"कविता" माथि एउटा कविता | सम्झेदेखि अहिलेसम्म शब्दको कमी भएन | असारको मुशलधारे त नभनौ , तर साउनको झरी झैँ ती बगिरहे... जहाँ पायो,जे पायो ... न बिषयको वजनले छेक्यो न भावको गहिराइले ... अगेनामा घुसा'को छ्वालीजस्तै दनादन पड्किरह्यो... पड्कि 'राको छ | कारण चाहिएन, न झन्झट.. पारिजातको फूलजस्तै आफै झरे , "युद्ध,डर ,त्रास,आँशु र बेदना रंग, हाँसो, सुख, शान्ति र सपना" अरुले जीवनमा बाँच्ने... आफुले मसीमा छरियो कागजमा भरियो , बस् .... त्यति हो || ठुल्ठुला कुरा गर्‍यो ... ठुल्ठुला कुरा सोच्यो.... यसलाई हेर्‍यो .. उसलाई हेर्‍यो ... आफ्नो नजरमा आफैलाई नपाउदा कलम समायो, टाउको हल्लायो... अरुको दुर्गतिमा, सुखले लेख्यो.. अरुको प्रगतिमा, दुखले लेख्यो ... कुना च्याप्यो , लेखिरह्यो..... निरन्तर.........||
jhaukiri · Jun 4, 2012 12:39 AM · 6,216 views
अगेनामा घुसा'को छ्वालीजस्तै दनादन पड्किरह्यो... पड्कि 'राको छ | wah wah.... ekdaam ramro!! Keep it up!!
daum · Jun 4, 2012 12:51 AM
लौ लौ यसैगरी नै लेख्दै जानुहोला च्याप्दै लेख्दै च्याप्दै लेख्दै गर्नुहोला छेउ लाग्यो भने लेउ लाग्ने संभावना रहन्छ त्यसैले च्याप्न चाँही कुना नै च्याप्नु होला
Geology Tiger · Jun 4, 2012 9:55 AM
"युद्ध,डर ,त्रास,आँशु र बेदना रंग, हाँसो, सुख, शान्ति र सपना" अरुले जीवनमा बाँच्ने... आफुले मसीमा छरियो कागजमा भरियो , बस् .... त्यति हो || फेरि आफ्नो लयमा आउनु भएकोमा बधाई छ| कविता थिई कविता छिन कविता हुने छिन शब्द फरक, काल फरक रुप, रंग र भाब फरक
DalluKoSanu · Jun 4, 2012 10:33 AM
Dhanyabaad!!
jhaukiri · Jun 4, 2012 10:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion