श्रीमानले लिगं परिवर्तन गराएर घर फर्केपछि होस गुम्यो श्रीमतीको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

श्रीमानले लिगं परिवर्तन गराएर घर फर्केपछि होस गुम्यो श्रीमतीको डिसीनेपाल डटकम संवाददाता– रोजगारीको लागि घर छोडेर भारत लागेका श्रीमान दश बर्षपछि केटीको रुपमा घर फर्किदा उनको श्रीमती र परिवारको हालत कस्तो हुन्छ होला ? सायदै यसको जवाफ हामीले कल्पना गर्न सक्दैनौ । तर यस्तै परिस्थितीको सामना गर्न बाध्य भएकी छिन्– बर्दियाको जमुनी गाविस ६ की दुर्गादेवी सुनार ।  दश वर्ष अघि रोजगारीको लागि उनको श्रीमान् लालबहादुर सुनार भारत लागेका थिए । दश बर्ष पछि श्रीमान् घर फर्किएको जानकारी पाएर दुर्गादेवी पतिलाई भेट्न नेपालगञ्ज पुगेकी थिइन् । श्रीमानको रुपरंग देखेर दुर्गादेवीको होसहवास नै गुमेको छ । यस्तै नेपालगञ्ज र बर्दिया आसपासका बासिन्दाहरुको उनको रुप देखेर अचम्मित भएका छन् ।    परिवारको दायित्वलाई वेवास्ता गर्दै लालबहादुरले लिंग परिवर्तन गरेपछि उनका दुई छोरा र श्रीमतीको हालत देखेर दुर्गादेवीका दाजुभाईले उनको विरद्ध पुलिसमा उजुरी दिएका छन् । उजुरी लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको दोश्रो दिन लालबहादुरलाई उनको दुई छोरा र श्रीमतीसँग मिलापत्र पछि छोडिएको छ । लालबहादुरले नेपालगञ्जमा रहेको १३ धुर र ४ धुर जग्गामा दाबी नगर्ने भनेपछि उनलाई दुवै पक्षको मिलापत्रमा प्रहरीले जमानी छोडेको थियो ।  वि सं २०५१ सालमा वैवाहिक सम्बन्धमा गाँसिएका लालबहादुर र दुर्गादेवीको २०५७ सालदेखि भेटघाट हुन पाएको छैन । लालबहादुर मुम्बईमा काम गरेर कमाएको पैसाले लन्डनमा गएर लिंग परिवर्तन गराएका हुन् । लालबहादुरले घरपरिवारसँग सम्पर्कमा नआएपनि उनकी दिदीसँग भने नियमित रुपमा सम्पर्कमा हुन्थे । घर खर्चको लागि कमाउन भारत पसेका लालबहादुरले लिंग परिवर्तन गर्नुको कारण भने खुलाएका छैनन् ।

cybernepali · Jun 7, 2012 9:07 AM · 12,345 views

4 Replies

I think it's better for husband to become a woman than for a wife to become a man. Imagine the husbands surprise to see another man in bed LOL

rethink · Jun 7, 2012 10:30 AM

Last edited: 08-Jun-12 07:36 AM

guchcha chor · Jun 7, 2012 11:46 AM

what a news

messikancho · Jun 7, 2012 12:58 PM

लिङ्ग परिवातन भाको हैन त्यो बिदेसमा बस्दा भाडाका महिला संग बिना ढाल यौन सम्पर्क ले  सिफलिस लागेर मुण्डन नगरी नहुने भएको हो . तेस पछी बाकि कर्म . 

MAGorkhe1 · Jun 9, 2012 7:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all