नाक चुच्चेलाई काट, तातो रगत चाट !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Where the hell Nepal heading ??????????????????/  काठमाडौं, जेठ ११ सरकारबाट निर्देशित आदीवासी जनजातिको आन्दोलनमा नाक चुच्चेलाई काट, तातो रगत चाट भन्ने अतिरञ्जित नारा दिईएर बाहुन, क्षेत्री, दशनामी, गिरी, पुरी, दलितलाई धम्क्याईन्छ भने त्यस्ता व्यक्ति र नेताहरुको घर छापा मार्न तयार आदिवासी जनजातिसँग सरकारले गरेको ९ बुँदे सहमति राष्ट्रघाति भएको भन्दै राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले आफुहरुसँग जेठ ४ मा गरिएको ३ बुँदै सहमतिको तत्काल कार्यान्वयन गर्न जेठ १२ सम्म सरकारलाई अल्टिमेटन दिएको छ । आदिवासी जनजातिसंग भएको १, ४ र ८ बुँदाहरु राष्ट्रिय अखण्डता र जातीय सद्भावलाई खलबल्याउने नेपाली-नेपालीबीचमा विभेद बढाउने घोर अराष्ट्रवादी र विखण्डकारी सम्झौता भएकाले तत्काल खारेज गरी जेठ १४ भित्र नयाँ संविधान जारी गर्न संघर्ष समितिले नेपाल सरकारसंग माग पनि गरेको छ । संघर्ष समितिले नेपाल सरकारले आदिवासी जनजाती संयुक्त संघर्ष समितिसँग भएका सम्झौता जेठ १२ भित्र खारेज नगरी हाम्रो अस्तित्व अस्वीकार गरिएमा जेठ १३ गते काठमाडौंको खुला मञ्चमा वृहत विरोध सभा गरी काठमाडौं केन्द्रित अनिश्चिकालीन दवावमुलक आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार काठमाण्डौमा पत्रकार सम्मलन गर्दै संघर्ष समितिका संयोजक डा। दिलबहादुर क्षत्रीले विदेशी पैसा डकार्दै जनजातिको नाममा राष्ट्र विखण्डन गर्ने जनघाती नेताहरुलाई सचेत रहन चेतावनी समेत दिनुभयो । संयोजक क्षेत्रीले ‘सरकारबाट निर्देशित आदीवासी जनजातिको आन्दोलनमा नाक चुच्चेलाई काट, तातो रगत चाट भन्ने अतिरञ्जित नारा दिईएर बाहुन, क्षेत्री, दशनामी, गिरी, पुरी, दलितलाई धम्क्याईन्छ भने त्यस्ता व्यक्ति र नेताहरुको घर छापा मार्न तयार हुनु आव्हान समेत गर्नुभयो । ठकुरी समाजका अध्यक्ष डा। नन्दबहादुर सिंहले भन्नुभयो ‘६० प्रतिशत खास आदिवासीलाई थर्काउन खोजिए त्यस्ता नेताहरु विरुद्ध रगत बगाउन तयार हुनुपर्ने धारणा राख्नुभयो ।’ सिंहले ‘सपनाको राष्ट्रपति बन्न खोज्ने र जातीय सद्भाव भड्काएर देश विखण्डन गर्ने खोजियो भने बाहुन, क्षेत्री, दशनामी, दलित, गिरी, पुरीहरुको रक्षाका लागि सुरक्षा दस्ता खडा गर्नेु चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा ब्राम्हण समाजका केन्द्रीय उपाध्यक्ष रुवयनाथ कोईरालाले आदिवासी जनजातीसँग गरिएका ९ बुँदे सहमति तत्काल खोरज नगरे दोस्रो आम हड्ताल गर्न बाध्य हुने बताउनुभयो ।                 ---------http://www.nepalhorizons.com/n...

Tmobile · May 23, 2012 9:19 PM · 13,272 views

5 Replies

 All the people who chanted that slogan should know in black and white that WAR IS INTERNICINE and nobody can escape from it's aftermath. Yudha ma ekatira ko matra marcha bhanne kehi chaina......aile bahun chhetri ko rish le sabai janajati haru ekai thau ubhiye pani yo ekata dirghakalin hune chaina tyas pachi ke garne? janajati haru aafu aafu ladera siddhine?  Tesaile: KEEP OUR HARMONY ALIVE!

NALAPANI · May 23, 2012 9:29 PM

नाक चुचे होइन सम्भिधान नबनाउने नेता काट भन्नु पर्ने बेला आको छ

bittertruth · May 23, 2012 10:06 PM

Naak  nachuchhey bahunlai chahi k garney ni??

SiliconHills · May 23, 2012 11:53 PM

Nana parekar mahodaya let eauta film ma vannu bhaeko Thio Sala ek machhad aadmiko hijada banade hai ra eauta film ma wahan let dui Jana chutta chuttai manche ko aamla dhungale hanera rag at nikalera herd a Dubai ko rag at rato Thio hamilai Nana patekar mahodaya jastai moderator kokhacho cha Sala ek machhad àadmiko hijada banaidincho kind kaso kalamwali nani

intelligentguy · May 24, 2012 12:41 AM

अनि नाक चुचे र बुचे को बीच को लै के गर्ने रहेछ यो नारा लगाउन सिकाउने ले ,मेरो आफ्नै अगाडी ल्याएर सोध्न मन लाग्यो तेस्लाई अनि उत्तर दिन सकेन भने तेस्लाई नै टुक्रा पार्ने सर्त मा .geda bhayeka neta haru koi chainan ki k ho aba ?? yesto kura haru lai ta "control " garnu paryo ni ..kina bhitra lukchan yeniharu bahira janata bhidayera ..thuikka jhar pate hoo. Last edited: 24-May-12 01:19 AM

fantush · May 24, 2012 1:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all