साबधान ! साबधान !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 म नेपाली  मेरो देश नेपाल यो मुटुमा अझै चन्द्र-सुर्य धडकिरहेको छ मेरो प्रतेक पाइला-पाइलामा मेरो उच्चा शिखरहरु  लम्किरहेको छ मेरो आगनहरुमा सयौ थरी बाजा घन्किरहेको छ तराइ-पहाड-हिमाल पूर्व मेची-पक्षिम महाकाली अटाउने भाई-चाराको अंगालो यी मेरो बहुपाशमा फैलिएको छ चिन्दिन म कसैलाई पनि जातले सयौ बर्णको साझा चौतारी मेरो देश नेपाल मेरो प्यारो देश नेपाल साबधान ! साबधान ! उपियाले झै चुस्ने धमिराले झै ठुस्ने गिद्धले झै लुस्ने बिना मौसम भुक्ने भ्रस्ट नेता भन्ने जन्तु  नेपाल पस्यो रे मेरो प्यारो देशलाई टुक्रा-टुक्रा पारी मिलिझुली भतेर खानलाई तराई पस्यो रे पहाड झर्यो रे हिमाल चड्यो रे

lopchanlama · May 24, 2012 9:33 AM · 12,506 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all