नरुनूस् काजीसा’ब, बिन्ती !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नरुनूस् काजीसा’ब, बिन्ती ! लक्ष्मण गाम्नागे ट्यामट्याममा सार्वजनिक रूपमा रुवाबासी गर्ने नेताकाजीहरूको संख्या बढिरहेको छ। यसै मेसोमा संविधानसभा विघटन भएर नेपाली जनताको भाग्य र भविष्य ध्वस्त भएको भन्दै उपप्रधानमन्त्री कमरेड नारायणकाजी नराम्रोसित रोए। केटाकेटीहरूलाई रुँदै गरेका बेला कसैले सहानुभूति दियो भने झन् जोडले रोएजस्तो टेलिभिजनहरूले रुँदै गरेको दृश्य प्रसारण गररिहेको थाहा पाएपछि उनी झनै साह्रो भक्कानिए। आँसुका डल्ला पर्लकपर्लक झारे। टेलिभिजनहरूले उनका आँसुका धारालाई स्वर्गीय संविधानकै धारा जत्रा बनाएर बगाइदिए। हामीले हेर्‍यौँ। त्यो दृश्यले नेपाली जनताको छाती पनि चिरएिर आयो। हामी हरतिन्नम् नेपाली जनताका लागि हाम्रा भाग्यविधाता नेताकाजीहरूले यसरी बारम्बार रुनुपरेको देखेर मैले त आफँैलाई धिक्कारेँ, त्यो रात। हाम्रा लागि एउटा राम्रो संविधान ल्याउन बिचरा नारायणकाजीहरूले गएको चार वर्षदेखि गरेको परश्रिम र बगाएको पसिना सम्झेर मलाई पनि काजीसा'ब सँगसँगै रुन मन लाग्यो। घुँक्क घुँक्क ! नारायणकाजी आफूले गरेको चार वर्षको कठोर परश्रिम खरानी भयो भन्दै रोए। वास्तवमा उनले त्यस्तरी रोइहाल्नुपर्ने बेला भएको थिएन तर पनि रोए। यो उनको महानता हो। उनीहरूको चार वर्षको मिहिनेत खरानी नै भइहालेको छैन। खरानी हुने मेसोमा यस्सो सलाईसम्म झ्यार्र भएको हो। भर्खर त जातजातिबीच भनाभन सुरु भएको छ, गाली गरागर सुरु भएको छ। आउने चुनावसम्ममा बढेर मारामारको रूप लिएपछि बल्ल पो तपाईंको परश्रिम खरानी होला त ! त्यसपछि मज्जाले डाको छोडेर रोऔँला नि कमरेड, अहिले नै किन आँसु नाश गरहिालेको ? काजीसा'बहरूले हाम्रा लागि गरेको परश्रिम हामीले देखेकै छौँ। केही नगरेको भए पो चित्त दुखाउनु, रुनु। गर्दागर्दै नभएपछि कसको के लाग्छ ! हामी अभागी नेपाली जनतालाई एउटा सिङ्गै संविधान दिनका लागि दिन-रात नभनी रसिोर्ट, रेस्टुराँ र होटलहरू चहारेको हामीलाई राम्रै थाहा छ। यो काठमाडाँैको उबडखाबड सडकमा गाडी गुडाउँदागुडाउँदा शरीर थिलथिलो भएको छ हजुरहरूको, हामीलाई थाहा छ। खसीच्यांग्राका खुट्टा टोक्ताटोक्ता चार वर्षमा हजुरहरू कतिका दाँत भाँचिएको, कतिका बंगारा हल्लिएको थाहै छ। १३ हजार नेपालीको सहादतबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्न खोज्दा ३० हजार हाँस-कुखुराको थप बलिदान भएको कुरा हामीले बिर्सेका छैनौँ। एक थान संविधान बनाउन टनका टन सुकुटी टोकेको कुरा बिर्से पनि राष्ट्रिय ढुकुटीको दसौँ अर्ब रुपियाँलाई मल बनाएर राजधानीका ढलमा मिसाएको कुरा हामीले भुलेका छैनौँ। त्यति गर्दा पनि संविधान बनेन त, यसमा तपाईंको के दोष ? नरुनूस् काजी नरुनूस् ! आफ्ना काजीहरूका आँखामा आँसु देख्दा हामी जनता पाजीहरूलाई साह्रै लाज लाग्छ। हामीलाई लज्जित नबनाउनूस् काजीसा'ब। हेर्नूस् त, दुखेको मनमा मलमपट्टी गर्न कमरेड प्रचण्ड नगरकोट गइसक्नुभयो। तपाईं पनि केही दिन मन अन्तै बहलाउनूस्। 'जिरे खुर्सानी वा 'मेरी बास्सै'का साथीहरूसँग सम्पर्क गरेर त्यतातिर कुनै रोल गर्दै गर्नूस्। हजुरहरूजस्त्ाा जीवन्त कलाकारलाई हामी 'तीतो सत्य'मा पनि हेर्न चाहन्छौँ। मुड प|mेस गर्नूस् र फेर िअर्को संविधानसभाको चुनावका लागि भोट माग्न जानूस्। रोएर तपाईंले जनताको मन पगालिसक्नुभएकै छ। अबको पालि दुईतिहाइ नै खानूस्। नरुनूस् काजीसा'ब, नरुनूस्, बिन्ती ! http://www.ekantipur.com/nepal...

_____ · Jun 3, 2012 12:33 PM · 3,897 views

2 Replies

 बिचार नारायणकाजी सर हामीलाई नेपाल परिचय र म्याथ पढाउनु हुन्थ्यो !!!!

Tmobile · Jun 3, 2012 1:18 PM

  यी सभासद त धुरु-धुरु रोइन्  त  @२:२३ .....काजि साबलाइ पनि माथ गर्दिन बाइ !!

bhakte dai · Jun 3, 2012 7:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all