माओवादी पनि चुनावमा जान डराएको छ : जनजाति महासचिव शेर्पा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफु लाइ जनजाति का ठेकेदार सम्झने आंग काजि शेर्पा जिउ को भनाइ पढ्नुस तल. शेर्पा जिउ, चुनाब मा बहुमत लेराएर देखाउनुस. अध्यन गर्नु भएको छ कुन चुनाबी छेत्र मा कस कसको बहुमत छ भनेर ? सबै जनजाति तपाई जस्तै  हुदैनन् बुझ्न भो , सबै जाति मिलेर बस्न पर्छ भन्यो भने, घटी मा ५०% प्रतिसत ले तेसो भन्ने लाई भोट देलान . तेसो नभयेपनी तपाइँ हरुले खस भन्नु भएको  जात को बहुमत पनि धेरै जिल्ला हरु मा छ  अब  के गर्नु हुन्छ? बन्दुक लेर जनता तर्साउनु एउटा कुरा, आमा चकारी गाली गरेर दुनिया हसाउनु एउटा कुरा , चुनाब जितेर सम्भिधन बनाउनु अर्कै कुरा हो काजि साहेब. देखि हाल्नु भो tapaika भगवान प्रचण्ड र बाबुराम को हालत, क्रान्ति ले आफै लाई खान्छ,  बिदेशी डलर को करामत भएन भने अब हुने चुनाब ले तपाई जस्ता भारेटाकुरे नेता लाई पनि खान्छ काजि साहेब. माओवादी पनि चुनावमा जान डराएको छ : जनजाति महासचिव शेर्पा (1 vote, average 1.00 out of 5) टेकनारायण भट्टराई, पाल्पा, जेठ २४- आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पाले बाहुन क्षेत्रीले भोट दिँदैनन् भन्ने चिन्ताले माओवादी पनि चुनावमा जान डराएको बताएका छन्। यो पार्टी विभाजनको सङ्घारमा रहेकाले निर्वाचनमा जाने निर्णय आत्मघाती हुने निचोडमा पुगिसकेको छ - उनले भने।   सत्तारुढ माओवादीमात्र हैन, मधेसवादी दलहरु पनि निर्वाचनमा जान अनिच्छुक देखिएका दाबी उनको थियो। उनले चुनावमा जनमत कम आउने डरले कङ्ग्रेस, एमालेले पनि निर्वाचन घोषणाको विरोध गरेका बताए। बुधबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उनको भनाई थियो- 'संविधान ब्युँताउन सके ठूलो दलको शाख बच्ने माओवादीको सोचाई होला।' नयाँ बन्ने जातीय पार्टीले तराई र मधेसको भोट चोर्ने भन्दै मधेसवादी क्षेत्रीय पार्टीहरु चिन्तामा रहेकाले चुनावमा जाने आँट नगर्ने उनले बताए। 'मधेसवादी दलहरु पनि आफैंमा फुटको शिकार बनेका छन्, उनीहरुलाई नयाँ पार्टी उदयको चिन्ता छ'- उनले भने। शेर्पाले जातीय पहिचान नस्वीकार्ने दलको हविगत जनमोर्चाको जस्तै हुने बताए। 'चुनाव भयो भने कङ्ग्रेस-एमाले जस्ता जातीय पहिचान नस्वीकार्ने दल जनमोर्चा जस्तै ४ सिटमा सीमित हुने पक्का छ'- उनले भने। शेर्पाले आफूहरु संविधान सभा ब्युँते पनि चुनाव भए पनि फाइदामै हुने दाबीसमेत गरे। 'अबको चुनावमा जातीय पहिचान र सङ्घीयता पक्षधरले दुई तिहाई मत ल्याउने पक्का छ', उनले थपे- संविधान सभा ब्युँते पनि जनजाति सभासदले पार्टी ह्वीपको धज्जी उडाउने छन्। उनले नयाँ पार्टी खोल्ने तयारी भएको पनि बताए। पार्टीको नाम, घोषणापत्र र साङ्गठनिक स्वरुपबारे छलफल जारी रहेको पनि उनले बताए। उनले जिल्लाहरुबाट प्रतिनिधि जुटाएर सम्मेलन गर्ने र नयाँ पार्टी गठनको घोषणा हुने जानकारी दिए। http://nagariknews.com/politic... Last edited: 06-Jun-12 04:20 PM

_____ · Jun 6, 2012 10:39 AM · 3,087 views

3 Replies

भो, धेरै नखोकुम, चुनाब हारेकाले मन्त्रि खाने देशमा येस्ता कुराहरुको कुनै तुक छैन | अनि त्यो गोबर शेर्पा र अन्य दल भनौदाहरुको चाला नि तै हो | देश दुबी सक्यो , अब कि भारतले कि चीनले छिट्टै भन्दा छिट्टै नेपाललाई उपनिवेश बनैदिए हुन्छ , होइन भने नेपालका मान्छेहरुको यो भन्दा दुर्गति हुने छ , उनीहरुलाइ बाच्नको लागि तेल, बिजुली र सुभिदा न चाहिएको हो, कि येस्ता डाकाहरु जो केहि गर्ने होइन सिवाय अभाव र त्रास मात्र दिन जानेका छन्, अझ पनि तेस्तैका भर परि बस्ने?  अब जसरि हुन्छ नेपालको उद्धार हुनु जरुरि छ , लायक कोहि पनि रहेनन् |

bittertruth · Jun 6, 2012 2:23 PM

Tei bhane sáb ka sáb ghusyaha ra aabsarbadi haru chan, aarop ra pratyarop gardai kalo rajniti gardai chan. Besyaka haru koi rastrabadi chainan.

atomic · Jun 6, 2012 3:16 PM

bittertruth, हामि नेपाली पढेर होइन परेर मात्रै चेत्छौ. अहिले पनि तेही भएको हो. संबिधान सभा  आएपछि के के न हुन्छ भनेर मान्छे को अपेक्च्या बढेको, नेता हरुपनि लौ हामीले के के न गरेउ भनेर हौसे का मात्र हुन्. तिनीहरुलाई टाढा को सोच्ने दिमाग नै छैन. हिन्दि सिनेमा को जस्तो छिन भर को हिरो  हुन पाए पुग्यो. cheap  popularity को लागि जे पनि गर्ने. मलाई एउटा जोक याद आयो नेपाली र इन्डियन साथि थिए रे एउटा गाउँ मा. दुवै जना मिलेर व्यापार गर्ने सोचेछान,  मिलेर भैसी किनेछन दुइटा तर इन्डियन  अल्छि रेछ. काम जाति नेपाली लै गरौदो रहेछ. जहिले पनि भै सी को गोबर सोरेर फाल्दा फाल्दा हैरान . इन्डियन को काम च्व्हाही दाना खुवाउने रहेछ, दाना खुवौदो रहेछा, फोहर काम गर्दै नपर्ने. नेपालीको   स्वास्नी चाही पनि एकदम रिसैछ. एस्तो मिलेर व्यापार गर्न हुन्न. म भैसी को गोबर सोर्न  सक्दिन भनिछ. अनी त्यो नेपाली गएर हेर साथि धेरै दुखः पाइयो यो भैसी को साझेदारी गरेर. अब छुट्टया उ भने छ. इन्डियन ले पनि हुन्छ तर कसरि छुट्टिने, भैसी ले पेट बोकेको छ, काट्न पनि भएन बरू जिउदै भैसी आधा आधा गरम भनेछ. नेपाली खुसि हुदै, ल ल हुन्छ भनेर खुब बाठो हुदै ल टा पछाडी को भाग लि, म अगाडी को भाग लिन्छु भनेछ, गोबर सोर्न को गारो ले , इन्डियन ले पनि हुन्छ भनेछ. केहि महिना पछी भैसी ब्येछ, बिचरो नेपाली दाना खुवाउदो रहेछ. इन्डियन चाहि भैसी को पछाडी को भाग आफ्नो परेकोले, दुध बेच्दो रेछ, खादो रेछ. अनी नेपाली लाई चाहि तर्साउदो रहेछ, दाना राम्रो संग खुवा है भैसी दुब्लायो भन्दो रेछ आहिले नेपाल म़ा येही भै रहेछ. जनता जत्ति दुखः गर्नी, नेता जाति मोज गर्नी जसो गरेपनि. जनजाति हारु ले आ कती काम गर्नु भनेर अगाडी को भाग लिन खोज्या, भैसी ब्याउने बेला म़ा नेपालीको अमेरिका म़ा पहिचान खोज्यो भने हिस्सी उदाउछान. अमेरिका को आदिबासी ले पहिचाहन खोज्दा, reserve  म़ा बस्न पर्यो बाहिर गोरा संग  घुलमिल गर्दा उनीहरुको पहिचान नस्ट हुन्छ भनेर. गोरा को चाहि जति  परिबर्तन भएपनि पहिचान नस्ट नहुने. अरुले चाहि अलिकति परिबर्तन हुन खोज्यो कि पहिचान नस्ट हुन्छ रे भने पछी सदाही भरि परम्परागत तरिका ले जिबन बिताउन भो. आफ्नो भाषा नै बोल्न पर्ने भो, आफ्नो लुगा नै लगाउन पर्ने भो , आफ्नै खानेकुरा मात्र खान पर्ने भो .एउटा जनजाति ले टाई सुट लगाएर फरर्र अंग्रेजी बोलेर बर्गर  खायो कि पहिचान नस्ट   फेरी उनीहरु नै अमेरिका मा आउने सबै लाई अमेरिकी छल चलन सिकाउन मद्दत गर्छन अमेरिका म़ा को मतलब छैन.They just want to feed the system with cheap labour so that they can make money. युरोप म़ा पनि तेही. झन् युरोप म़ा त्  जिप्सी (रोमा पनि भन्छन कसैले ) आफ्नो पहिचान छोड्न नमान्दा उनीहरु लाई जहाँ पनि तल्ला स्तर को मान्छन. अरु  लाई पुरानै पहिचान  म़ा राख्ने, नया नया आफु मात्र , अरु  सबै जंगली, सभ्य आफु मात्र. समय बदलि सकेको हुन्छ. सोच बदलिएको हुन्छ. तर पहिचान को नाम म़ा पुरानै चाल चलन कायेम गराउन खोज्नु जबर्जस्ति हो  म  धर्म मान्ने मान्छे होइन. धर्म म़ा मलाई विश्वास छैन. तर यो कुरा देख्दा मलाइ अचम्म लाग्छ कि एउटा जन जाति ले आफ्नो धर्म पर्बर्तान गरेर christian  भयो भने उसको पहिचान नस्ट हुने कि नहुने? अनी हिन्दु चाल चलन अपनाउदा चाहि उपनिवेश बनाएको हुने. होइन भने गोरा हरुले जनजाती लाई christian  बनाएको पनि बिरोध गर्न पर्यो, त्यो कसैले गरेको देखेको छैन. अब सबै कुरा नया अपनाएर राज्य को नाम मात्र जातिय राखेर पहिचान हुने हो भने एउटा बाउन ले टन्न गाइ को steak  खाएर, बेएर पिएर, टुप्पी नराखिकाना  सुँगुर मार्ने कारखाना म़ा काम गर्दै छ भने तेस्लाई बाउन कसैले भन्छ? तेस्तो बाउन को त सबै ले हिस्सी उदाउछं होइन र? तेस्तो बाउन लाई कासैले सराधे गर्न डाक्छ? अब एउटा जन जाति ले पिटर गुरुङ ( यहाँ गुरुङ जाति लाइ भन्न खोजिएको होइन, खालि उदारण को मात्र पर्योग गरेको हो) नाम राखेर, चर्च म़ा फादर को काम गर्छ भने त्यो उसको पहिचान नस्ट भएको हो कि होइन ? कि त्यो इशा मसिह ले उसलाई मुक्ति दिनु भएको? येस्तई येस्तई कुरा नबुझेर, बराबर अबसर को दाबी गर्नु सत्ता,  केहि समय को लागि प्राथमिकता माग्नु सत्ता काम न काज को राज्य को नाम जातिय मागेर जगत हँसाए. राज्य को नाम जातिय हुदै म़ा अवसर नपाएका, उपेक्छित जनजाति को कुनै प्रगति हुदैन. प्रगाती गर्न लाई त सबै ठाम म़ा  समान अवसर को माग गर्न पर्छ. र जुन जुन kura  ले त्यो अबसर पाको छैन  त्यो त्यो कुरा हटाउन भन्न पर्छ तेस्पची मात्र सर्बसाधारण   जनजाति को उद्धार हुन्छ. अहिले का जनजाति neta  ले राज्य को नाम जातिय माग्नु  ब्याउने  बेलाको भैसी  को अगाडी को भाग रोज्नु जस्तै  हो   Last edited: 07-Jun-12 07:51 PM

_____ · Jun 7, 2012 6:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all