महन्थ ठाकुरले भने तराई छुट्टै देश हो inShare 0 Comments काठमाडौं, जेठ २१ । जेठ १४ गते दिउँसो दलीय छलफल चलिरहेका बेला बालुवाटारको वातावरणमा एकाएक सन्नाटा छायो जब एकजना मधेसी नेताले कांग्रेस-एमालेका पहाडे नेतालाई डरलाग्दोसँग थर्काउन थाले । निकै जंगिएका ती नेता भन्दै थिए-के कुरा गर्दै हुनुहुन्छ तपाईंहरू यस्तो ? अहिले त हामी यसरी सँगै बसेर कुराकानी गरिरहेका छाँ । यस्तै कुरा गर्दै जानुभो भने अर्कै हिसाबले जानुपर्ने हुन सक्छ । तपाईंहरू अलग राष्ट्र, हामी अलग राष्ट्रका हैसियतमा यहाँ वार्ता गर्दै छौँ भन्ने कुरा बुझ्नुपर्छ, तपाईंहरूले ।' यी थिए, एकताका गिरिजाप्रसाद कोइरालाले खुबै पुल्पुल्याएका र हाल तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर । माओवादीले संविधानसभा निर्वाचनको चुनावी घोषणापत्रमा मधेसमा पाँचवटै प्रदेश बनाउने कुरा उल्लेख थियो । माओवादीलाई नेपाली जनताले सबैभन्दा बढी मत दिएर त्यसमा समर्थनसमेत जनाएका थिए तर अहिले आएर मधेसीसँग मोर्चाबन्दी गर्ने नाममा मधेसमा एक प्रदेश नै हुनुपर्ने अडान दोहोरिँदै छ । सम्झौता गर्नैपर्ने अवस्था आए दुईवटासम्म बनाउन सकिने मधेसीहरूको अड्डीमा उसले साथ दिइरहेकै छ । त्यही देखेर कांग्रेस, एमालेका नेताले पहाडमा चाहिँ एकल जातीय पहिचानयुक्त १० प्रदेश बनाउने भए मधेसमा पनि धेरै जाति छन्, त्यसैले माओवादीले चुनावताका भनेझैँ त्यहाँ पनि एकल जातीय पहिचानका आधारमा पाँच प्रदेश बनाऊँ भने । उनीहरूले माओवादीले किटान गरेकै नामलाई सदर गर्दै मधेसमा कोचिला, भोजपुरा, मिथिला, अवध र थरुहट राज्य बनाऊँ भनेर प्रस्ताव राख्नासाथ ठाकुर त्यसरी जंगिएका हुन् । http://www.weeklynepal.com/ind...
_____ · Jun 3, 2012 5:56 AM · 1,284 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion