Pagal Banayou Priya

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

vasudev · Jun 6, 2012 5:25 PM · 6,592 views

7 Replies

Dhanna vasule tehi pic post gareko rahenacha...

Geology Tiger · Jun 6, 2012 5:28 PM

u mean bazin lmao

atomic · Jun 6, 2012 5:31 PM

 I appreciate beauty in all forms..I think he has a good voice.

vasudev · Jun 6, 2012 5:57 PM

पहिलो गजल सुनेर झन्डै पागल बनाको . एकै वाक्यलाई बारम्बार दोहार्र्यौदैमा गजल बन्छ , गजल भन्छ भने मेरो कुनै भन्नु छैन तर गजलको संरचनात्मक मिठास र भावको सुबास कतै भेटिन. आज मात्र एक जना दिन दिनै गजल लेख्ने एक घायल गजलकार को कुरा सुनेर झन्डै बेहोस  भएको फेरी अर्को सिंग न पुच्छर को गजल . शिब परियारको गायिकीमा कुनै अभाव छैन, स्वरको मौलिकपन, शास्त्रीय संगीतको यथेष्ट ज्ञान पनि छ उहाँ मा शंकै छैन तर राम्रो गजल हुन गायिकी मात्र हैन स्तरीय र प्राबिधिक रुपमा उच्चकोटिको शब्दहरु पनि हुनु पर्दछ . गुलाम अलि को भनक दिने शैली मा गाए पनि गुलाम अलि , मेहदी हसन, जगजित सिंह आदिका गजलमा जस्तो मिठो सुबासको अभाव पाएँ . दोस्रो गीत "रित्तो रित्तो छु म , छैन कुनै चाहना ...................... " भने शब्द, संगीत र स्वर को राम्रो संगम जस्तो लाग्छ . अलिकति हिन्दी सस्करण जस्तो आभास दिए पनि गीत को भाव , गहराईलाइ छुने हो यो सुन्दर सिर्जना मान्नै पर्छ .

rahulvai · Jun 6, 2012 7:35 PM

    Rahulvai maffi pau, maile yo video post gareko ma. Shiva pariyaar lai nadaan bucha bhanera maffi garideu. Usle sakey sumah koshish garekai ho. Affu testo ghazal haru ko khasai gyan bhayehna, affno kaan lai ramro laghyo ani share gari diye. Ali ali un ko video haru youtube ma herey ramailo laghyo. Ho unko yo kosish nai bhannu parla, unko mah yo suruwaat nai bhanchu, unko testo tapai le compare garera mahaan gazalkaar haru ko jastai ummer ni bhako chaina. Tara ramrai lagho kasaile nepal ko sangeet tshyetra ma meehenaat ra lagaan ko saath kaam gareko ma. Yedi kei bhool bhaye maafi pau.

vasudev · Jun 7, 2012 12:00 PM

बासुदेब, यसमा माफी माग्नु पर्ने कुनै कुरो छैन . मैले त केवल त्यो गीत लाई गजल विधा मा राख्न अलि मिल्दैन कि भन्ने कुरा गरेको हुँ. अझ भनुँ, रचना गजल जस्तो भएन. शब्द र भावमा मिठास भएन भन्ने मात्र हो . शिब परियार निसन्देह राम्रा गायक हुन्. अहिलेका च्याउ झैं उम्रेका झ्याउरे गायक भन्दा धेरै राम्रो गायक, संगीत को ज्ञान भएका भनेर माथि नै मैले भनि सकेको छु . दोस्रो भिडियो को गीत भने उच्च कोटी को छ , त्यो नि मैले माथि लेखि सकेको छु . यस उसले माफी माग्नु पर्ने कुनै कारण छैन बासुदेब . केवल मेरा बिचारहरु हुन्, जो कोइले पनि बिमति जनाउन सक्नु हुन्छ .  

rahulvai · Jun 7, 2012 12:09 PM

राहुलभाई ब्रोलाई गजल मन नपर्न गएको यस दूखद घडीमा म  पनि दाजूसँग माफी माग्न चाहन्छू । धन्यबाद ।

28th amendment · Jun 7, 2012 12:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all