यस्तो देखियो सद्‍भाव सभा (फोटो फिचर) (0 Votes) कान्तिपुर संवाददाता ४ काठमाडौं, जेष्ठ १० - जातीय सदभाव कायम गर्न तथा समयमै संविधान माग गर्दै राजधानीको दरबारमार्गमा सद्‍भाव सभा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघसहित एक दर्जनभन्दा बढी संघ संस्थाको सहकार्यमा सद्‍भाव सभा गरिएको हो । वसन्तपुरमा गर्ने भनिए पनि जनजातिहरुको सभा भएकाले सद्‍भाव सभा दरबारमार्गमा सारिएको थियो । सभामा मैनबत्ती बोकेका हजारौं सेतो टिसर्टधारीहरु दरबारमार्ग आएका थिए । सद्‍भाव सभामा गायक गायिकाले शान्ति गीत गाए ।
_____ · May 23, 2012 12:43 PM · 13,341 views
"सदभाव मैनबत्ती बालेर आउदैन . (घण्टा अर्को जातिको घर बालेर आउछ त ?) बाहुन क्षेत्री ले बन्द गर्दा चाहि सद्भाव सभा गर्नु नपर्ने जनजाति ले गर्दा गर्नु पर्ने रे ..... बाहुबादी सदभाव सभा रे .... त्यै भएर बसन्तपुर् मा गर्न नदेको रे .............." भयो अब ... पढे लेखेका संपादक - मल्ल छु सुन्दर ( के= छु , नेवारीमा ) ले बसन्तपुरमा ताली खाँदै बाहुन क्षेत्रीलाइ भक्कु गालि दिए . कल्ले हो भन्थ्यो माओबादी भन्या माओबादी हुन्छन , मान्छे बन्न सक्दैनन् .
rahulvai · May 23, 2012 2:03 PM
शान्ति र सदभाब र संबिधानको लागि प्रचण्ड पुत्रलाई सबैको माझमा राखेर नचाउनु पर्ने|
rethink · May 23, 2012 2:08 PM
राहुल भाइ यो मल्ल के सुन्दर र पदमा रत्न जस्ता मान्छेहरुले नेवार हरु लै जहिले जातियता को नारा दिएर उचालेर बसेको छ / मंका खलालाई यिनीहरुले आफ्नो राजनीति गर्ने भाँडो बनायर बसेको छ / एकचोटी त जातियता भन्दा माथि उठेर हामी सबै नेपाली भनेर सोचोस् त /
rahashya · May 23, 2012 2:32 PM
रहस्यजी ठिक , सोह्रै आना सही . नेपाल भाषा ( नेवारी भाषा ) बोल्छु, लेख्छु र मातृभाषा भाको ले पनि सबै भन्दा प्यारो र मनको बह पोख्ने भाषा नेपाल भाषा नै हो मेरो लागि . भाषा संस्कृति कसलाई प्यारो हुदैन र ? भाषा र संस्कृतिले एउटा एउटा सुत्रमा गाँसेको हुन्छ एउटा समुदायलाई . त्यै भाषा र संस्कृति जस्तो अति संबेदनशील बिषयमा राजनीति को जग हालेका थिए नेपाल भाषा मंका खल: नामक संस्था . पदम रत्न र मल्ल छु सुन्दर त्यसका दाहाल र भट्टराइ हुन् . २०५०-५१ तिर एक चोटी अधिबेशन भाको थियो त्यस पछी माओबादी ले जस्तै कहिलेइ अधिबेशन गरेन , स्वयम् घोषित आजीवन अध्यक्ष हुन् पदम रत्न . मानवअधिकारकर्मी को पबित्र बिल्ला भिरेर माओबादी संग संगै बैचारिक बिमति राख्नेहरुको गला काट्दै हिने कलाकार हुन् . तर काठमाडु का नेवारहरुले यी राक्षस को मुकुण्डो मात्र देखेको छ, नेवा राज्य ल्याएर दिन्छ भनेर पशुपतिको नन्दी जस्तै पर्खेर बसेका छन् नेवारहरु ........
rahulvai · May 23, 2012 2:51 PM
म त नेपाली हु !! "तराईमा आँधी आए पहाड़ले छेक्नु पर्छ" !! दिनेश अधिकारी का गीत जस्तै आचार्य दाजू भाईका आवाज़ संपूर्ण स्वविमान नेपाली को चाहना !! http://www.youtube.com/watch?f...
himal12 · May 23, 2012 4:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion