काठमाडौं १३ जेठ । नेकपा एमालेको संसदीय दलको बैठकमा सभासदहरुबीच कुटाकुट भएको छ । संसदीय दलको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले सरकारप्रति अविस्वासको प्रस्ताव लग्ने प्रस्ताव गरेपछि सभासदहरुले हुटीङ्ग गर्न थालेका थिए । आदिबासी सभासदहरु भने अध्यक्ष खनाललाई कुटन आ-आफनो कुर्सीबाट उफ्रेका थिए । आदिबासी सभासदहरुलाई रोक्ने प्रयास गर्दा अन्य नेताहरु कुटीएका थिए । आजको संसदीय दलको बैठकमा अध्यक्ष खनालले अविस्वासको प्रस्ताव लग्ने विषयमा बहुत सभासदहरुले विमती जनाएको थियो । संविधान निर्माणको अन्तिम समयमा एमाले सत्ताको बार्गैनिगंमा लागेको भन्दै आदिबासी सभासदहरुले विमती जनाउँदै अध्यक्ष खनालाई कुटन पुगेका थिए । आदिवासी सभासदहरुले पार्टीमा बस्नुको औचित्य नरहेको भन्दै संसदीय दल बाहीर आक्रोस पोखेका थिए । साथै अन्य सभासदहरुले पनि संसदीय दलकै बैठकमा नारावाजी गरेका थिए । सरकारमा सहभागि रहेकै पार्टीले अविस्वासको प्रस्ताव ल्याउन अनुचित भएको भन्दै अन्य नेता तथा सभासदहरु एमाले अध्यक्ष खनालप्रति आक्रोसित बनेका थिए ।
Mr Nepal99 · May 26, 2012 11:20 AM · 15,906 views
रामचंद्रे, माधावे, ओली, देउबेहरुलाई चाही छुटाएछन् ??
bittertruth · May 26, 2012 12:38 PM
अब सबसे बेस्ट उपाय,सबै मिलेर जाने देखिएन, जातीय भन्दा पार्टीगत हिसाब मा देशलाइ टुक्राए हुन्छ. गणतन्त्रे माओबादी लाइ एउटा राज्य, प्रजातन्त्र बादी लाइ एउटा राज्य अनि राजतन्त्र बादी लाइ एउटा राज्य. That way everyone can do their own shits their own way in their own place. nobody has to take care and worry about others shit.
banana_public · May 26, 2012 2:22 PM
एमाले बाहुनबादि कम्युनिस्ट भए माओबादी चाहि राष्टबादि कम्युनिस्ट?
rakeshkc · May 27, 2012 12:21 AM
Mr Nepal99 · May 27, 2012 11:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion