इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले नियमविपरीत आफ्नो भत्ता आफैँ बढाएका छन् ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीले नियमविपरीत आफ्नो भत्ता आफैँ बढाएका छन् । उनले पाउने तलब–भत्ता त्रिविका उपकुलपतिको भन्दा दोब्बर भएको छ । त्रिविका रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले पनि पहारीले मनपरी ढंगले आफ्नो भत्ता बढाएको बताए । ‘भत्ता बढाउनका लागि केन्द्रीय कार्यालयसँग स्वीकृति लिनुपर्ने थियो तर लिइएको छैन,’ रजिस्ट्रार पौडेलले भने, ‘यो आर्थिक घोटाला हो ।’ आफूखुसी खाएको भत्तालाई लेखापरीक्षकले बेरुजु देखाउने पौडेलको भनाइ छ । उनले यससम्बन्धमा केन्द्रले आवश्यक कदम चाल्ने जानकारी दिएको खबर आजको सौर्य दैनिकले छापेको छ । http://onlinekhabar.com/2012/0... Comment: pawan wrote on 4 June, 2012, 3:32 न्याय प्रेमी IOE का प्राध्यापक एबम कर्मचारी मित्र हरु यो फटा लाई अक्तियारको खोरमा जाक्नु पर्छ

jhilkeJetho · Jun 4, 2012 8:32 AM · 17,897 views

9 Replies

इनिहरु लाई के थाहा, युरोप र अमेरिका मा मान्छे हरुले. mortgage  तिर्दा तिर्दै बुडो भै सकेका हुन्छन, प्रोफेस्सोर ले पनि दुखः गरि राखेको हुन्छ तर नेपाल मा चाही सबै लाई भत्ता. युरोप अमेरिका मा, भत्ता पाइदैन. त्यहाँ को तलब पनि घर जग्गा किन्न सक्ने हुदैन, त्यहाँ बिस्वो बिद्यलाये को डिन ले पनि  mortgage नलि घर जग्गा किन्न सक्ने तलब पाएको हुदैन, तर भत्ता भन्ने पनि हुदैन. नेपाल मा चाही? एस्तो आर्थिक बेथिति संग लड्न कोइ तयार छैन. तेती तलब ले त अम्रिका मा जस्तै घर कार राखेर बस्न सकिन्छ सजिलै . मान्छे नेपाली, देश गरिब, अमेरिका को जस्तो सुबिधा खोज्ने ? नेपाल मा अब ठुला ठुला पद हरु योग्यता  का साथै तलब लिलाम घटा घट गर्न पर्छ. योग्यता पुगेका  candidates  मध्हे जसले सबै भन्दा कम तलब मा मान्छ तेसै लाई दिने. आज त्रि बि लाई आर्थिक भार नपर्ने गरेर बडा को रे. आम्दानि  सबै भत्तामा  खर्छ गरेपछि त्रि बि को आम्दानी बददैना  नि. आम्दानी नबढे  पछि फी  बदाउना परि हाल्यो. डिन   जी ले त्रि बि को आम्दानी बढाउने  काम चाहि के गर्न भो नि ? डिन  को खास  काम हुदैन जस्तो छ नेपाल मा. कुनै creative  input  दिन पर्ने होइन, केहि होइन किन तेत्रो तलब भत्ता ? खर्च घटाए पछी  आम्दानी बढ्छ भन्ने साधारण कुरा पनि थाहा नभा को मान्छे कसरि डिन ? देश आनुसार को भेस  गर्न पर्छ.   Last edited: 04-Jun-12 09:23 AM

_____ · Jun 4, 2012 9:17 AM

Good bless IOE, the person was never an academic one. Was in active student politics around 2050's, pet of UML, god only knows how did he got into IOE so soon and become the dean.

kanchu! · Jun 4, 2012 9:34 AM

सबै भन्दा अचम्म त भरत पहारी 'डीन' भएको खबर लाग्यो. आइ ओ ई मा योग्यता, अनुभव को कदर हुने भए डा. आले वा अरु कोहि डीन हुनु पर्ने हो. पार्टीको राजनीति गरेर खुड्किलो चढेकाहरु कसरि दस हजार प्रतिस्पर्धी माझ छानिएका प्रतिभा को भविस्य लेख्न अघी सर्छन, लाजमोर्दो कुरो छ

mech · Jun 4, 2012 1:10 PM

 ho kya re yasto politician lai kasle kasari Dean banayechha achamma chha..ajab nepal gajab nepal maa yastai ho !!

jhilkeJetho · Jun 5, 2012 9:03 AM

आफ्नो हातमा डाडु पन्यु भाको बेलातेती गर्न नसके भुत्रोको दिन , केको झ्याम्टा बजाऊछौ यो साझामा खायो खायो , भत्ता त खायो नि , त्यो क्याम्पस सबै झ्वाम पारको छैन , अनि काम छैन बुहारी के कन्याउँ बुहारी भन्ने  उखान याद गराउनु पर्ला यी झिल्के ब्रो लाइ , कलम बन्दुक र मुख चलाउन जान्नेले जे पनि पाउछ , बन्दुक को भरमा देस चलाए अहिले मुख चलेको भरमा नारा बाजी जुलुस चलाएर बसेका छन् , "भाड मे गए सबै चिज " कलम चलायो , कुरा मिलायो , बढायो भत्ता , घुस खान नपाउने भएकोले होला , मिलाएर खाएको टाउको दुखाउनु पर्ने हजारौ कुरा छन् , शोच ठुलो राख ठुलै कुरा पाउला ? आजलाई यतिनै

MaGorkhe1 · Jun 5, 2012 11:17 AM

 kura sahi ho Magorkhe1...merai mukha cchhucho naboli herera basnu parne ke garne bolna man lagihalchha :))

jhilkeJetho · Jun 6, 2012 8:56 AM

 Kasle banayo yeslaI Dean? IOE kai bezzat

confused_soul · Jun 6, 2012 4:50 PM

ज्ञानेन्द्र राजा हुना साथ् कति भत्ता बढायो तेस्को लेखा जोखा गरेका छौ ? भत्ता बढाए अनुसार काम गरे भै हाल्यो नि ?

MaGorkhe1 · Jun 6, 2012 6:13 PM

 Engineering professional practice मा ethics पढाउथे, आफै चाहिँ सधै ढिला त कहिले आउँदै आउँथिएनन, अब अरुकुराको आशा  राख्नु त बेकार हो। तैपनि भत्ता अनुशारको केहि प्रतिशतको भए पनि काम पनि देखाउनुस  सर यति भन्न पर्यो ।

country_boy · Jun 6, 2012 6:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all