This is the most hilarious news of the day. डिसीनेपाल डटकम संवाददाता - दुग्ध विकास संस्थाले वितरण गर्दै आएको दूध फाटेको भन्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराई कहाँ उजुरी पुगेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले डिडिसीले वितरण गरेको दूध फाटेको भन्दै कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी गरेको हो । मुख्य सचिव माधव घिमिरेलाई सम्बोधन गरी कार्यालयमा दायर भएको उजुरीमा उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘फाटेको दूध वितरण गरेकामा कारबाही तथा क्षतिपूर्ति दिलाइपाउन अनुरोध ।’ डिडिसीले वितरण गरेको दूध ललितपुर षेत्रमा हिजो बुधबार बिक्री वितरण गरेको दूध फाटेको भन्दै उजुरी दर्ता गरेको हो । मञ्चको विज्ञप्तिमा सर्वसाधारणले गुनासो गरेपछि यो उजुरी दर्ता गरेको समेत उल्लेख गरिएको छ ।
Khaobaadi · May 25, 2012 6:53 PM · 3,155 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion