महासंघले जनाएको थियो । 'संविधानमा तत्काल जातीय पहिचान सहितको संघीय राज्य तत्काल टुंगो लगाउनुपर्छ,' लेखीले भने, 'तर संघीयताबारे आदिवासी जनजाति जनमत संग्रह र आयोगको पक्षमा छैन ।' महासंघले जातीय पहिचातसहितको संघीय राज्य हुनुपर्ने मागसहित तीन दिन नेपाल बन्द गरेको थियो । उक्त बन्दका क्रममा आन्दोलनकारीले सञ्चार माध्यममाथि आक्रमण गरेका थिए । ८० भन्दा बढी प्रेसमाथि सांघातिक आक्रमण र तोडफोड गरेका थिए । त्यही विषयलाई लिएर राष्ट्रसंघका प्रतिनिधि ताम्राटले नेपाल भ्रमणका क्रममा जनजाति महासंघका पदाधिकारीसँग भेट गरी संयमता अपनाउन आग्रह गरेका हुन् । प्रकाशित मिति: २०६९ जेष्ठ २८ १२:५६

_____ · Jun 9, 2012 10:44 AM · 1,183 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all