हिसिला त्यो रात यसरी हराइन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिसिला त्यो रात यसरी हराइन् inShare 3 Comments काठमाडौं, जेठ २१ । नयाँ निर्वाचनको तिथि घोषणा गर्न सिंहदरबारमा मन्त्रिमण्डल बैठक बसिरहेका बेलाको कुरा हो यो । प्रधानमन्त्रीको कार्यकक्षछेउ पुगेका रामचन्द्र पौडेललाई प्रचण्डले भने, 'किन यहाँ आएको तपाइं ? जहाँ जानु छ, उतै जानुस् ।' रामचन्द्रले जवाफ दिए- 'त्यसोभए किन बोलाएको त हामीलाई ?' 'मैले बोलाएको होइन' प्रचण्डले स्पष्ट पारे । प्रचण्डले रामचन्द्रलाई प्रश्न गरेको सुनेका माधव नेपालले पनि उनलाई सोधे- 'हामीलाई किन बोलाएको ?' त्यसपछि 'मैले त बोलाएको हुुँदै होइन' भन्दै प्रचण्डले अर्कोतिर मुन्टो फर्काए । यसअघि सभामुखको च्याम्बरमा छलफल चल्दाचल्दै सुवासचन्द्र नेम्वाङले संविधान संशोधन नगरी संविधानसभा व्यवस्थापिका संसद्मा परिणत हुन सक्दैन । ऐन, कानुन संशोधन नगरी चुनावमा जान पनि मिल्दैन । अब हाउसमै जाऊँ, त्यहीँबाट सबै कुरा टुंग्याउँला भन्ने उपाय सुझाएका थिए । तर, गृहमन्त्री विजय गच्छदारले यो प्रस्ताव भुइँमा खस्न नपाईकन त्यसलाई खारेज गर्दै भने, 'यो संविधानसभालाई व्यवस्थापिकामा परिणत गर्नु भनेको हामीलाई हटाएर कांग्रेस-एमाले सरकारमा छिर्ने दाउ हो, यस्तो कहाँ हुन्छ ?' त्यसपछि संकटकाल लगाउनेबारे छलफल भयो तर त्यसमा पनि कुरा मिलेन । साढे नौ बजे बाबुराम त्यहाँबाट हिँडे । प्रचण्ड पनि नारायणकाजी श्रेष्ठ 'प्रकाश' र पोष्टबहादुर बोगटीलाई इशारा गरेर उठे । प्रचण्ड निस्किएपछि प्रकाश कांग्रेस-एमालेका नेताहरूलाई 'यसो गर्दा पनि संविधानसभा जोगाउन सकिँदैन भन्ने । उसो गरौँ भन्यो, त्यतै अल्मल्याउने । तपाईंहरूका जालझेल हामीले बुझ्या छौँ' भन्दै उठेर हिँडे । सभामुखको कार्यकक्षबाट बहिर निस्कनुअघिसम्म प्रचण्ड सहमति गरौँ भन्दै थिए । त्यसबेला उनले कि चौध प्रदेशमा जाऊँ कि त दश प्रदेश बनाऊँ, यही हो हाम्रो बटमलाइन, अरू हुन सक्दैन भने । संविधानसभामै आएर शीर्ष नेताहरूले बैठक र छलफल गर्नुपर्छ भन्ने सभासद्हरूको माग र नाराजुलुस भइरहेका बेला उनले संसद्को बैठकमा जान मानेनन्, उनको भनाइ थियो, '६०१ घाँडो भो, अहिले हाउसमा त झन् जानै सकिन्न । हाम्रै वैद्यहरू अराजक भइसके, तिनले बबाल गर्छन् ।' यसअघि बालुवाटारमा पनि उनी स्थायी समितिको हुल नै बोकेर गएका थिए । छलफलबाट एउटा कुरामा सहमति भएपछि उनी स्थायी समिति सदस्यसहित त्यहाँबाट चार घन्टासम्म बेपत्ता भए । एकपछि अर्को गर्दै माओवादी नेताहरू हिँडेपछि शंका लागेर माधवकुमार नेपालले सभामुखको च्याम्बरबाट बाबुरामलाई फोन गरे । यसबेला रातको पौने दश बजिसकेको थियो । फोनमै माधवले सोधे- ईश्वर पोखरेललाई किन बोलाउनुभएको कार्यालयमा ? त्यसपछिको संवाद यस्तो थियो - बाबुराम - क्याबिनेट बैठकका लागि । माधव - के हो एजेन्डा ? इमरजेन्सी वा चुनाव ? बाबुराम - मेरो त्यो सोचाइ होइन तर जानुपर्ने अवस्था आयो, इमर्जेन्सीका निम्ति सहमति दिनुस् । माधव - हाउस जोगिन्छ भने त्यस विषयमा पनि सोच्न सकिन्छ । बाबुराम - अनि कांग्रेस तयार हुन्छ त ? माधव - संकटकालको प्रस्ताव देउवाले नै गरेको होइन ? बाबुराम - सुशीलको कुरा नि ? माधव - सबै सँगै बसेर सल्लाह गरौँला । बाबुराम - उसोभए मेरो कार्यकक्षमा रामचन्द्र, झलनाथलाई लिएर तुरुन्तै आउनुस् न त ! बाबुरामसँगको टेलिफोन संवाद सकिएपछि माधव नेपालले त्यहाँ रहेका एमाले-कांग्रेसका अरू नेतालाई 'इमरजेन्सी लगाएर ६ महिना म्याद थप्न लागेजस्तो छ । बाबुरामले बोलाएका छन्, उतै जाऊँ' भन्दै बि्रफिङ गरे । कृष्णप्रसाद सिटौला, रामशरण महत, झलनाथ खनाल, रामचन्द्र पौडेललाई लिएर लखरलखर हिँड्दै पूर्वप्रधानमन्त्री माधव प्रम कार्यालयमा पुग्दा प्रधानमन्त्रीको गोप्य च्याम्बरमा प्रचण्ड 'रिल्याक्स मुड'मा मजासँग खुट्टा हल्लाउँदै गिरिराजमणि पोखरेलसँग गफ हाँकेर बसिरहेका थिए । हो, यहीँ हो प्रचण्डसँग अन्य नेताको झम्टाझम्टी परेको । उनीहरू पुग्दा त्यहाँ त क्याबिनेट बैठक अघि नै सुरु भइसकेको रहेछ र प्रचण्ड बाहिर पहरा दिएर बसेका रहेछन् । माधव र रामचन्द्रसँग विवाद गरी प्रचण्डले अर्कैतिर मुन्टो फर्काएपछि एमाले-कांग्रेसका नेताले हिसिलालाई बाबुरामलाई बोलाउन पठाए । उनी उतै बेपत्ता भएपछि फेरि प्रधानमन्त्रीका पिएलाई पठाए । उनी पनि उतै हराएपछि एकातिर प्रचण्डको झर्को, अर्कोतिर बाबुरामको बेवास्ताबीच रामचन्द्र, महत, झलनाथहरू यस्तो बेइज्जती पनि सहने ? भन्दै निस्किएर हिँडे । यसरी दलहरूलाई वार्तामा अल्मल्याउने र संविधानसभा बैठकमा पनि जान नदिने काम त्यसदिन भयो । हाउसमा जाँदा दबाब पथ्र्यो र संविधान जारी गर्नुपर्ने हुन्थ्यो । http://www.weeklynepal.com/ind...  

_____ · Jun 3, 2012 7:12 PM · 2,286 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all